मधुमेह, असर र सावधानी |

Posted by Sura Health on |







शरीरमा आंशिक वा पर्ूण्ारूपमा इन्सुलिनको कमी भई वा यसले गर्ने काममा अवरोध आई खानामा पाइने कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसकेर रगतमा ग्लुकोज -चिनी) को मात्रा बढ्ने अवस्था नै मधुमेह हो ।शरीरमा इन्सुलिनको काम  इिन्सुलिनले खानामा भएको कार्बोहाइड्रेट -ग्लुकोज) को खपतलाई बढाउने गर्छ । इिन्सुलिनले प्रोटिन निर्माणको कार्य बढाउने गर्छ । इिन्सुलिनले शरीरमा बोसोको भण्डारनलाई बढाउने गर्छ ।शरीरमा जम्मा भएको अतिरिक्त बोसोको मात्रा एक व्यक्ति र अर्को व्यक्तिमा फरक-फरक हुने गर्छ । जुन अनेक अवस्था जस्तै- लिङ्ग, उमेर, वंशाणुगत, खानपान, रहनसहन, व्यायाम आदिमा भर पर्छ । बढी मात्रामा शरीरमा बोसो जम्मा हुनुको अर्थ खानपानबाट उत्पादित अत्यधिक शक्तिलाई सञ्चय गरेर थोरै शक्ति खर्च गर्नु हो  । प्रकोपमधुमेहले संसारभरि नै महामारीको रूप लिएको छ । विश्व स्वास्थ्य संगठनअनुसार विश्वभरी अहिले १७ करोड १० लाख मानिसमा मधुमेह देखिएको छ । आगामी सन् २०३० सम्म यो संख्या दोब्बर भई ३५ करोड पुग्ने अनुमान गरिएको छ । एक आ“कडाअनुसार नेपालमा मधुमेहको संख्या ४ लाख ३५ हजार भएको र सन् २०३० सम्म १६ लाखको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।मधुमेह हुनसक्ने अवस्था  विंशाणुगत आमा- बुबालाई मधुमेह भएका छोराछोरीलाई । मिोटो वा बढी तौल भएका व्यक्तिलाई । एक अध्ययनअनुसार बढी तौल भएको मानिसमा सामान्य तौल भएका मानिसको तुलनामा मधुमेह हुने सम्भावना तीन गुणा बढेर जान्छ । चिालीस वर्षउमेर पूरा भएकामा । चिार किलोग्रामभन्दा बढी तौल भएको शिशु जन्माउने आमालाई । पिटक-पटक गर्भपतन गराउने महिलालाई । शिारीरिक आघात वा धेरै चिन्ता गर्ने व्यक्तिलाई । उिच्च रक्तचाप विरुद्धको औषधी, पिसाब बढाउने औषधी, इस्टेरोइड सेवन गरिरहने व्यक्तिलाई ।मधुमेहको वर्गीकरणटाइप १ ः -इन्सुलिनमा निर्भर हुने)सामान्यतया शरीरमा भएको प्याङक्रियाज ग्रन्थिले निकाल्ने इन्सुलिन नबनी देखिने मधुमेहलाई टाइप १ मधुमेह भनिन्छ, जसको उपचार इन्सुलिन र्सर्ुइले गरिन्छ ।लगभग पा“च प्रतिशत मधुमेही यस टाइपमा पर्छन् । यो प्रायः ३० वर्षन्दा कम उमेरको मानिसलाई लाग्ने गर्छ । यस्ता बिरामी इन्सुलिनको इन्जेक्सनविना बेहोशी -कोमा) मा जान सक्छन् । टाइप २ ः  -इन्सुलिन निर्भर नहुने) यो सबैभन्दा बढी मानिस -९०-९५ प्रतिशत) मा हुने मधुमेह हो । जुन ३० वर्षन्दा बढी उमेरमा देखिने गर्छ । धेरै बिरामीलाई आफूलाई रोग लागेको थाहा नहुन सक्छ । यसलाई शारीरिक व्यायाम र खानपानमा सुधार गरी नियन्त्रण गर्न सकिन्छ । यसबाट बच्न नियमित व्यायाम, स्वस्थ खाना, धूमपानरहित जीवन र स्वास्थ्य अनुकूलताका आचरण गरेमा टाइप २ मधुमेहमा बच्न सकिन्छ । टाइप २ मधुमेहीमध्ये एक तिहाइलाई मात्र इन्सुलिन र्सर्ुइको आवश्यकता पर्छ । अन्यले डाक्टरको सल्लाहअनुसार मुखबाट खाने औषधी प्रयोग गर्छन्, जुन औषधीले शरीरमा इन्सुलिनको मात्रा बढाउने गर्छ वा शरीरको कोषिकाले ग्लुकोज शोषण गर्ने मात्रा बढाउ“छ । टाइप ३ ः  -जेस्टेस्नल) यो २ देखि ५ प्रतिशत महिलालाई गर्भावस्थामा देखिन्छ, जुन बच्चा जन्मेपछि ६ हप्ताभित्रमा आफैं हराएर जान्छ । तर कतिपय महिला -आधाभन्दा बढी) मा पछि गएर टाइप २ मधुमेह हुने सम्भावना बढेर जान्छ । लक्षणहरू ििछनछिनमा पिसाब लाग्नु वा पिसाब गरेको स्थानमा कमिला वा कीरा देखिनु र राति पटक-पटक पिसाब लाग्नु । धिेरै भोक र प्यास लाग्नु । ििवना कारण तौल घट्दै जानु ।  धिेरै थकाइ लाग्नु । धिमिलो देख्नु । पिटक-पटक संक्रमण भइरहनु, घाउखटिरा सजिलै निको नहुनु । हिातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जीउ चिलाउनु ।  दिर्ीघकालीन अवस्थामा मृगौला, आ“खा, स्नायु, मुटु, रक्तनलीमा असर गर्छ । सोही अनुसार थप लक्षण र जटिलता थपि“दै जान्छ । अन्य जटिलताको रूपमा मुख -पेरियोडन्सियम) को स्वास्थ्य थपिएको छ, जसले गर्दा मुख र दा“तमा देखिएको लक्षणहरूबाट कहिलेकाहीं मधुमेह लागेको शंका गर्न सकिन्छ र सोही अनुसारले रगत र अन्य परीक्षण गराउन सकिन्छ । मधुमेहीमा मुख स्वास्थ्यअनियन्त्रित मधुमेहीमा दा“त समाउने, हड्डी छिटो खिइने, मुखको कुना-कुनामा सुन्निने, ओ“ठ चर्किने र फुट्ने आदि हुनसक्छ । त्यस्तै मुखमा घाउखटिराको संक्रमण हुने, केन्डिडियसिस, मुखमा भएको सूक्ष्म जीवमा परिवर्तन हुने, दा“त फुकालेको ठाउ“मा हड्डी दुख्ने, घाउ हुने -ड्राइसकेट) इत्यादि देखिन सक्छ । यस अतिरिक्त मधुमेहीमा उच्च रक्तचाप, 'लाइकेन प्लानस' भनिने चर्मरोगसमेत स“गै देखिएको अवस्थालाई 'ग्रिनस्पान सिन्ड्रोम' भनिन्छ । दन्त र मुखको उपचार गर्दा रगतमा चिनीको मात्रा हेरेर आवश्यकताअनुसार एन्टिबायोटिकको छातामा राखेर उपचार गर्नुपर्छ । रोकथाम र उपचारमधुमेह एकपटक भइसकेपछि निको हु“दैन । बरु यसलाई सन्तुलित खानपान, रहनसहन, व्यायाम, उमेरअनुसार तौल नियन्त्रण, योग, औषधी र इन्सुलिन र्सर्ुइको मद्दतले नियन्त्रणमा राख्न सकिन्छ र मधुमेहको जटिलताबाट बच्न सकिन्छ । सामान्यतया भोजनमा ४० देखि ५० प्रतिशत कार्बोहाइड्रेट, १५ देखि २० प्रतिशत प्रोटिन, ३५ देखि ४० प्रतिशत बोसो भएमा उचित हुन्छ । भात, आलुजस्ता खाद्यपदार्थहरू प्रयोग गर्न नहुने भए पनि डायबेटिज रोगको अवस्था हेरी ठीक-ठीक मात्रमा प्रयोग गर्न सकिन्छ ।  एक अध्ययनअनुसार वयस्कमा हुने टाइप २ मधुमेहलाई नियमित व्यायामबाट मात्रै ९० प्रतिशत कम गर्न सकिन्छ । त्यस्तै धूमपान, मद्यपान, कार्बोहाड्रेट बढी हुने चिनी, ग्लुकोज, मिठाइ, मह, जाम, चकलेट, आइसक्रिमजस्ता पदार्थहरूको सेवनमा नियन्त्रण गर्नुपर्छ । त्यस्तै तारेको खानेकुरा, खसीको मासु, दूधका परिकार, आलु, सखरखण्डको सेवनमा विचार पुर्‍याउनर्ुपर्छ । खानामा रेशायुक्त खाना, हरियो सागपात समावेश गर्नुपर्छ । खानाको किसिमभन्दा पनि खानेकुराबाट प्राप्त हुने शक्ति -क्यालोरी) मा ज्यादा ध्यान दिनु आवश्यक छ । लेखक, मनमोहन मेमोरियल अस्पतालमा कार्यरत छन् ।

स्वस्थ पुरुष र महिलाको शारीरिक बनोट -उमेर २० देखि २४ वर्ष     पुरुष   महिलामांसपेशी      ४५ प्रतिशत ३६ प्रतिशतहाडजोर्नी      १५ प्रतिशत १२ प्रतिशतनन इसेन्सियल -अतिरिक्त जम्मा भएको) बोसो   १२ प्रतिशत १५ प्रतिशतइसेन्सियल -आवश्यक) बोसो     ३ प्रतिशत १२ प्रतिशतअन्य        २५ प्रतिशत २५ प्रतिशत |

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips