कुष्ठरोगको बारेमा जान्नु पर्ने कुराहरु |

Posted by Sura Health on |







कुष्ठरोग आँखाले देख्न नसकिने माईकोब्याक्टेरियम लेप्रे  नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो वंशाणुगत हुने रोग होइन । यो रोगले खास गरेर छाला, स्नायू ९नशा० मा असर गर्दछ । यो रोग प्राचिन कालदेखिनै मानिससंग परिचित भए पनि सन् १९७३ मा मात्र नर्वे देशका वैज्ञानिक डा. जि.ए. ह्यानसनले कुष्ठरोग किटाणुको कारणले हुने रोग हो भनी पत्ता लगाएका हुन् ।
यस रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरु देखापर्नुका साथै स्नायुहरुमा असर गर्दा हात गोडामा छुदा थाहा नपाउने हुन्छ र बिस्तारै  यस रोगले मांशपेशीहरु कमजोर बनाईदिन्छ । त्यस्तो लाटो ९छोएको थाहा नपाउने० भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन ।
कुष्ठरोग कसरी सर्छ ?
उपचार नगरेको, कुष्ठरोगको बिरामीसंग लामो समयसम्म सम्पर्कमा आउने ब्यक्तिलाई श्वासप्रश्वासको माध्ययमबाट यो
रोग सर्न सक्छ । तर यो निकै कम सरुवा रोग हो । साधारणतया यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्रमा कुष्ठरोगका चिन्ह र लक्षणहरु देखा पर्न सक्दछन् । यो किरा, लामखुट्टे, झिंगा, उडुस आदिवाट सर्ने रोग होइन ।
कुष्ठरोगका चिन्ह र लक्षण
– शरीरको कुनै भागमा लाटो फुस्रो दागहरु देखापर्नु ।
– माथि उल्लेखित चिन्ह र लक्षण बाहेक अनुहार र कानका लोतीमा गिर्खाहरु देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौ झरेर जानु कुष्ठरोगका लक्षणहरु हुन् ।
– पछि गएर हातखुट्टाका औलाहरु लाटो, कमजोर हुनु र खुम्चदै गएर अन्त्यमा अङ्गभङ्ग हुनसक्छ ।
– स्नायुमा असर पर्न जाँदा हातखुट्टाहर लगातार झमझम गर्नु, स्नायू सुन्निनु, दुख्नु तथा हातखुट्टाका मांशपेशीहरु कमजोर हुनु ।
कुष्ठरोग कति प्रकारका छन् रु
– कुष्ठरोगको चिन्ह र लक्षणको आधारमा यसलाई दुई भागमा बाँडन सकिन्छ ।
१. बढी किटाणु भएको एम. बि. द्य कुष्ठरोग ।
२.  कम किटाणु भएको पि.बि.  कुष्ठरोग ।
कुष्ठरोगको उपचार के हो ?
माथि उल्लेखित कुने पनि चिन्ह तथा लक्षणहरु देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रुपले निको हुन्छ र अङ्गअङ्ग हुनवाट बच्न सकिन्छ ।
यसको उपचार बहुऔषधी उपचार बिधि  बाट गरिन्छ । जस अनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले छ महिना नियमित औषधी सेवन गर्नु पर्दछ । बिरामीले घरैमा बसेर ओषधी सेवन गर्न सक्दछन् । बहु–औषधीको १ मात्राले नै ९९ प्रतिशत रोग सर्न कम गर्दछ ।
कुष्ठरोगको उपचार नगरे के हुन्छ रु
कुष्ठरोगको किटाणुले छाला र खास गरेर हात, खुट्टा र अनुहारका सतहका स्नायू ९नशा० हरुमा असर गर्ने हुादा समयमा उपचार नगरे बिस्तारै मांशपेशी कमजोर हुने, औलाहरु खुम्चने र पछि अङ्गभङ्ग हुन सक्दछ ।
परिवार तथा समुदायमा रोग सर्न सक्दछ ।
कुष्ठरोगको औषधी कहा पाईन्छ ?
नेपालमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा उप–स्वास्थ्य चौकीका साथै प्रेषण केन्द्रहरुमा कुष्ठरोगको औषधि निःशुल्क पाईन्छ । साथै हाल नेपाल सरकारले उपचार पुरा गरेका  तथा विशेष सेवाकोलागि भर्ना हुादा यातायात खर्च रु.१,०००।– उपलब्ध गराएकोछ ।
कुष्ठ प्रभावित वा बिरामीले अपनाउनु पर्ने अन्यसावाधानहरु
खुट्टा लाटो भएको बिरामीले कम हिडने, धेरैबेर एकै अवस्थामा नउभिने ।
– किला नठोकेको नरम जुत्ता लगाउने ।
– लाटो हातखुट्टालाई चोटपटक र तातोबाट बचाउने ।
– हातखुट्टा सुख्खा भएमा चिसो पानीमा छाला नरम नभएसम्म भिजाएर कडा छाला खुर्कने ९ धारिलो, चुच्चो नभएको वस्तुले खुर्कने ।
– हातखुट्टा भिजाई सकेपछि चिसो हातखुट्टामा तेल वा चिल्लो लगाई नरम बनाई राख्ने ।
– आँखामा असर भएको बिरामीले दिनमा कालो चश्माको प्रयोग गर्ने र राती सुत्दा सफा कपडाले आँखा ढाकेर सुत्ने ।
कुष्ठरोग नियन्त्रणमा समुदायको भूमिका
कुष्ठरोग प्रतिको भ्रम र डरलाई हटाउन समुदाय र परिवारका मानिसलाई सही जानकारी दिने ।
कुष्ठरोगका बिरामीलाई स्वास्थ्य सेवा कहा पाईन्छ भन्ने सही जानकारी दिई रोग निदान र उपचारमा सहयोग पु¥याउने ।
कुष्ठरोगको शंका लागेका ब्यक्तिहरुलाई नजिकको स्वस्थ्य चौकी, अस्पताल, स्वास्थ्य केन्द्रमा जान सल्लाह दिने ।
कुष्ठरोगका बिरामीलाई नछुटाईकन नियमित रुपमा औषधी खान सल्लाह दिने ।
कुष्ठारोगका बिरामी र प्रभावितलाई उसको परिवार र समाजबाट अवहेलना हुन नदिन समुदायलाई कुष्ठरोग बारेमा तथ्य जानकारी गराई अपहेलना नगर्न उत्प्रेरित गर्ने ।
कुष्ठरोग  पनि अरु रोग जस्तै साधारण रोग हो, यो रोगले प्रभावित ब्यक्ति पनि समाजको नागरिक हो र उसले पनि समम्मान पूर्वक आफ्नो परिवारमा जीवनयापन गर्न पाउनु उसको अधिकार हो ।
कुष्ठरोग र सामाजिक समस्या
कुष्ठरोग लागेपछि स्नायू (नशा) र छालालाई असर पर्ने भएकाले चोटपटक लागी घाउ हुँदा पनि नखुख्ने र स्नायुको असरले गर्दा मांशपेशीहरु कमजोर हुँदै जान्छ । कुष्ठरोग लागेपछि समयमा उपचार नगर्नाले बिरुपता, अपाङ्गता हुन जान्छ । जसको कारणले सामाजिक रुपमा तिरस्कृत हुने हुँदा कुष्ठ ोगबाट हुने घृणा र तिरस्कारबाट बच्न कुष्ठरोगको शंका लाग्नसाथ स्वास्थ्य संस्थामा गई निःशुल्क उपचार गरौ र गारऔं । कुष्ठ रोगका कारणले हुने सामाजिक भेदभाग हटाऔं, सम्मानित नागरिक भई बाँचौ ।
पुनस्थापना
संयुक्त राष्ट्र संघको ‘असमर्थहरुको लागि सम्मान अवसर’ भन्ने पुस्तक अनुसार ‘पुनस्र्थापना भनेको असमर्थताको कारणले उत्पन्न हुने कुनै पनि समस्यालाई न्यूनिकरण गर्नको लागि ब्यक्तिगत रुपमा सामान्य नागरिक सरह सक्षम बनाउन प्रभावित ब्यक्तिलाई आत्मानिर्भर गराई समाजिकीकरण मार्फत सामान्य जीवनयापन गर्न सक्ने तुल्याउनु हो ।
कुष्ठरोगको कारणले उत्पन्न हुने समस्यालाई आवश्कता अनुसार चिकित्सकीय, शारीरिक, सामाजिक, आर्थिक पुनस्र्थापनाका कार्यक्रम संचालनमा रहेका छन् । यस कार्यक्रममा स्थानीय निकायका साथै सबै क्षेत्रको सहयोग आबश्यक छ |

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips