रक्त परिक्षण बाट मान्छेको आयु पत्ता लगाउन सक्ने |
Posted by Sura Health on |
वैज्ञानिकहरुले रगतमा यस्तो रासायनिक सूचक पत्ता लगाएका छन् जसको अध्ययनबाट मानिसको स्वास्थ्य र आयुका विषयमा समेत विशेष जानकारी पत्ता लगाउन सकिन्छ ।
यो परीक्षणको माध्यमबाट बच्चा जन्मिने बित्तिकै उसलाई भविष्यमा लाग्न सक्ने रोगव्याधी तथा ऊ बाँच्ने सम्भावित उमेरका विषयमा अनुमान लगाउन सकिने उनिहरुको दाबि छ ।
अध्ययनमा भविष्यमा उमेर बढ्दै जाँदा देखापर्ने हड्डी तथा मुटु सम्बन्धि रोगको निदान समयमै गर्न सकिने र त्यसको रोकथाममा सहयोग पुग्ने अनुसन्धानबाट पत्ता लागेको छ । यसले चिकित्सा विज्ञान तथा स्वास्थ्य क्षेत्रको सफलता हुने उनीहरुको दाबी छ ।
बेलायतको लण्डनस्थित किंग्स कलेजका शोधकर्ताहरुले मानिसको रगमा विभिन्न २२ प्रकारका उपापचयन सँग सम्बन्धित विशेष रसायन पत्ता लगाए जसको परीक्षणबाट मानिसको बुढ्यौलीपनाको विषयमा विशेष जानकारी प्राप्त गर्न सकिने बताएका छन ।
You can subscribe by e-mail to receive news updates and breaking stories.