पाठेघर कसरी खस्छ |

Posted by Sura Health on |







 महिलामा हुने पाठेघर आफ्नो रहने सामान्य ठाँउ छाडेर योनीमार्गमा झर्नु या योनीबाट बाहिर निस्कने प्रकृयालाई पाठेघर आङ्ग खस्नु भनिन्छ । यसलाई चिनिने अरु नामहरुमा फकुन्डो खस्ने, देउको खस्ने, चेलास्थान खस्ने, हड खस्ने, गर्भाशय खस्ने आदि हुन् । नेपाली समाजमा महिलामा देखिने यो एक प्रमुख प्रजनन समस्या हो ।

प्रकारहरु


१) पाठेघर नै खस्ने (ग्तभचष्लभ एचयबिउकभ) २) पिसाब थैली खस्ने (ऋथकतयअभभि) ३) पिसाब नली खस्ने (ग्चभतजयअभभि)

४) मलद्वार÷आन्द्र खस्ने (च्भअतयअभभिरभ्लतभचयअभभि)

पाठेघर कसरी खस्छ ?

जब पाठेघरलाई अड्याएर राख्ने मासपेशीहरु कमजोर हुँदै जान्छन् या उक्त मासपेशीका नशाहरु कमजोर बन्दै जान्छन् तब पाठेघर तल खस्ने प्रकृया सुरु हुन्छ । यस क्रममा पाठेघर, योनी र योसँग सम्बन्धित अङ्गहरु आफ्नो निर्धारित स्थान छोडेर तल आउँछन् ।

पाठेघर खस्ने प्रक्रिया तथा लक्षण चिन्हहरु

पहिलो डिग्री पाठेघरको मुख (ऋभचखष्ह) इस्चीयल स्पाइन भन्दा तल झर्दछ । योनीमा केही वस्तु झरेको जस्तो हुन्छ । योनी अलि खुकुलो महशुस हुने, ढाड दुख्ने पनि हुन्छ । यौनक्रियामा असजिलो पनि उत्पन्न हुन्छ ।

दोस्रो डिग्री पाठेघरको मुख (ऋभचखष्ह० योनीको मुख (क्ष्लतचयष्तगक) सम्म आउँदैछ तर बाहिर निस्कदैन । सुत्दा यो आफै भित्र जान्छ । पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिन छिनमा पिसाब फेर्न जान मन लाग्छ । खोक्दा, भारी बोक्दा पनि योनीको मुखमा केही बसेको जस्तो हुन्छ । कम्मर तथा ढाड दुख्ने समस्या सुरु हुन्छ । नोटः दोस्रो डिग्रीसम्ममा पाठेघर योनी बाहिर आउँदैन ।

तेस्रो डिग्री पाठेघरको मुख (ऋभचखष्ह) योनीको मुख (क्ष्लतचयष्तगक) भन्दा बाहिर निस्कन्छ । यो बेलामा मूत्राशयलाई पनि थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, खोक्दा, हाँस्दा पिसाब चुहिने हुन्छ । पाठेघर तल आएकोले तन्तु तानिएर ढाड एकदमै दुख्न थाल्छ ।

चौथो डिग्री यौनीको मुख (क्ष्लतचयष्तगक) बाट सम्पूर्ण रुपमा पाठेघर बाहिर निस्कन्छ । यसलाई प्रोसिडेन्सीया पनि भनिन्छ । यो पिन्च टेस्ट (एष्लअज तभकत) गरी पत्ता लगाइन्छ । बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने र हिँड्दा तिघ्रामा पाछिने भई अत्यन्तै पीडादायी हुन्छ ।

डेक्यूविटस अल्सर

खसेको पाठेघरमा विस्तारै छालाको रुपमा परिवर्तन देखिन्छ, फुट्छ, संक्रमण हुन्छ र अन्त्यमा घाउको रुपमा परिणत हुन्छ । यो परिवर्तन देखिनुको कारण योनीको मुखमा रक्त संचालन बन्द भएकोले हो ।

पाठेघर खस्ने कारणहरु

जन्मजात पाठेघर आफ्नो हुनुपर्ने ठाउँमा नभएर अन्य ठाउँमा हुनु । सानो उमेरमा बच्चा पाउनु । गह्रौ भारी बोक्ने काम गर्दा । सुत्केरी हुँदा राम्रो स्याहार र खाना नपाउनु । लाज र भयका कारण स्वास्थ्य केन्द्र नजानु । धेरै सन्तान जन्माउनु र जन्मान्तर नहुनु । यौनाङ्गमा बारम्बार संक्रमण हुनु । दोस्रो वा तेस्रो पटक सुत्केरी गराउँदा बच्चा बाहिर निस्कने समयमा राम्रो उपचार गर्न नसक्नु । पेटमा पानी भरिनुमा ।बारम्बार खोकी लागिरहनु (धुँवा, दाउरा तथाचुरोटको प्रयोग) पेटमा ट्युमर भएमा ,धेरै कब्जियत भइरहेमा ।

उपचार प्रक्रिया
१) रोकथाम विधि २) साधारण उपचार ३) शल्यक्रिया उपचार
रोकथाम विधि
आमा गर्भवती हुँदा नै पोषिलो खानेकुरा खाने, सरसफाईमा ध्यान दिने । बच्चा जन्माउँदा सही अस्पतालमा, सही समयमा उपयुक्त विधिको प्रयोग गर्ने । बच्चा पाएपछि छिटो हिँड्न थाल्ने र पेल्भीक फ्लोर एक्सरसाइज गर्ने । बच्चा जन्मेको कम्तीमा ७ महिनासम्म गह्रौ तथा गाह्रा कामहरु नगर्ने । चाँडो अर्को बच्चा नजन्मियोस् भन्न परिवार नियोजनको विविध साधनको प्रयोग गर्ने ।
साधराण उपचार
१) योगासन नौकासन, हलासन, सर्वाङ्ग आसन
२) किगत्न व्यायाम
पाठेघरका तन्तु बरिपरिका मांसपेशीलाई पनि बलियो पार्ने व्यायामलाई किगल व्यायामभनिन्छ । यो व्यायामले जनेनन्द्रीयका मांसपेशीलाई बलियो पनि मद्दत गर्छ । पहिलो व्यायाममा पिसाब गर्दाखेरी बीचमा नै एकछिन रोकेर सासमाथि तान्न कोशिश गर्नुपर्छ । यसो गर्दा योनि बरिपरिका मांसपेशी खुम्चिइन्छन् । यो बेलामा खुम्चाएर नै १०१५सम्म गर्नुपर्द छ । अनि पुनः पिसाब फेर्नु पर्दछ । पिसाब फेरिसकेपछि योनीबरिपरिका मांसपेशीलाई संकुचन गर्ने व्यायाम बारम्बार गर्न सकिन्छ । पहिलोपटक पिसाब धेरैबेर अड्याएर राख्न चाह्रो हुन्छ । तर ४६ चोटी गरेपछि यो सहज हुन्छ । पिसाब गर्दा रोक्नलाई कसरी खुम्चाउनु पर्छ भन्ने कुरा जानेपछि पिसाब नफेरेको बेलामा पनि गर्न सकिन्छ । १०, १५, २० देखि ५० चोटिसम्म यो व्यायाम गर्न सकिन्छ । पाठेघर नखसेका तर हाछ्युँ गर्दा अलिकता पिसाब चुहिने महिलाहरुको पनि यो व्यायाम गरे राम्रो हुन्छ ।
३) रिङ्ग पेसरी राख्ने
पाठेघर केही मात्र तल झरेको छ र महिला अझ बच्चा पाउन चाहिन्छन् । भने रिङ्ग पेसरी’(चुरा आकारको बस्तु) योनिभित्र राख्नुपर्ने हुन्छ । रिङ्ग पेसरी नरम रबर वा प्लाष्टिकले बनेको हुन्छ । यो पाठेघरको आका अनुसार मिलाएर राखिन्छ र विभिन्न आकारमा पाइन्छ । यो महिलाको योनिमा घुसाएपछि पाठेघर आफ्नो ठाउँमा अडिरहन्छ । तर यदी रिङ्ग पेसरी सानो वा ठूलो भयो भने महिलालाई कि त दुख्ने हुन्छ कि त आफै बाहिर निस्कन्छ । त्यसैले रिङ्ग पेसरी कस्तो र कत्रो राख्ने भन्नेबारेमा स्वास्थ्य कार्यकर्ताले विचार गर्नुपर्छ ।पहिलो श्रेणीका पाठेघर खस्ने प्रक्रियामा रिङ्ग पेसरीको प्रयोगको जरुरत पर्दैन । दोस्रो श्रेणीको पाठेघर खसाइमा रिङ्ग पेसरीको प्रयोग गरिन्छ । यसले महिलालाई पाठेघर खसेको बेलामा धेरै राहत दिन्छ । रिङ्ग पेसरी केवल केही समयको लागि मात्र हो र अन्तिम उपचार भनेको त शल्यक्रिया नै हो ।
रिङ्ग पेसरी राखेपछि महिलाले ध्यान दिनुपर्ने कुराहरुः

किगल व्यायाम गर्ने । गुप्ताङ्गको सरसफाईमा ध्यान दिनुपर्छ । प्रत्येक दिन स्नान गर्दा यौनाङ्ग पनि सफा गर्नुपर्छ । एकदिनमा ८१०गिलास पानी पिउनुपर्छ । पिसाब च्यापेर बस्नु हुँदैन । दिनमा ४५ चोटी पिसाब फेर्नुपर्छ । रिङ्ग पेसरी हालेको केही दिनपछि गाह्रोजस्तो भयो, दिशापिसाब गर्न गाह्रो भयो वा रिङ्ग पेसरी खस्यो भने तुरुन्त स्वास्थ्य चौकीमा गएर परिक्षण गर्न लगाउनुपर्छ । रिङ्ग पेसरी सानो र ठूलो भएर यो समस्या हुनसक्छ । यस्तो बेलामा नयाँ रिङ्ग पेसरी फेर्नुपर्छ । यदी कुनै समस्या छैन भने रिङ्ग पेसरी हालेको एक महिनापछि जाँच गराउनुपर्छ ।यदी एक महिनामा सकिएन भने हरेक ३ महिनामा रिङ्ग पेसरी फेर्न स्वास्थ्य चौकी जानैपर्छ ।अनि हरेकचोटि नयाँ रिङ्ग पेसरी फेर्नुपर्छ । रिङ्ग पेसरी समयसमयमा नफेर्ने हो भने संक्रमण हुन्छ र महिलाको स्वास्थ्यमा पनि खराब असर हुनजान्छ । पिसाबको संक्रमण बारम्बार हुन्छ । यदी रिङ्ग पेसरी होलेको बेलामा गर्भ रहन गयो भने, ४ महिनापछि रिङ्ग पेसरी हटाउन स्वास्थ्य चौकी जानुपर्छ । यदी कुनै समस्या छैन भने रिङ्ग पेसरी हालेको एक महिनापछि जाँच गराउनुपर्छ । यदी एक महिनामा सकिएन भने हरेक ३ महिनामा रिङ्ग पेसरी फेर्न स्वास्थ्य चौकी जानैपर्छ । अनि हरेकचोटि नयाँ रिङ्ग पेसरी फेर्नुपर्छ । रिङ्ग पेसरी समयसमयमा नफेर्ने हो भने संक्रमण हुन्छ र महिलाको स्वास्थ्यमा पनि खराब असर हुनजान्छ । पिसाबको संक्रमण बारम्बार हुन्छ ।यदी रिङ्ग पेसरी हालेको बेलामा गर्भ रहन गयो भने, ४ महिनापछि रिङ्ग पेसरी हटाउन स्वास्थ्य चौकि जानुपर्छ ।यदि रिङ्ग पेसरी हालेपछि तल लेखिएका मध्ये कुनै समस्या म¥यो भने तुरुन्त स्वास्थ्य चौकीमा सल्लाह लिन जानुपर्छ ।तलबाट गन्हाउने पानि बगेमा ,चिलाउने भएमा,धेरै सेतो पानि गएमा ,वरिपरि घाउजस्तो भएमा, दुख्ने भएमा, तल्लो पेट दुखेमा,हिड्ने गाह्रो हुने भएमा,पिसाब गर्दा गाह्रो भएमा, यौनक्रिया गर्दा दुखेमा,यौनिबाट रगत बगेमा ।

रिङ्ग पेसरी राखेको महिलाले परिवार नियोजन गर्न हुन्छ ?

रिङ्ग पेसरी राखेको महिलाले कपरटी बाहेक अन्य अस्थाई परिवार नियोजनका साधनहरु अपनाउन सक्छन् । स्थायी परिवार नियोजन गर्न भने गाह्रो हुन्छ ।

शल्यक्रिया उपचार

१) एन्टेरियर कोल्पोर्याफी २) कोल्पोपेरिनियोर्याफी ३) इन्टेरोसिल उपचार ४) पेल्भीक फ्लोर रिपेयर ५) फोदरगिल्स अप्रेशन ६) भल्ट प्रोल्यापस् रिपेयर ७) लि फोर्ट अपरेशन

८) सरभिकोपेक्सी ९) भजाइनल हिस्तेरेक्टोमी

शल्यक्रियामा पाठेघरलाई सम्हालेर राख्ने मांशपेसि र तन्तुलाई नै पुनः बलीयो परि पाठेघर र वरिपरिका अङ्गहरुलाई तल खस्नबाट रोक्ने काम गरिन्छ । कम उमेरका महिला तथा स्वास्थ्य पाठेघर भएकामा गरिने यस शल्यक्रियालाई एँच् भनिन्छ ।अस्वस्थ पाठेघर तथा दोस्रो,तेस्रो तथा चौथो डिग्रीमा खसेको पाठेघर नै निकालेर फालिन्छ ।

शल्यक्रियापछि ध्यान दिनुपर्ने कुराहरु

पर्याप्त आराम गर्ने, १ महिनासम्म गह्रौ भारी नउचाल्ने, ३ महिना पछि मात्र साविकको काममा फर्कने ।प्रशस्त पौष्टिक तत्वले युक्त खानाहरु खाने ।यौन सम्वन्ध केहि समयपछि राख्न सकिन्छ तर ६ हप्ता सम्म कुर्न राम्रो मानिन्छ ।शल्यक्रिया अगाडी सम्पूर्ण जाँच गरी यदि उच्च रक्तचाप दम, मधुमेह भए उपचार गरिन्छ ।विभिन्न समयमा हुने स्वास्थ्य शिविर बाट निःशुल्क समेत उपचार गर्न सकिन्छ ।                                                                                                                  स्रोत :स्वस्थ्य नेपाल ,

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips