अनुहारमा ब्ल्याक हेड |
Posted by Sura Health on |
तर यस्ता समस्यासँग जुध्नेहरूमा सीमा एक्ली छैनन् । मुलुकमा यसबारे खासै कुनै अध्ययन नगरिए पनि अमेरिकन एकेडेमी अफ डर्मेटोलजी -एएडी) को तथ्यपत्रअनुसार अमेरिकामा ४ देखि ५ करोड व्यक्तिलाई डन्डिफोर कुनै एक समयमा हुने गरेको छ । डन्डिफोर हुँदा फोका, गहिरो गाँठोसँगै ब्ल्याक वा ह्वाइट हेडसमेत देखिने गर्छ ।
एएडीको आकलनअनुसार अमेरिकामा सन् २००४ मा डन्डिफोर उपचारमा लागेको प्रत्यक्ष कुल खर्च २ अर्ब २० करोड अमेरिकी डलर नाघेको थियो ।
'ब्ल्याक हेड वा ह्वाइट हेड सबैजसोमा देखिने छालाको सामान्य समस्या हो,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, 'यो धेरैजसो तैलीय छाला भएकाहरूमा बढी देखिन्छ ।' यो समस्या अनुहारमा नाक, निधार, घाँटी, छाती र पिठ्युँमा बढी हुने गर्छ ।
छालाको रांै उमि्रने ठाउँको प्वालको भित्र बोसोयुक्त ग्रन्थीबाट निस्किने तेल -सिभम) जम्मा हुन्छ र यो ब्ल्याक हेड वा ह्वाइट हेडको रूपमा देखिन्छ । उक्त तेल छालाभित्रै जम्मा रहे ह्वाइट हेड र छालाबाहिर समेत आए ब्ल्याक हेड भनिन्छ ।
डा. कर्णका अनुसार यसको एउटा कारण छालालाई राम्ररी सफा नगर्नु पनि हो । यस्तै, छालाको रौं उमि्रने ठाउँको प्वाल बन्द हुनु र तेल ग्रन्थीबाट बढी तेल निस्किनुसमेत यो समस्याको कारक हो । ब्ल्याक हेडको समस्या शरीरभित्रको रासायनिक तत्त्व -हार्मोन) को असन्तुलनले समेत देखिन सक्छ ।
एएडीको तथ्यपत्रअनुसार डन्डिफोर भएकाहरूलाई अनुहारमा अन्य समस्याबाहेक ह्वाइट र ब्ल्याक हेड देखिने गर्छ । सामान्यतः किशोरावस्थामा हुने पनि यो समस्या कुनै पनि उमेरमा देखिन सक्छ । वयस्कहरू आफ्नो २० औं, ३० औं, ४० औं वा ५० औं वर्षको उमेरमा समेत यो समस्यासँग जुध्न सक्छन् ।
यो समस्याबाट मुक्ति पाउन सही खानपानसँगै विभिन्न उपाय आवश्यक रहेको समेत डा. कर्ण बताउँछन् । समस्या भएकाहरूले सातामा एकपटक अनुहारमा बाफ लिँदा यो नरम भएर हलुका हातले थिच्दा बाहिर निस्किन्छ । बाफले गर्दा छालाको रौं उमि्रने ठाउँको प्वाल -रोम छिद्र) खुल्छ जसले गर्दा सहज रूपमा ब्ल्याक हेड बाहिर निस्किन्छ ।
महिलाहरूले मेकअप गरिसकेपछि त्यसलाई राम्ररी नपखाल्नाले समेत यो समस्या देखिन सक्छ । 'मेकअप रोम छिद्रभित्र गएर यसलाई बन्द गर्छ,' कर्ण भन्छन्, 'यसले छालाभित्र उत्पादन हुने तेल बाहिर निस्किन नसकेर ब्ल्याक हेड बन्ने गरेको छ ।' ब्ल्याक हेडको समस्या भएकाहरूले तेलमुक्त सौन्दर्य प्रसाधन र सनस्त्रिmन लगाउनुपर्ने उल्लेख गर्दै कर्ण भन्छन्, 'अति कडा ब्ल्याक हेड्सलाई छाला रोग विशेषज्ञबाट झिक्न लगाउनुपर्छ आफूले झिक्दा दाग बस्ने सम्भावना हुन्छ ।'
ब्ल्याक हेड हटाउन 'केमिकल पिलिङ', माइक्रोडर्माएबि्रजन तथा लेजर माध्यम समेत उपयोग गरिने डा. कर्ण बताउँछन् ।
बजारमा ब्ल्याक हेड्स रिमुभल स्टि्रप्स, लगायतसहित विभिन्न किसिमका लोसन, क्रिम -केरेटोलाइटिक एजेन्ट) उपलब्ध रहे पनि एक पटक छाला रोग विशेषज्ञसँग सल्लाह लिएर मात्र उपयोग गरे राम्रो हुने कर्णको सुझाव छ ।
ब्ल्याक हेडस रिमुभल स्टि्रप्स प्रभावित खण्डमा टाँसेर केही समयपछि हटाउँदा त्यससँगै ब्ल्याक हेड निस्किने गर्छ ।
ब्ल्याक हेडबाट बच्न
नियमित व्यायाम गर्नुस्
छालालाई सफा राख्नुस्
पर्याप्त पानीको सेवन गर्नुस्
हरियो सागसब्जी र फलफूल खानुस्
बढी मसला, बोसो, चिल्लो खाद्य
पदार्थ सेवन नगर्नुस् | स्रोत कान्तिपूर :
You can subscribe by e-mail to receive news updates and breaking stories.