सुत्दा सपना किन देखिन्छ, कस्तो अबस्थामा देखिन्छ |
Posted by Sura Health on |
सपनामा हरेक दशजना मानिसमा पाँचजनामा दुर्घटनामा आफन्तको मृत्यु भएको, बच्चा हराएको, भूतप्रेतले पिछा गरेको, कुनै अनकण्टार स्थानमा पुगेको वा पैसाको बिटो फेला परेको जस्ता दृश्यहरू बारम्बार आइरहन्छ । प्राचीन ग्रीसका कथाकारहरूले सपनालाई देवताको सन्देशको रूपमा चित्रण गरेका छन् । अझ त्योभन्दा पनि पहिले त सपनाको भरमा पूर्व जन्मको अवस्थासमेत जन्न सकिन्थ्यो भन्ने भनाइ छ । मध्य युगमा आएर नराम्रो सपना देखेमा राक्षसले घरमा वास गरेको छ समेत भन्न थालियो । केही वर्ष अगाडि वैज्ञानिकहरूले गरेका सर्भेक्षणले महिलाहरूले देख्ने सपनामा पचास प्रतिशत अपि्रय घटनामा आधारित हुन्छन् र त्यसमा पनि आठ प्रतिशत अत्यन्त अपि्रय हुन्छन् भन्ने देखाएको छ । त्यसैले यहाँ सपनाबारे केही तथ्य केलाउने प्रयास गरिएको छ ।
वैज्ञानिकहरूका अनुसार सुत्दा सास फेर्न कठिनाई भएमा मस्तिस्कमा अक्सिजनको मात्रा कम हुन गई नराम्रो सपना देखिन्छ । अझ कतिपय वैज्ञानिकहरूले सुत्नु अघि वा सुत्नेबेला भएका, गरेका वा सोचेका गतिविधिको परिणाम हो भनेका छन् । उनीहरूका अनुसार मानिसको अनुभव, भावना र विचार मानस पटलमा एकत्रित भएर बसेको हुन्छ । सुत्नेबेला त्यसलाई मनमा खेलाइएको छ भने सपनामा त्यसले आकार लिन्छ तर सपना सपना नै हो त्यसले अर्थराख्छ भन्ने केही छैन ।
मनोवैज्ञानिकहरूले वैज्ञानिकहरूको उपरोक्त धारणालाई पूर्णतः अस्वीकार नगरे पनि स्वीकारेका पनि छैनन् । उनीहरू भन्छन्- 'बारम्बार देखिने एउटै सपनाले मान्छेको अन्तर मनमा केही न केही सन्देश दिएकै हुन्छ ।' सिग्मण्ड प|mायडका अनुसार सपना भनेका मान्छेको अचेतन मनसम्म पुग्न सकिने बाटो हो । मानसिक तनावका कारणले पनि सपना देखिन्छ । पारिवारिक विछोड, जागिरबाट निकाला, प्रेममा धोका, व्यापार घाटा अथवा परिवारका कुनै सदस्यको अचानक मृत्यु जस्ता घटनाहरू यस्ता विषय हुन् जसले मनिसलाई बारम्बार सोचिरहन विवश पार्छ । फलतः मानसिक तनाव उत्पन्न हुन्छ र अनेक खाले नकारात्मक सपना देखिन्छ । जीवनमा यस्ता घटना भोगेकाहरूले त्यो परिस्थितिमा देख्ने सपना भनेको कालो विरालोले लखेटेको, कालो सर्पले बेरेको वा डसेको, पहाडको टुप्पोबाट कसैले खसाल्न खोजेको वा त्यस्तै खाले अन्य कुनै डरलाग्दा दृष्यहरू नै हुन् ।
हाल आएर एउटै सपना बारम्बार देखिनुमा पहिले भएको कुनै घटनाको दिमागमा परेको गहिरो चोटको प्रभावको कारण पनि हुन सक्छ र वर्तमानकालकै भए, गरेका, देखे, भोगेका घटनाका परिस्कृतरूप पनि हुन सक्छ भन्ने कुरालाई पुष्टि गर्न केही शोधकर्ताहरू लागेका छन् ।
एउटी महिलाले कोठाको छतबाट पङ्खा चुँडिएर सुतिरहेको बच्च्ाामाथि खसेको सपना बाराम्बार देख्दिरहिछिन् । एक रात त उनले यस्तो सपना देखिन् कि जहाँ रातको ठीक दुईबजेको समय थियो चलिरहेको त्यही पङ्खा खसेर बच्चाको टाउको काटिएको थियो । उनी व्युँझिन् र डराएर सुतिरहेको बच्चालाई बोकेर पङ्खातिर हेर्न लागिन्् । त्यति नै बेला चलिरहेको पङ्खा सिलिङबाट खस्यो । त्यतिबेला समय ठीक दुई बजेको थियो ।
यस घटनाका बारेमा ड्रेम टेलिप्याथीका लेखक डा स्ट्यान्लीले यसरी विश्लेषण गरेका छन्- 'ती आमाको अचेतन मनले कि पङ्खा अड्याएको हुक भाँचिन लागेको देखेको हुन सक्छ कि बच्चा पङ्खा मुनि सुत्ने भएकाले केही खतराको अनुभव गरेको हुनसक्छ । त्यही अचेतन मनले आमाले भित्रभित्रै सोचेको कुरालाई सपनामार्फत प्रकट गरिदियो । उनी भन्छन्- 'मान्छेले याद गरेका तर त्यति ध्यान नदिएको कुरालाई मस्तिस्कले एउटा सङ्गठित रूप दिएर बेला मौकामा सपनाको रूपमा चुहाइरहन्छ, जुन कहिलेकाहीँ वास्तविक जीवनसँग ठ्याक्कै मेल खान्छ ।
केही स्त्रीरोग विशेषज्ञहरूका अनुसार महिलाहरूमा हुने हारमोनको असन्तुलनको कारणले पनि धेरै सपना आउने गर्छन् । उनीहरू भन्छन्- 'डिम्ब निस्कासन हुने र रजस्वला सुरू हुने बीचको समयमा महिलाहरू अत्यधिक सपना देख्छन् । यो सङ्ख्या गर्भावस्थाको बेला झन् बढी हुन्छ । वोमेन्स बडी वोमेन्स ड्र्ेमका लेखिका प्याटि्रसिया गारफिल्डका अनुसार गर्भावस्थाको पहिलो तीन महिनामा महिलाहरू सपनामा प्राय पानीमा बस्ने सानातिना जीवहरूलाई देख्छन् । दोस्रो तीन महिनामा विरालो, कुकुर वा यस्तै घर पालुवा जीवजन्तुका बच्चालाई देख्छन् र तेस्रो तीन महिनामा उनीहरूले देख्ने सपनाका दृश्यमा हात्ती, चिम्पाञ्जी जस्ता जनावरहरू पर्दछन् ।
वास्तवमा व्यक्ति र उसले देख्ने सपनामा केही न केही सम्बन्ध हुन्छ । त्यसैले त्यो सपनाको अर्थ र कारण त्यही व्यक्तिले मात्र जान्न सक्छ जसले सपना देख्छ । जसरी प्रेसर कुकरबाट हावा निस्केपछि तापक्रम केही शान्त हुन्छ त्यसैगरी केही कारणवश भावना, ईच्छा व्यक्त गर्न नपाएर कुण्ठाग्रस्त भएका मान्छेले सपनामा त्यही भावना व्यक्त गर्छ र तनावमुक्त रहने गर्दछ । दिनभरिको कामको तनावको कारणले आउने सपनाले मान्छेलाई विहान उठेपछि निकै हलुका महसुस गराउँछ । स्रोत : स्वस्थ्य नेपाल .

You can subscribe by e-mail to receive news updates and breaking stories.