पूर्वमन्त्री तथा जनजाति अगुवा नेता खपाङ्गीको अवस्था नाजुक|

Posted by Sura Health on |







                                                                                    भाद्र १८, काठमाडौँ- पूर्वमन्त्री तथा गोरेबहादुर खपाङगी मगरको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

सिङगापुरको एलिजावेथ अस्पतालमा उपचार गराइरहनु भएका खपाङगीको सिङगापुर अस्पतालमा मात्रै एक लाख २२ हजार सिङगापुर डलर अर्थात एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उहाँका सहयोगी नन्दबहादुर घर्तीले जानकारी दिनुभयो ।

काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुन नसकेपछि उहाँलाई डेढ हप्ताअघि सिङगापुरको एलिजावेथ अस्पताल भर्ना गरिएको थियो । यसअघि खपाङगीको बाँसबारीस्थित न्यूरो अस्पतालमा भिपी नन्सट नली हालिएको थियो ।

तर न्यूरोले हालेको नली खराब भएको अस्पतालले बताएको पनि सहयोग घर्तीमगरले बताउनुभयो । पूर्वमन्त्री खपाङगी मोटरसाइकलले ठक्करबाट तीन महिनाअघि गम्भीर घाइते हुनुभएको थियो ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips