हामीले प्रयोग गर्ने केहि खानेकुरामा औषधीय गुण के के पाइन्छ !!

Posted by Sura Health on |







                  खाद्य पदार्थ केवल हाम्रो पेट भर्नका लागि वा शक्ति प्रदान गर्नका लागि मात्र उपयोगी हुँदैनन् यिनीहरुमा औषधीय गुण पनि हुन्छ । 


हामीले दैनिक रुपमा प्रयोग गर्ने विभिन्न खाद्य पदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमा हामीलाई पत्तो नहुन पनि सक्छ ।

हामीले भोक शान्त पार्न वा स्वादका लागि मात्र यस्ता परिकार खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले हाम्रो शरिर भित्र पुगेपछि प्राकृतिक औषधिको काम गरिरहेका हुन्छन् । औषधीय गुण भएका केहि खाद्य परिकार यस प्रकार छन् :

अदुवा : अदुवालाई सर्दी वा चिसो भगाउने औषधि नै मानिन्छ । सुख्खा खोकी लागेमा, सरीरमा चिसो घुसेमा अदुवा पोलेर मुखमा राखेर विस्तारै चपाउने वा अदुवा राखेको पिरो पिरो चिया पिउनु लाभदायक मानिन्छ ।

खुर्सानी : खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले सरीरमा दुखाइ कम गर्छ । खुर्सानी सेवन गर्नाले दुखाइ अनुभुति गराउने रसायनको उत्सर्जन रोकिदिन्छ, जसका कारण दुखाइ कम हुन्छ ।

तिते करेला : तिते करेला मधुमेहका रोगीलाई निकै लाभदायक मानिन्छ । मधुमेहका रोगीले दिनहुँ तिते करेलाको तरकारी खाएमा सरीरमा इन्सुलिनको मात्रा सन्तुलित हुन्छ ।

मह : महलाई सर्वोषधि वा सबै रोगको औषधि भनिन्छ । महको सेवनबाट सरीरका आन्तरिक रोगलाई निको पार्न सघाउ पुग्ने छ छँदैछ काटेको घाउमा मह दल्नाले पनि घाउ पाक्न पाउँदैन र छिटो निको हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips