हस्पिटल मा झुण्डिएर आत्महत्या|

Posted by Sura Health on |







पत्थरीको अप्रेशन गर्न आएकी महिला अस्पतालमा परिसरको एक रुखमा झुण्डिएर आत्महत्या
पत्थरीको अप्रेशन गर्न आएकी दोलखा जिरी ३ की निरमाया जिरेलले आज बिहान चार बजे ललितपुरको पाटन अस्पताल परिसरको एक रुखमा झुण्डिएर आत्महत्या गरेकी छन् । माघ ३ गतेदेखि दिशाघर बाहिर आउने समस्याको उपचार गराइरहकी जिरेलले के कारणले आत्महत्या गरेकी हुन् भन्ने खुलेको छैन । उनको पुस १९ गते पाटन अस्पतालमा दिशा घर बाहिर आउने समस्याको पहिलो पटक शल्यक्रिया भएको थियो । रोगको उपचारका लागि उनी माघ ३ गते अस्पताल भर्ना भएकी थिइन् । जिरेलको आर्थिक अवस्था कमजोर भएकै कारण उनको उपचार खर्च एक सामाजिक संस्थाले ब्यहोर्दै आएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips