बारम्बार टाउको दुख्न,े शरिर झमझम गर्ने रोग डिप्रेसन |

Posted by Sura Health on |







५० वर्षिय कान्छी तामाङ्का १० छोरा छोरी छन् उनको ढाड दुख्ने रोग १ महिना अघि देखि सुरु भयो । बिस्तारै उनी आत्तिने,छड्पठ्ठी गर्न,राती ननिदाउने  एक ठाँउमा अडिन नसक्ने हुदै आयो। उनि अनेकौ उपचार केन्द्रमा गई उपचार गराईन। उनको रगत,एक्सरे,सि.टि स्क्यान,इन्डोषकोपी,अल्ट्रासाउण्ड को जाँच गरियो तर रोग पत्ता लागेन।उनी नशा पाल्यो, नशा झमझम ग–यो,मलाई
क्यानसर भयो भनि रुन थालिन,अहिले न्यूरोसाईक्याटिक बिभागमा उपचार गराइरहेकी छन । उनको समस्या राम्रो भएको छ,उनले पूर्नजिवन पाएकी छिन। यो पनि एक डिप्रेसन रोगको लक्षण हो। 
डिप्रेसनका कारण कतिपय बिरामीहरु घाँटिमा केहि अडकियो भन्ने, आफुलाई क्यान्सर भयो भनि रुने,मर्ने भइयो भनेर आत्तिने, परिवारको बारेमा कुनै चिन्ता नलिने जीवनमा आशामारेको भेटिन्छन्। डिप्रेसनका बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन्, जस्तै सडकमा एकजना बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तीत हुने गर्छन्। डिप्रेसनका बिरामी एउटै घटनालाई आधारमानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन्,जस्तै परिक्षमा १पटक फेल भएमा अब सधै फेल भइन्छ भनि आतिन्छन् जुन गलत हो। कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाई बाट पिडित हुन्छन्। मनमा यस्ता सोचाई लिन्न भनेपनि ति सोचाइ आउनाले छटपटि महसुस गर्छन्। डिप्रेसनका बिरामीको मस्तिष्कको परिक्षण सि.टी स्क्यान,यम.आर.आई गर्दा कुनै खरावी देखिदैन तर न्यूरोटा्रन्समिटर,जुन अत्यन्त शुक्ष्म परिक्षण मानिन्छ। यो परिक्षण गर्दा सेरोटोनिन तथा नरइपिनेफ्रिनभन्ने तत्व मस्तिष्कमा घटेको देखिन्छ।
माथिको भनाई बाट के प्रष्ट हुन्छ भने डिप्रेसन रोग एक जटिल रोग हो। बिरामीहरुका लक्षणहरु एकै प्रकारका हुदैनन्। उपचार गरे यो रोग निको हुन्छ।यो रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ।
केहि डिप्रेसनका बिरामी काम्ने,बक्ने,अचानक बेहोस हुने हातखुठ्ठा नचल्ने शरिरको संबेदना हराउने,आफ्नो नाम उल्टो बताउने वा उत्तर उल्टो दिने,नबोल्ने,छिटो छिटो श्वास फेर्ने,आदि लक्षण लिई आउछन्। डिप्रेसनका बिरामी रोगको कारण अनौठो लक्षण देखाउदा कुटाई खाने,बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ। मानसिक रोगको झन्डै एक तिहाई हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफु लाई नसाको रोग लाग्यो भन्न रुचाउछन, तर आफुपागल बनीन्छ भन्ने ठूलो पिर उनिहरुमा हुन्छ। बास्तबमा यि रोगीहरु अर्को रोगमा परिणत हुदैनन्।समुदायमा ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन्,जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुदैनन्। समुदायमा आत्महत्या भएको घटना सुनिन्छ,यसको प्रमुख कारण डिप्रेसन नै हो। डिप्रेसन रोगका विरामी नसा पौल्यो,नसा दुख्यो,नसा सड्कियो नसा छिद्यो,रगत बिग्रियो,
नशा झमझम ग–यो भन्दै अस्पताल धाउछन्। 
डिप्रेसन रोग बिभिन्न किसिमका हुन्छन्
न्यरोटिक डिप्रेसन –यस्ता बिरामीहरु मलाई कस्तो रोग लाग्यो भनि चिन्ता गर्छन।
साइकोटिक डिप्रेसन–
यस्ता बिरामीहरु अरु मानिस देखि संका गर्ने गर्छन। 
सेनाइल डिप्रेसन–बुढेसकालमा देखिने डिप्रेसनलाइ सेनाईल डिप्रेसन भनिन्छ। यस्ता बिरामीहरु प्राय आत्महत्या गर्ने डर हुन्छ।    आवाज आउने,एक्लै बोल्ने,एक्लैे हाँस्ने,पनि गर्न सक्छन्। 
डिप्रेसन स्टूपर–यस्ता बिरामी अत्यान्त नचली नवोलि बस्छन् कोहि बिरामीहरु आँखामा आँसु बगाउछन्।
एजिटेटेड डिप्रेसन–यस्ता बिरामीहरु अत्यान्त छटपट गर्छन्।एक ठाउँमा बस्न सक्देैनन्। आत्तिने र अस्थिर मनस्थिती भएका हुन्छन्।
रेटाडेड डिप्रेसन–यस्ता बिरामीहरु बहूतकम बोल्छन् र टोलाउने गर्छन्। 
बच्चामा देखिने डिप्रेसन–बच्चामा दखिने डिप्रेसन केहि फरक हुन्छ। पेट दुख्ने, टाउको दुख्ने,रिसाउने,पढ्न नजाने आदि लक्षण लिई यस्ता बिरामी आउछन्।
बयस्कमा पाईने डिप्रेसन–यस्ता बिरामीहरु अनेक शारिरिक लक्षण लिइ पटक पटक डाक्टरकहाँ धाउछन्। 
जाडो महिनामा पाईने डिप्रसन–केहि डिप्रेसन जाडो महिना मा मात्र देखा पर्छ।यस्तो डिप्रसनलाई जाडो महिनामा पाउने डिप्रेसन भनिन्छ। रात लामो हुनाले मेलाटोनिन भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ।छोपिएको डिप्रेसन–यस्ता बिरामी बाहिरी रुपमा खुसि देखिन्छन् जब बिरामीको बारे हामी जानकारी लिन्छौ तव बिरामी रुने गर्छन। 
दोहोरिएको डिप्रेसन–करिव ५० प्रतिशत बिरामीहरुमा डिपे्रसन रोग देहोरिने सम्भावना रहन्छ।औषधी छुटाउने,बिरामीको घरायसि वातावरण राम्रो नहुनाले र कहिले काही औंषधी सेवन गर्दा गदै पनि यस्तो हुन्छ।
       डिप्रेसन रोग अति सामान्य देखि कडा सम्मको पाइन्छ। बिरामीको अवस्था हेरी तीन भागमा यसलाई बाँडिन्छ।
  • डिप्रेशन रोगका विरामीहरु कस्ता कस्ता समस्या लिएर आउछन  
  • विरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउंछन ।
  • कतिपय विरमीहरु आपúmलाई क्यान्सर लागेको शंका गर्छन ।
  • कोही घांटिमा केहि अड्कियो भनी आत्तिन्छन ।
  • कोही यौन अंगको समस्या यौन क्रममा कमी भएको बताउछन र
  • कोही विरामीहरु वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउंछन ।
  • कोही चा¤ही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहा¤ पुग्दछन् ।
  • कोही ढाड दुख्ने, जोर्निमा दुख्ने समस्याको सिकायत गर्छन ।
  • कोही खाना अपच, पाचन शक्तिमा कम भएको शिकायत गर्छन ।
  • कोही काम्ने र बक्ने गर्छन र बोक्सी लागेको विस्वास गर्छन ।
  • कोही अचानक वेहोस भएको बताउंछन ।
  • डिप्रेशनका विरामी एक्लै शान्त ठांउमा बस्न रुचाउंछन । रेडियो, टि.भि. हेर्ने चाख हु¤दैन ।
  • बढि चिन्ता गरिरहने र आप्mनो जिवन देखिनै हरेस खाएका हुन्छन ।
श्रीमानले रक्सी पिइरहदाँ श्रीमतीलाई डिप्र्रेसन रोग लाग्छ 
  रक्सी पिउने मानिसमा अचानक रक्सी छाड्दा हात काम्ने मुटु ढुकढुक हुने अनौठा वस्तु देखीनाले आत्तिने डराउने गर्छन् । कोही सर्प देख्छन् ,कोही बाघ देख्छन् र आत्तिन्छन् । कतिपय विरामीहरुले कानमा गाली गरेको आवाज आउनाले घरपछाडी भाग्छन । रक्सी पिउने मानीसहरु यौन क्रियामा रुचि नभएको शिकायत गर्छन् । कति चाही श्रीमती सँग शंका गर्छन् । जुन घरायसी झगडाको विउ बन्छन् । जब मानिस विहान पनि रक्सी लिन शुरु गर्छन यो कडा समस्या मानिन्छ । रक्सी लिदा मानसीक अचेत हुनाले ठुला ठुला अप्रिय घटना पनि घट्न सक्छ । रक्सी लिने मानिसलाई कोठामा थुनेर राख्नु हुदैन अचानक घोर रोग निक्लिई मर्न सक्छन् । डाक्टरको सल्लाह लिएरमात्र रक्सी छोडाउनु पर्दछ । एक तिहाइ रक्सी लिने मानिसहरु डिप्रेन, आत्तिने  रोग निन्द्रा नपर्ने समस्याबाट पनि पिडित हुन्छन् । रक्सी छोडेपछि यस्तो समस्याको पनि उपचार गरेमात्र पुर्ण रुपमा रक्सी लिन छाड्छन । परिवारीक कलह भईरहदाँ प्राय रक्सी पिउने श्रीमतीमा डिपे्रशन रोग भेटिएको छ ।
डा सि पी सेडाई 
नशा तथा  मनोरोग बिशेषज्ञ   
  चितवन मेडिकल कलेज (अmअ)  

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips