अस्पतालमा इन्टरनेटमार्फत उपचार सेवा |

Posted by Sura Health on |







hospital                                                                                                जिल्ला अस्पताल सल्यानमा टेलिमेडिसिन सेवा सञ्चालन गरिएको छ । उक्त सेवा सञ्चालनबाट बिरामीले सल्यानमा नै बसेर पाटन अस्पतालका रोग विशेषज्ञसँग सल्लाह–सुझावका साथै उपचार गर्न पाउने भएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरुका लागि उपचार सजिलो होस् भनी इन्टरनेटमार्फत अस्पतालले टेलिमेडिसिन सेवा सञ्चालन गरेको हो ।

टेलिमेडिसिन सेवाअन्तर्गत बिरामीले आफ्ना समस्याबारे सोधपुछ गर्नुका साथै पुरानो रिपोर्टसमेत देखाउन पाउने भएका छन् । “त्यति मात्र नभएर रोग विशेषज्ञलाई खोजी गर्दै हिँड्न नपर्ने भएको छ”–जिल्ला अस्पतालका प्रमुख रामराज पन्थीले भन्नुभयो–“डाक्टरले बिरामीलाई छुन मात्र पाउँदैनन् । बिरामीलाई छुन नपाए पनि उनले सिकाएका विधिअनुसार उपचार हुन्छ ।”
इन्टरनेटमार्फत सञ्चालन गरेको उक्त सेवाका लागि पाटन अस्पतालका रोग विशेषज्ञ कम्प्युटरमा प्रत्यक्ष देखिन्छन् र बिरामी पनि । दुवैको प्रत्यक्ष कुराकानी हुन्छ । सो सेवा सञ्चालन गरेपछि बिरामीको उपचारमा सँगै बसेका डाक्टरलाई पनि सजिलो भएको छ । “विशेषज्ञकै सल्लाहबमोजिम डाक्टरले पनि काम गर्छन्”– उहाँले भन्नुभयो । स्वास्थ्यकर्मी रवीन्द्र विष्टले उक्त सेवाले जिल्लावासीलाई धेरै राहत हुने बताउनुभयो ।
रकम खर्च गर्न नसक्दा उपचारबाट वञ्चित भई अकालमा ज्यान गुमाएका धेरै छन् । यसबाट आर्थिक अवस्था कमजोर भएकालाई पनि धेरै राहत हुने उहाँको भनाइ छ । “जिल्ला अस्पतालबाट पाउन नसक्ने सेवाका लागि मात्र बिरामीले अब बाहिर जानुपर्ने हुन्छ”– उहाँले भन्नुभयो–“यो सेवाले धेरै प्रभाव पार्ने देखिएको छ ।”

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips