खतरनाक रोग हेपाटाइटिस
Posted by Sura Health on |
कलेजो :-
शरीरका महत्त्वपूर्ण अड्डहरूमध्ये कलेजो पनि एक हो । यसले शरीरको पाचनक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ, कलेजोले बोसो पचाउने, रगतमा भएका खराब तत्त्वहरू छान्ने तथा जैविक रसायनहरू भण्डारण तथा परिचालन गर्दछ ।
धेरै प्रकारका जन्डिसहरूमध्ये भाइरसको कारणबाट हुने जन्डिस बढी मात्रामा पाइन्छ । नेपालमा हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ बढी मात्रामा पाइएको छ । जसमध्ये हेपाटाइटिस ‘ए’ बच्चाहरूमा र हेपाटाइटिस ‘ई’ वयष्कहरूमा बढी मात्रामा पाइन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’बाट हुने जन्डिसलाई Acute Viral Hepatitis भनिन्छ, जुन दूषित पानी र खानाबाट सर्छ । यो रोग केही औषधिको प्रयोग तथा सफा पानी र पौष्टिक आहारको साथै आराम गर्दा पूर्णरूपमा निको हुन्छ ।
हेपाटाइटिस ‘बी’ र ‘सी’ दुवै डर लाग्दा भाइरसहरू हुन् । यसबाट हुने जन्डिसलाई Chronic Viral Hepatitis भनिन्छ । यसको कारणले कलेजो सुक्ने तथा कलेजोको क्यान्सर हुन सक्छ, जसले मानिसको मृत्यु हुन्छ । हेपाटाइटिस ‘बी’ विरुद्धको खोप पाइन्छ र खोपको प्रयोग गरी यो रोग लाग्नबाट बच्न सकिन्छ ।
हेपाटाइटिस ‘बी’ एचआईभी⁄एड्सभन्दा खतरनाक किन ?
एचआईभी भाइरस बाहिरी वातावरणमा आएको केही सेकेन्डभित्रै मर्ने गर्छ तर हेपाटाइटिस ‘बी’को भाइरस लामो समय (केही हप्ता) सम्म जिउँदो रहन सक्छ, यसको कारणले यो भाइरस सर्ने सम्भावना बढी हुन्छ ।हेपाटाइटिस ‘बी’ सर्ने कारणहरू
असुरक्षित यौनसम्पर्क ।
दूषित रगतबाट ।
रोगीले प्रयोग गरेको दाह्री काट्ने ब्लेड, टुथब्रस आदि प्रयोग गरेमा।
रोगीले प्रयोग गरेको सुई प्रयोग गरेमा ।
रोगी आमाबाट जन्मेको नवजात शिशुमा ।
हेपाटाइटिस ‘बी’का लक्षणहरू
हेपाटाइटिस ‘बी’ रोग लागेका व्यक्तिहरू पहिले साधारण व्यक्तिजस्तै हुन्छन् । सुरुमा खासै लक्षण देखा पर्दैनन् तर पछि अरुचि, दुब्लाउनु, कमजोर हुँदै जानु, पेट दुख्नु, ज्वरो आउनु, जन्डिस हुनुजस्ता लक्षणहरू देखा पर्छन् । पछि गएर पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने, ज्वरो आउने, रगत बान्ता गर्नेजस्ता लक्षणहरू देखा पर्छन् । यस्तो अवस्थामा कलेजो पूर्णरूपमा बिग्रिसकेको हुन्छ र मानिसको मृत्यु हुन्छ ।
यो रोगको पहिचान समयमै भएमा केही औषधि–उपचार तथा केही परहेजहरू अपनाई कलेजो बिग्रनबाट जोगाउन सकिन्छ । यस रोगको पहिचानको लागि रक्तपरीक्षण गरिन्छ । रक्त परीक्षण गर्दा यदि हेपाटाइटिस ‘बी’ नदेखिएको खण्डमा यस रोग विरुद्धको खोप लगाउन सकिन्छ तर यदि देखा परेको खण्डमा खोप लगाउनुहुँदैन । साथै कलेजोसम्बन्धी चिकित्सकसँग राम्ररी उपचार गराउनुपर्छ ।खोपको लागि
रक्तपरीक्षण
रक्तपरीक्षणमा हेपाटाइटिस ‘बी’ ल्भनबतष्खभ देखिएमा मात्र खोप लिनुपर्छ ।
खोप लिने तरिकाः–
पहिलो खोप पहिलो महिना
दोस्रो खोप दोस्रो महिना
तेस्रो खोप तेस्रो महिना
चौथो खोप पहिलो खोप लिएको एक वर्षपछि|

You can subscribe by e-mail to receive news updates and breaking stories.