आयुर्वेद प्रवद्धनका लागि आरोग्य दिवस मनाइदै !
Posted by Sura Health on |
(काठमाडौं) कात्तिक १० /
‘२१ औं सताब्दीमा स्वास्थ्यको आधार, आयुर्वेद जीवनपद्धति र उपचार’ भन्ने नाराकासाथ सप्ताहव्यापी धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको छ ।
नेपाल आयुर्वेद चिकित्सक संघले आइतबार पत्रकार सम्मेलन गरी आयुर्वेद प्रवद्धनका लागि दिवस मनाउन लागेको जानकारी दिएको हो । नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवले आज आइतबारबाट सप्ताहव्यापी रुपमा धन्वन्तरि जयन्ती मनाउन लागिएको जानकारी दिए । उनले नेपालमा २१ सयभन्दा बढी जडीबुटीहरुको पहिचान भईसकेको बताउदै जैविक विविधताको आधारमा नेपाल विश्वको ११ औं स्थानमा रहेको जानकारी दिए । संसारका अन्य मुलुकमा नपाईने २ सय ६४ प्रकारका बहुमुल्य प्रजातिहरु नेपालमा पाईने भएकाले यस्ता प्राकृतिक श्रोतबाट देशले आर्थिक लाभ लिन सक्ने उनको भनाई छ ।
आयुर्वेद विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. वासुदेव उपाध्यायले धन्वन्तरि जयन्तीका अवसरमा रक्तदान, आयुर्वेद स्वास्थ्य शिविर र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए । उनले उच्च शिक्षाको लागि आयुर्वेद अध्ययन संस्थाहरु सञ्चालन नहुनु, अनुसन्धान तथा तालिमका पूर्वाधारहरुको विकास नहुनु, जडीबुटी संरक्षणका लागि परियोजनाहरु सञ्चालन नहुनु आयुर्वेद क्षेत्रका प्रमुख चुनौतिहरु रहेको बताए ।

You can subscribe by e-mail to receive news updates and breaking stories.