वीर अस्पतालमै शंकाको भरमा शल्यक्रिया |

Posted by Sura Health on |







                                                            भोजपुर नेपालडाँडाका ३५ वर्षीय पर्शूराम गौतमको पेट असाध्यै दुखेपछि उनलाई उपचारका लागी लागि हेलिकप्टर चार्टर गरेर बुधबार वीर अस्पताल ल्याइयो । उनको जाँचपछि चिकित्सकले एपेन्डीसाइटिस भएको शंका गरे । उनलाई अल्ट्रासाउन्ड गर्न भनियो । तर रेडियालोजी विभागका चिकित्सकले अल्ट्रासाउन्ड गर्न मानेनन् ।,


रेडियालोजी विभागका चिकित्सकले अल्ट्रासाउन्ड गर्न नमानेपछि उनलाई स्लाइनसहित वीर नजिकैको निजी क्लिनिकमा लगियो । त्यहाँ पनि अल्ट्रासाउन्ड नभएपछि बिरामी र आफन्त निरास हुँदै फर्के । त्यसपछि चिकित्सकले एपिन्डसाइटिसका शल्यक्रिया गरे ।


'चिकित्सकले गरेको अन्दाज शल्यक्रिया सहि ठहरियो ।' चिकित्सकले शंका गरेअनुसार नै एपिन्डिसाटिस भएको रहेछ , त्यसैले ज्यान बाँच्ने भयो ,' गौतमका आफन्त निरञ्जन भट्टराईले भने । 'वीरजस्तो ठूलो अस्पतालमासमेत अल्ट्रासाउन्ड नभएर अन्दाजको भरमा शल्यक्रिया गर्दा दुःख लाग्यो ।' गौतमको अहिले मेल सर्जिकल वार्डमा उपचार भइरहेको छ । दुई लाख खर्च गरेर उनलाई हेलिकप्टरबाट ल्याइएको थियो ।                              स्रोत :सुराहेल्थ संवाददाता .

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips