दाँत र शारीरिक स्वास्थ्यको सम्बन्ध |

Posted by Sura Health on |







Dr Sushil Koirala
डा. शुसील कोइराला,
वरिष्ठ दन्तरोग विशेषज्ञ /


पछिल्लो समयमा विश्वव्यापीरूपमा विकासक्रम तथा आर्थिक अवस्थाका कारण किटाणु, व्याक्टेरिया र भाइरसबाट लाग्ने सरुवा रोग घट्दै र जीवनयापनका कारण हुने नसर्ने रोगको मात्रा बढ्दै गएको छ ।
नसर्ने रोगको प्रमुख कारण नकारात्मक सोच, खानपान तथा व्यवहार परिवर्तन हो । तरकारी र अन्य उत्पादन बढाउनकालागि प्रयोग गरिने कीटनासक औषधिले मानव स्वास्थ्यमा प्रतिकुल अशर पारेको छ । कृषिको आधुनिकीकरणले रोगको मात्रा बढाउन मद्दत गरेको छ ।  केही बर्ष अघिसम्म अग्र्यानिक खाना उत्पादन र निर्यातमा प्रख्यात नेपाली किसान अहिले बिस्तारै फास्टफुड र जंकंफुडमा आर्कर्षित हँुदै गएकाछन् ।
रोगको संक्रमणको बढ्दो दरसँगै दन्त चिकित्साको महत्व पनि बढेको छ । पश्चिमा मुलुकमा मुख स्वस्थ राख्नुपर्छ भन्ने अभियान नै स्थापित भइसकेको छ । दाँतमा समस्या बिभिन्न कारणले हुने गर्छ । कतिपयलाई मुख फोहोर भएकै कारण मुटुरोग लागेको पनि पाइएको छ । क्यान्सर रोगमध्ये ११ देखि १५ प्रतिशत मुखको क्यान्सर हुने गरेको पाइएको छ । यसको कारण मुख तथा दाँतलाई गरिने लापरवाही नै हो । नेपाली समाजमा मुखको स्वास्थ्यसम्बन्धी सूचना पाएर पनि सचेतना भने अपनाएको पाइँदैन । सूचना र सचेतना फरकफरक कुरा हुन् । बिहान र वेलुका खानापछि ब्रस गर्नाले मात्र पनि ३० प्रतिशत मुुखको क्यान्सरबाट बँच्न सकिन्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ । यो सचेतना अपनाउन सिकाएनि धेरैको ज्यान जोगाउन सकिन्छ । सुपारी, गुट्खा तथा सूर्ती सेवनले आजको भोलि नै समस्या देखिने होइन । यसले भविष्यमा जटिल रुप लिन सक्छ ।

मुख किटाणुको घर हो । त्यसैले समयसमयमा मुख तथा ¥यालको परीक्षण गराउनु पर्छ । यसैले ‘माउथ इज द मिरर अफ जनरल हेल्थ’ पनि भनिन्छ । गिँजामा रहेका किटाणु रगतमा पनि जाने भएकाले मुखबाट रोग चाँडै सर्ने संभावना बढी हुन्छ । ९० प्रतिशत सास गन्हाउने समस्या दातँको कारण हुन्छ । सास गन्हाउन थालेमा दन्त परीक्षण गर्नुपर्छ ।
मधुमेहको समस्या भएका मानिसमा गिँजा सुन्निने र दाँत छिटो हल्लिने गरेको पाइएको छ । छाला रोगीहरुमा पनि मुखभित्र दांग देखिन्छन् । त्यसैगरी पाठेघरको समस्याका भएका महिलाहरुमा मुखमा ¥याल कम आउने हुन्छ । मधुमेह भएका बिरामीको दाँतलाई अडाएर राख्ने हड्डी कमजोर हुने हँुदा उनीहरुको दाँत छिटो झर्छ । त्यसकारण मधुमेहका बिरामीले दाँतको स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्छ । त्यसैगरी गर्भवती महिलाको मुख स्वस्थ हुनु जरुरी छ । यदि गर्भावस्थामा मुख स्वस्थ राख्न सकिएन भने बच्चा सानो जन्मिने हुन्छ  ।


यसरी हेर्दा शरीरको एउटा भागमा समस्या देखिएमा त्यसले अन्य भागमा पनि असर पारिरहेको हुन्छ । मुख र दन्तस्वास्थ्य खर्चिलो पनि भएकाले समयमै बिचार पु¥याउनु पर्छ । नेपालीहरुमा दाँत नदुख्दै वा प्वाल नपर्दै चिकित्सकोमा जाने चलन छैन । दन्त चिकित्सामा  रोकथामले ठूलो महत्व राख्छ । सामान्य रोकथाम भनेको बिहान बेलुका खाना खाइसकेपछि दाँत माझ्नु हो । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार, दिनको दुई पटक ब्रस गर्दा दाँतमा कीरा लाग्ने समस्या ५५ देखि ६० प्रतिशत कम हुन्छ । मुख तथा दाँतको समस्याले मृत्यु नहुने भएपनि यो रोग मृत्युको कारण बन्न सक्छ । ८० वर्ष कटेका वृद्धवृद्धाको २० वटा मात्र पनि दाँत जोगाउन सकेमा उनीहरुको जीवन लम्ब्याउन सकिन्छ भन्ने जापानी  उखान छ । यो विज्ञानले पनि पुष्टि गरेको कुरा हो । मानिसमा जति थोरै दाँत भयो त्यति नै रोगको सम्भावना बढी हुन्छ । बुढेसकालमा लाग्ने रोग अल्जाइमरको कारणसमेत दाँत नहुने वा कम हुने गरेकोसमेत अध्ययनले देखाएको छ ।
बच्चाहरुको खाजामा आजभोलि परिवर्तन आउन थालेको छ । उनीहरुको टिफिन बट्टामा बिस्कुट, चाउचाउ र जंकफुड राख्न थालिएको छ । एक अध्ययनले देखाए अनुसार, बच्चाहरु घरमा हुँदा उनीहरुको दाँत कीराले खाँदैन  । तर स्कुल भर्ना भएपछि उनीहरुको दाँत कीराले खान थाल्छ । नेपालकै सन्दर्भमा क्रा गर्दा भने अझै पनि झाडापखालाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा मुख तथा दन्त स्वास्थ्यले प्राथमिकता नपाउनु स्वभाविक नै हो ।मानिस तनावमा बढी रहेकै कारण घुर्ने समस्या पनि बढ्न थालेको छ । विगत दश÷बाह्र वर्षको मेरो अनुभवमा पहिला १० जनामध्ये एकजनामा घुर्ने समस्या थियो भने अहिले १० जनामध्ये  ८ जनामा यो समस्या देखिन थालेको छ । त्यसमा पनि युवाहरुमा यो समस्या बढी देखिएको छ । तनावले गर्दा दाँत किट्ने र टाउको दुख्ने समस्या हुन्छ । तनावको सूचकको रुपमा दाँतलाई पनि हेर्न सकिन्छ । चुरोटले पनि पहिला फोक्सो र मुखमा नै असर गर्छ ।
नेपालीहरुको मुख पनि सानो हँुदै गएको छ । जसकाकारण दुधे दाँत निकाल्न पनि दन्त चिकित्सककोमा जानुपर्ने अवस्था छ । नेपालीको शरीर भन्दा मुख सानो हुने हँुदा दातको जगको आकार सानो हुन्छ, यसले गर्दा दाँत बाङ्गोटिङ्गो आउन थाल्छ ।
अहिले समाजमा निकै देखिएको र धेरैले वास्ता नगरेको समस्यामा सास गनाउने समस्यालाई लिन सकिन्छ । आफ्नो सास गनाएको आफैंलाई थाहा हँुदैन । मुख स्वस्थ राख्न सक्यो भने ९० प्रतिशत सास गनाउने समस्या कम गर्न सकिन्छ ।
दाँतकै उपचारकालागि आजभोलि डेन्टल क्लिनिक पनि प्रसस्त खुलेका छन् । यसले गर्दा बिरामीमा कहाँ राम्रो उपचार हुन्छ भन्ने अन्यौल बढेर गएको छ । त्यसकारण आफूले सेवा लिने दन्त चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको छ कि छैन, जान्नु जरुरी हुन्छ । काउन्सिलमा दर्ता भएको चिकित्सकले दाँत बिगारेमा मुद्दा हाल्न पाइन्छ भने दर्ताबिनाका व्यक्तिले बिगारेमा क्षतीपुर्ती पाइँदैन । दन्त चिकित्सा महँगो भएकाकारण दूधे दाँत २ देखि ६ वर्षको उमेरमा एकपटक जँचाउने गर्नुपर्छ । त्यसपछि दाँत साटिने ८/९ वर्ष र  १७ वर्षको उमेरमा दाँतको परीक्षण गराउनु पर्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips