के अब मैले थप परीक्षण गराउनुपर्छ ?
Posted by Sura Health on |
म १९ वर्षीया विवाहित गृहणी हुँ। मेरो महिनावारी रोकिएको एक महिना मात्र भयो। मैले घरमै पिसाब परीक्षण गर्दा गर्भ रहेको थाहा भयो। के अब मैले थप परीक्षण गराउनुपर्छ ? यो मेरो पहिलो गर्भ हो। मैले के गर्नुपर्छ गर्भ रहेको कुरा चाँडै पत्ता लगाउन घरमै पिसाब परीक्षण गर्न सकिन्छ र यो प्रभावकारी पनि छ। गर्भ रहेको ठहर गरिसकेपछि गर्भको शिशु -भ्रूण) को वृद्धि तथा अन्य अवस्थाका परीक्षणहरू तथा गर्भवती महिलाको स्थिति पत्ता लगाउन विभिन्न समय र अवस्थामा अन्य परीक्षणहरू गर्नुपर्ने हुन्छ। गर्भवती महिलाले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग आफ्नो परीक्षण अनिवार्य रूपले गराउनुपर्छ र चिकित्सकको सल्लाहबमोजिम पिसाब, रगत तथा दिसाको परीक्षण गराउनुपर्ने हुन सक्छ। गर्भवती महिलाले अल्ट्रासाउन्ड -भिडियो एक्स रे) पनि गराउँनुपर्ने हुन सक्छ। गर्भवती महिलाहरूले केही परीक्षण अनिवार्य गर्नुपरे पनि सबैको अवस्था एउटै नहुने भएकाले अवस्था हेरेर कसै-कसैले थप परीक्षणहरू पनि गराउँनुपर्ने हुन्छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.