के यी खाने कुराले हाम्रो स्वस्थ मा असर पर्दैन त हेर्नुस तस्बिर |
Posted by Sura Health on |

यो पहेँलो चिज के होला ? के अनुमान लगाउनु भयो कुन्नि, यो भुजिया फ्याक्ट्रीको दृश्य हो।
यो दही भण्डार गर्ने ठाउँको दृश्य। दहीको माथि देखिएको कालो कालो चिज मुसाको लिड हो।
यो भुजिया फ्याक्ट्रीमा पिनट तथा भुजिया नाम राखेर आकर्षक प्याकमा आउने भित्र यस्ता कुहिएका बदाम राखिन्छन्।
यो मिठाइ बनाउने फोहर ठाउँ।
यो त्यही मिठाइ कारखानाको बेच्ने ठाउँ भने सफा छ।
तेही खाने कुरालाई प्र. जी . अ .को रोहबर खानेकुरा नष्ट गर्दै |
नपाकेका केरा रसायन राखेर यसरी पहेँलो बनाएर बेचिन्छ-
यी फोटोहरु कृषि सचिव जयमुकुन्द खनालको अध्यक्षतामा आज भएको कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण विभागले देखाएको हो। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा पनि उपस्थित थिए।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खाद्य तथा दाना पदार्थको गुणस्तर कायम गर्न विभिन्न काम गर्दै आएको छ। बजार अनुगमन, निरीक्षण गरी गुणस्तरहीन खाद्य एवम् दाना पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नेमाथि कारबाही गर्ने काम यही विभागको हो। आफूले गर्दै आएको कामका केही झलक देखाउने क्रममा सचिवहरु उपस्थित कार्यक्रममा यी फोटो देखाइएका हुन्। समयमा काम फत्ते नगरे वा ढिला गरे क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू भएको बारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो।
You can subscribe by e-mail to receive news updates and breaking stories.