हेल्दी लाइफ !!
Posted by Sura Health on |
खेलकुद फिट्नेसको राम्रो विकल्प
विनिता महर्जन
उसु खेलाडी
उनले खेलकुद क्षेत्रबाटै प्रसिद्धि कमाइन्छ भन्ने कल्पनासमेत गरेकी थिइनन् । ‘जब मैले एघारौं दक्षिण एसियाली खेदकुदबाट गोल्डमेडल पाएँ, एकाएक जिम्मेवारी थपिएको महसुस भयो, देशले दिएको जिम्मेवारी जसरी भए पनि पूरा गर्नै पर्छ भन्ने लाग्यो’, आफूले उसु गोल्डमेडल पाउँदाको अनुभव सुनाउँदै साधना हेल्थलाई उनले सुनाइन्– ‘उक्त गेम जितेपछि देशले काठमाडौं जिल्लाको असिस्टेन्ट कोचको जिम्मेवारी दिएको छ, हिजोआज कोचको विषयमा तालिम लिँदै थप सिक्दै छु ।’
उनी अर्थात् २५ वर्षीया युवा उसु खेलाडी विनिता महर्जन । विनिताको स्कुलमा एक्स्ट्रा एक्टिभिटिजमा उसु खेल भएकाले सोही खेलबाट यस क्षेत्रप्रति मोह बढ्दै गई आज यस ठाउँमा आइपुगेको उनी बताउँछिन् । स्वास्थ्य र सुन्दरतासम्बन्धी साधना हेल्थले राखेको जिज्ञासामा उनले भनिन्– ‘आफूप्रतिको कन्फिडेन्स नै उसको भित्री सुन्दरता हो भने सकारात्मक सोचाइ, मेडिटेसन, योगा, थाइपी आदि स्वास्थ्य र सुन्दरताका थप राज हुन् ।’
आफूलाई समयसँगै परिमार्जित गर्न रुचाउने यिनै जोसिली उसु खेलाडी विनिता महर्जन आफ्नो दिनचर्या कसरी बिताउँछिन् त ? हेरौं हाल एमबीएसमा अध्ययनरत युवा खेलाडी विनिताको एक दिन ।
बिहान ५ बजे
विनिता प्रायः बिहान ४ः३० देखि ५ बजेभित्र उठिसक्छिन् । उठ्नासाथ नित्यकर्म सकेर घरको सरसफाइमा समय दिन्छिन् । त्यति बेलासम्म सहकर्मी श्रीमान् राजु महर्जन (उसु खेलाडी) पनि उठिसक्ने भएकाले उनीसँगै चिया र हल्का बिस्कुट लिन्छिन् । हिजोआज राष्ट्रिय खेलकुद परिषद्ले नेसनल ट्रेनिङ सञ्चालन गरिरहेकाले ७ः३० बजे श्रीमान्सँगै उनी त्यतै लाग्छिन् । ११ बजेसम्म उनको समय सोही ट्रेनिङमा बित्छ ।
दिउँसो १२ बजे
१२ बजे विनिताको खाना खाने समय हो । उनको भान्छामा साधारण दालभात नै पाक्ने गर्छ । ‘मेरो श्रीमान्लाई मासु एकदमै मन पर्छ, त्यसैले अल्टर्नेट रुपमा मासु भने पाकेकै हुन्छ’, उनले भनिन्– ‘तर मासु खाँदा रेड मिट र ह्वाइट मिटको ब्यालेन्स गरेर खान्छौं ।’ खानापछिको समय उनी घरको कामलाई छुट्याउँछिन् र बाँकी समय आराम गर्छिन् ।
अपराह्न ४ बजे
विनिता ४ बजे खाजा खाने गर्छिन् । उनको खाजामा प्रायः सुप, गेडागुडी हुने गर्छ । ‘स्वास्थ्यलाई राम्रो गर्ने भएकाले म फलफूल पनि उत्तिकै लिन्छु, विनिताले भनिन्– ‘खानेकुराप्रति केही कन्सियस त हुनै पर्यो नि ।’
बेलुका ८ बजे
विनिताको लागि यो समय डिनरको समय हो । ८ बजे उनको भान्छामा डिनर तयार हुन्छ । डिनरमा साधारण खाना नै खाने गर्छिन् उनी । डिनर सकिएपछि केही समय टिभी हेर्न र पढ्नमा बिताउँछिन् । ‘भोलिपल्ट बिहानै ट्रेनिङ जानुपर्ने भएकाले हिजोआज म १० बजे नै
सुतिहाल्छु –उनले भनिन् ।
आफ्नै नजरमा
स्पोर्टसबाहेक मलाई संगीत अत्यन्तै मन पर्छ । कहिलेकाहीँ राम्रो मुभी हलमा लागेको छ भने हेरी पनि हालिन्छ । मलाई मन पर्ने अर्को क्षेत्र बैंकिङ हो । एस डेभलपमेन्ट बैंकमा लगभग डेड वर्ष जति काम पनि गरें, पछि फुर्सद नपाएर छोडिदिएँ ।
हरेक नेपाली सुन्दर छन् तर शारीरिक अभ्यासको कमीले आफ्नो सुन्दरतालाई भद्दा बनाइरहेका हुन्छन् । स्वस्थ रहनका लागि शारीरिक व्यायाम जरुरी हुन्छ । त्यसैले पनि खेलकुद फिट्नेसको राम्रो विकल्प हो । त्यसबाहेक जो अधिकांश समय सकारात्मक चिन्तनमा रहन्छ, उसको चेहरा हमेसा सुन्दर देखिन्छ । आजको दिन जताततै धूवाँ–धूलो र प्रदूषणले व्याप्त छ, यस्तो समयमा केही मिनेट मेडिटेसन गर्न सकेमा पनि शारीरिक तथा मानसिक तनावबाट मुक्त रहन सकिन्छ ।
नेवार परिवारको सदस्य भएकाले भोजमा धेरै जानुपर्छ । मेकअप गरेर सुन्दर बन्न मन त लाग्छ तर स्कीन निकै सेन्सेटिभ भएकाले सनस्क्रिन, गाजल र हल्का लिपस्टिकबाहेक अन्य मेकअप प्रायः कमै प्रयोग गर्छु । मेकअप सामग्रीमा लेटेस्ट ब्रान्ड मलाई मन पर्छ । म सधैँ सन्सिल्क सेम्पो नै प्रयोग गर्छु । खेलकुदमा प्रायः शारीरिक अभ्यास नै बढी हुने भएकाले पसिना धेरै आउँछ । त्यसैले पानी अत्यन्तै पिउनु जरुरी हुन्छ । म पनि पानी धेरै पिउँछु || स्रोत :: साधना बाट सम्भार गरियको |
विनिता महर्जनउसु खेलाडी
उनले खेलकुद क्षेत्रबाटै प्रसिद्धि कमाइन्छ भन्ने कल्पनासमेत गरेकी थिइनन् । ‘जब मैले एघारौं दक्षिण एसियाली खेदकुदबाट गोल्डमेडल पाएँ, एकाएक जिम्मेवारी थपिएको महसुस भयो, देशले दिएको जिम्मेवारी जसरी भए पनि पूरा गर्नै पर्छ भन्ने लाग्यो’, आफूले उसु गोल्डमेडल पाउँदाको अनुभव सुनाउँदै साधना हेल्थलाई उनले सुनाइन्– ‘उक्त गेम जितेपछि देशले काठमाडौं जिल्लाको असिस्टेन्ट कोचको जिम्मेवारी दिएको छ, हिजोआज कोचको विषयमा तालिम लिँदै थप सिक्दै छु ।’
उनी अर्थात् २५ वर्षीया युवा उसु खेलाडी विनिता महर्जन । विनिताको स्कुलमा एक्स्ट्रा एक्टिभिटिजमा उसु खेल भएकाले सोही खेलबाट यस क्षेत्रप्रति मोह बढ्दै गई आज यस ठाउँमा आइपुगेको उनी बताउँछिन् । स्वास्थ्य र सुन्दरतासम्बन्धी साधना हेल्थले राखेको जिज्ञासामा उनले भनिन्– ‘आफूप्रतिको कन्फिडेन्स नै उसको भित्री सुन्दरता हो भने सकारात्मक सोचाइ, मेडिटेसन, योगा, थाइपी आदि स्वास्थ्य र सुन्दरताका थप राज हुन् ।’
आफूलाई समयसँगै परिमार्जित गर्न रुचाउने यिनै जोसिली उसु खेलाडी विनिता महर्जन आफ्नो दिनचर्या कसरी बिताउँछिन् त ? हेरौं हाल एमबीएसमा अध्ययनरत युवा खेलाडी विनिताको एक दिन ।
बिहान ५ बजेविनिता प्रायः बिहान ४ः३० देखि ५ बजेभित्र उठिसक्छिन् । उठ्नासाथ नित्यकर्म सकेर घरको सरसफाइमा समय दिन्छिन् । त्यति बेलासम्म सहकर्मी श्रीमान् राजु महर्जन (उसु खेलाडी) पनि उठिसक्ने भएकाले उनीसँगै चिया र हल्का बिस्कुट लिन्छिन् । हिजोआज राष्ट्रिय खेलकुद परिषद्ले नेसनल ट्रेनिङ सञ्चालन गरिरहेकाले ७ः३० बजे श्रीमान्सँगै उनी त्यतै लाग्छिन् । ११ बजेसम्म उनको समय सोही ट्रेनिङमा बित्छ ।
दिउँसो १२ बजे
१२ बजे विनिताको खाना खाने समय हो । उनको भान्छामा साधारण दालभात नै पाक्ने गर्छ । ‘मेरो श्रीमान्लाई मासु एकदमै मन पर्छ, त्यसैले अल्टर्नेट रुपमा मासु भने पाकेकै हुन्छ’, उनले भनिन्– ‘तर मासु खाँदा रेड मिट र ह्वाइट मिटको ब्यालेन्स गरेर खान्छौं ।’ खानापछिको समय उनी घरको कामलाई छुट्याउँछिन् र बाँकी समय आराम गर्छिन् ।
अपराह्न ४ बजे
विनिता ४ बजे खाजा खाने गर्छिन् । उनको खाजामा प्रायः सुप, गेडागुडी हुने गर्छ । ‘स्वास्थ्यलाई राम्रो गर्ने भएकाले म फलफूल पनि उत्तिकै लिन्छु, विनिताले भनिन्– ‘खानेकुराप्रति केही कन्सियस त हुनै पर्यो नि ।’
बेलुका ८ बजेविनिताको लागि यो समय डिनरको समय हो । ८ बजे उनको भान्छामा डिनर तयार हुन्छ । डिनरमा साधारण खाना नै खाने गर्छिन् उनी । डिनर सकिएपछि केही समय टिभी हेर्न र पढ्नमा बिताउँछिन् । ‘भोलिपल्ट बिहानै ट्रेनिङ जानुपर्ने भएकाले हिजोआज म १० बजे नै
सुतिहाल्छु –उनले भनिन् ।
आफ्नै नजरमा
स्पोर्टसबाहेक मलाई संगीत अत्यन्तै मन पर्छ । कहिलेकाहीँ राम्रो मुभी हलमा लागेको छ भने हेरी पनि हालिन्छ । मलाई मन पर्ने अर्को क्षेत्र बैंकिङ हो । एस डेभलपमेन्ट बैंकमा लगभग डेड वर्ष जति काम पनि गरें, पछि फुर्सद नपाएर छोडिदिएँ ।
हरेक नेपाली सुन्दर छन् तर शारीरिक अभ्यासको कमीले आफ्नो सुन्दरतालाई भद्दा बनाइरहेका हुन्छन् । स्वस्थ रहनका लागि शारीरिक व्यायाम जरुरी हुन्छ । त्यसैले पनि खेलकुद फिट्नेसको राम्रो विकल्प हो । त्यसबाहेक जो अधिकांश समय सकारात्मक चिन्तनमा रहन्छ, उसको चेहरा हमेसा सुन्दर देखिन्छ । आजको दिन जताततै धूवाँ–धूलो र प्रदूषणले व्याप्त छ, यस्तो समयमा केही मिनेट मेडिटेसन गर्न सकेमा पनि शारीरिक तथा मानसिक तनावबाट मुक्त रहन सकिन्छ ।
नेवार परिवारको सदस्य भएकाले भोजमा धेरै जानुपर्छ । मेकअप गरेर सुन्दर बन्न मन त लाग्छ तर स्कीन निकै सेन्सेटिभ भएकाले सनस्क्रिन, गाजल र हल्का लिपस्टिकबाहेक अन्य मेकअप प्रायः कमै प्रयोग गर्छु । मेकअप सामग्रीमा लेटेस्ट ब्रान्ड मलाई मन पर्छ । म सधैँ सन्सिल्क सेम्पो नै प्रयोग गर्छु । खेलकुदमा प्रायः शारीरिक अभ्यास नै बढी हुने भएकाले पसिना धेरै आउँछ । त्यसैले पानी अत्यन्तै पिउनु जरुरी हुन्छ । म पनि पानी धेरै पिउँछु || स्रोत :: साधना बाट सम्भार गरियको |
You can subscribe by e-mail to receive news updates and breaking stories.