धेरै सुत्नेहरु होसियार |
Posted by Sura Health on |
धेरै सुत्नेहरु होसियार
वास्तवमा निद्रा मानिसको स्वास्थ्यको लागि अत्यावश्यक
छ । एक वयस्क
मानिसका लागि औषतमा दिनको ८
घण्टा निद्रा आवश्यक पर्छ भनिन्छ ।
मानिस निदाउन सकेन भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । र
लामो समयसम्म राम्ररी निदाउन पाएन
भने पनि ऊ रोगी बन्छ भन्ने कुरा पक्का छ
। त्यसैले स्वास्थ्यका लागि पर्याप्त
निद्रा आवश्यक हुन्छ । तर निद्रा फाइदाजनक हुन्छ
भन्दैमा बढि सुत्नु पनि भएन ।
आवश्यकता भन्दा बढि सुतियो भने
त्यो पनि प्रत्युत्पादक हुन्छ र
स्वास्थ्यमा नकारात्मक असर पर्छ ।
बढि सुत्ने मानिसमा कस्ता कस्ता समस्या देखापर्छन्
त ? · मधुमेह – अध्ययनले के देखाएको छ भने
एक रातमा ९ घण्टा भन्दा बढि समय सुत्ने
मानिसहरुमा मधुमेहको समस्या देखा पर्ने
खतरा ७ घण्टा सुत्ने मानिसमा भन्दा ५०
प्रतिशत बढि हुन्छ । · मोटोपन – अध्ययन अनुसार एक रातमा ९
देखि १० घण्टा सम्म सुत्ने मानिसमा ७
देखि ८ घण्टा सुत्ने
मानिसमा भन्दा मोटोपनको समस्या देखापर्ने
खतरा २१ प्रतिशत बढि हुन्छ । · मुटुरोग – बढि सुत्ने
मानिसमा मुटुरोगको समेत खतरा बढ्दछ ।
अध्ययन अनुसार हरेक रात ९
घण्टाभन्दा बढि सुत्ने
मानिसमा मुटुरोगको समस्या ३८
प्रतिशतले बढ्दछ । · डिप्रेसन – बढि सुत्ने बानीले
डिप्रेसनको समस्यालाई झनै बल्झाउँछ । डिप्रेसनलाई कम गर्न
छरितो तथा नियमित निद्रा आवश्यक
पर्छ । · टाउको दुखाइ – बढि सुत्ने
मानिसमा टाउको दुख्ने समस्या समेत
देखापर्छ । बढि निद्राले
गर्दा मस्तिष्कमा सेरोटोनिन भन्ने
रसायनको असन्तुलन पैदा गर्छ
जसको कारण टाउको दुख्छ । · ढाड दुख्ने – बढि सुत्ने मानिसमा ढाड
दुख्ने समस्याले समेत सताउँछ ।
बढि समयसम्म
सुत्दा ढाडको भागमा बढि चाँप पर्ने
भएकाले
रक्तनली तथा मांशपेशीमा हानी पुग्ने र ढाड दुख्ने समस्या देखापर्छ । यसका साथै आवश्यकता भन्दा बढि सुत्ने
बानीले मानिसको अनुहारको छाला फुंग
उडेको जस्तो देखिने, आलस्यपन बढाउने,
आँखाको बाहिरी भाग
सुन्निएको जस्तो देखिने
तथा समग्रमा व्यक्तिको आयु छोट्याउने विज्ञहरु बताउँछन् । कति समय सुत्नु उपयुक्त ? · नवजात शिशु दिनमा १८ घण्टासम्म · स्कुले केटाकेटी १० देखि ११ घण्टासम्म · किशोरकिशोरी १० घण्टा · वयस्क ७ देखि ८ घण्टा|

You can subscribe by e-mail to receive news updates and breaking stories.