You are here: Home /
Health Tips / महिलाहरुमा बढी देखिने छालाको एलर्जी !!

बालुवाटारकी अनिता मिश्रको एक्कासि घाँटी चिलाउन थाल्यो र बिस्तारै खस्रो हुँदै आयो । गर्मीलेे भएको होला भन्ने सोचेर उनले चिसो पानी छ्याप-छ्याप पारिन् तर केही कम भएन । झन्-झन् चिलाउन थालेपछि महाराजगन्जस्थित शिक्षण अस्पतालमा जँचाउन पुगिन् । ३५ वषीया मिश्रलाई डाक्टरले घाँटीमा लगाउने गहनाको बारेमा सोधे । उनले नक्कली गहना लगाउने गरेको बताएपछि डाक्टरले सोही गहनाको एलर्जी (Allergy) भएको हुन सक्ने अनुमान गरे । वर्षौंदेखि लगाइआएको गहनाले अहिले आएर एलर्जी हुन्छ भन्ने अनितालाई लागेको थिएन तर एलर्जी टेस्ट गराउँदा त्यही प्रमाणित भयो । त्यस्तै गत जेठ महिनामा बत्तीसपुतलीकी रेश्माको ओठवरिपरि एक्कासि सुक्खापन देखिन थाल्यो । बागबजारस्थित पद्मकन्या क्याम्पसमा अध्ययनरत उनलाई साथीहरुले पानीको कमीले गर्दा यस्तो भएको बताएपछि नियमित रुपमा पानी पिउने गरिन् तर पनि कम भएन । बिस्तारै माथिल्लो ओठबाट बढ्दै माथि नाकतिरको भागमा र्सन थाल्यो । त्यसपछि उनले आफूले प्रयोग गरिरहेको लिपकेयरको कारणबाट हो कि भनेर अर्को लिपकेयर प्रयोग गर्न थालिन् ।करिव १०/१५ दिनपछि त्यसबाट पनि सोही समस्या दोहोरिन थाल्यो । लिपकेयरहरु धेरै परिवर्तन गरे पनि उनलाई यस्तो समस्याले सताउन छोडेन । अन्त्यमा डाक्टरको सल्लाहमा औषधि प्रयोग गरी एलर्जी टेस्ट गराइन् । सबै प्रकारका लिपकेयरले एलर्जी हुन सक्ने देखिएपछि डाक्टरको सल्लाहमा लिपकेयरकै प्रयोग गर्न बन्द गरिन् । अहिले पनि कहिलेकाहीँ केही समस्या आएर सताउने गर्दछ उनलाई । वरिष्ठ चर्मरोग तथा एलर्जी विषेशज्ञ डा. अनिलकुमार झा भन्नुहुन्छ- ँएलर्जी वस्तुको खराबीले आउने होइन बरु छालाले वस्तुप्रति देखाउने प्रतिक्रियाबाट हुन्छ, तर वस्तुले इरिटेसन पैदा गराउँछ ।’ उहाँका अनुसार इरिटेसन र एलर्जी दुइ फरक कुरा हुन् । ँधेरै कस्मेटिक्स वस्तुको प्रयोगले पनि उस्तै प्रतिक्रिया देखाइरहेमा ती कस्मेटिक्स सामग्री प्रयोग नै नगर्नु सबैभन्दा सुरक्षित उपाय हो’, अर्का वरिष्ठ छालारोग तथा एलर्जी विशेषज्ञ डा. अनिलकुमार दास भन्नुहुन्छ । के हो छालाको एलर्जी ?एलर्जी एक असामान्य प्रतिक्रिया (Abnormal Reaction) हो, जुन छालामा देखिने गर्दछ । डा. झाका अनुसार नेपालीमा यसलाई ँउकवतँ भन्ने गरिन्छ तर पनि व्यावहारिक रुपमा यसलाई अंग्रेजी नामबाटै चिनिने गरिन्छ । शरीरभित्र कुनै पनि बाहिरी तत्त्वको प्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्ति (Antibody) ले प्रतिक्रिया देखाउने गर्दछ । अज्ञानता तथा यसप्रतिको विस्तृत जानकारीको कमीले एलर्जी भन्नेबित्तिकै सरुवा रोग, साथै फोहोरको कारणले उत्पन्न भएको रोग भन्ने गलत धारणा समाजमा रहेको पाइन्छ । डा. अनिलकुमार झा भन्नुहुन्छ- ँएलर्जीलाई सरुवा रोग भन्न मिल्दैन । कुनै पनि एलर्जी र्सर्ने हुँदैन, न त यसमा कीटाणु नै हुन्छ ।’ डा. अनिलकुमार दास पनि डा. झाको कुरामा सहमति जनाउँदै भन्नुहुन्छ- ँकहिलेकाहीँ एलर्जीसँगै अन्य इन्फेक्सनहरु मिसिएर प्रतिक्रिया देखाउन सक्छ । त्यसका लागि एलर्जी पीडितले नै सबैभन्दा बढी र्सतर्कता अपनाउनर्ुपर्छ ।’ हेलचेक्रयाइँ भएमा जटिल समस्या पनि बन्न सक्ने डा. दासको कथन छ । वरिष्ठ छालारोग तथा एलर्जी विशेषज्ञ डा. महेश शाहका अनुसार सामान्य मानिसलाई असर नगर्ने दैनिक प्रयोग भइरहेका वस्तुहरु पनि एलर्जी भएकाहरुका लागि खतरनाक हुन सक्छन् । उहाँ भन्नुहुन्छ- कसलाई, कति बेला, केको एलर्जी देखा पर्दछ - त्यो थाहा नै हुँदैन ।’ सामान्य अर्थमा एलर्जी एक असंक्रमित ९ल्यल ष्लाबअतष्यल० रोग हो । अन्य रोग शरीरमा लागेपछि लामो समयपछि मात्रै त्यसको असर देखिन्छ भने एलर्जी तुरुन्तै प्रतिक्रिया ९ज्थउभच Immगलभ च्भबअतष्यल० देखाउने रोग भएको डा. शाह बताउनुहुन्छ । थरी-थरीका छालाको एलर्जी सामान्य बुझाइमा शरीरको बाहिरी छाला चिलाउनु, डाबर हुनुलाई मात्र एलर्जी भन्ने गरिन्छ । तर यस्ता खालको लक्षण मात्र एलर्जी नभएर भित्री र बाहिरी दुइ रुपमा एलर्जी हुने बताउनुहुन्छ डा. अनिलकुमार दास । बाहिरी कारणबाट जे-जति एलर्जीका समस्या देखा पर्छन् ती सबै एलर्जीलाई कन्ट्राक्ट एलर्जी भनिन्छ । यो एलर्जीमा एलर्जी कन्ट्राक्ट र इरिटेट कन्ट्राक्ट गरी दुइ किसिमका एलर्जी पर्दछन् । छालामा देखिने एलर्जी कन्ट्राक्ट र इरिटेट कन्ट्राक्ट लगभग उस्तै-उस्तै देखिए पनि दुइ फरक प्रकारका एलर्जी हुन् । एलर्जी कन्ट्राक्टभन्दा इरिटेट कन्ट्राक्टले छिटो प्रतिक्रिया देखाउने गर्दछ । कुनै पनि कीराले शरीरको कुनै पनि अ·मा बिस्ट्याउँदा होस् या नक्कली गहनाको प्रयोगबाट भएको एलर्जी होस्, छालाले छिटो प्रतिक्रिया देखाउने गर्दछ । त्यति मात्र नभएर बोट-बिरुवा छोएर हुने एलर्जी पनि इरिटेट एलर्जीभित्र नै पर्छ । यस्ता वस्तुबाट हुने एलर्जी छिटो प्रतिक्रिया (Fast Process) मा हुने गर्दछ । घामको कारणबाट, कस्मेटिक्स सामग्रीको प्रयोगबाट, विभिन्न प्रकारका खानेकुराको कारण हुने एलर्जी एलर्जी कन्ट्राक्टभित्र पर्छन् । आज घाममा निस्किँदा त्यही समयमा मात्रै घामको एलर्जी हुन्छ भन्न सकिँदैन, त्यसको असर केही समयपछि पनि देखा पर्न सक्छ भन्नुहुन्छ डा. अनिलकुमार झा । त्यति मात्र होइन, वर्षौवर्षेखि खाइरहेको खानेकुराले जुनसुकै समयमा प्रतिक्रिया देखाउन सक्छ । कसैलाई अण्डा, केक, पाउरोटीजस्ता खानेकुराले एलर्जी हुने गर्छ भने कसैलाई माछा, मासु, दाल आदि कारणले एलर्जी हुने गर्छ । यी सबै बाहिरी कारणले देखा पर्ने एलर्जीहरु हुन् । ँसमय परिवर्तनसँगै विभिन्न रोगहरु दिनानुदिन देखिने क्रम जारी छ । यसकारण एलर्जी पनि बढ्दो छ’, डा. अनिलकुमार दास भन्नुहुन्छ । उहाँको भनाइअनुसार परिवारिक इतिहास अथवा आफूसँग भएका भित्री रोग जस्तै- दम, रुघा खोकी आदिको कारणबाट बाहिरी छालामा समेत एलर्जी देखा पर्ने गर्छ । खोकीको समस्या भएको अवस्थामा छातीमा स-साना बिमिरा (Papuls) आउने, चिलाउनेजस्तो एलर्जीको समस्या देखा पर्ने गर्छ । यो भित्री कारणबाट हुने एलर्जी हो । के-के कारणले हुन्छ एलर्जी ?शरीरमा भएको रोग-प्रतिरोधात्मक क्षमता असामान्य भएर एलर्जी हुने गर्दछ र यो जुनसुकै कारणबाट पनि हुन सक्छ । प्रायजसो दैनिक रुपमा प्रयोग भइरहने सामान्य वस्तुहरुबाट एलर्जी हुने गरेको पाइन्छ । घाम, पानी, नक्कली गहना, निकेलजस्ता धातुहरुको कारणले पनि दिनानुदिन एलर्जी बढ्दो रुपमा रहेको पाइन्छ । डा. अनिलकुमार दास धूलोका कणहरु, कार्पेट, कटन कपडाहरुको प्रयोगले, चिसो, तातो यी सबै कारणले एलर्जी हुन सक्ने र शरीरलाई क्षति नगर्ने वस्तुले पनि एलर्जी हुन सक्ने बताउनुहुन्छ । उहाँका अनुसार बोट-बिरुवामा भएका कतिपय रसायनहरु संवेदनशील छालासँग सर्म्पर्क भएमा -छोएमा) शरीरले सहन सक्दैन । त्यस कारणले पनि एलर्जी हुन्छ । गर्मी मौसममा धेरैजस्तो घामको साथसाथै कपडाको कारणले पनि एलर्जी हुने गर्दछ । डा. दासका अनुसार सुतीको कपडाको तुलनामा ऊनीको कपडाले छालालाई संवेदनशील (Sensitive) बनाउने गर्दछ । सवेदनशील छालामा विभिन्न प्रकारका एलर्जीहरु देखा पर्छन् । यसको कारणले दिनानुदिन एलर्जीका रोगीहरुको संख्या बढ्दो क्रममा रहेको छ । बढ्दो सहरीकरण र औद्योगिक विकासका कारण उत्पन्न धूवाँ, धुलोका साथै कृत्रिम सामग्रीहरुको बढ्दो प्रयोग र प्राकृतिक वस्तुहरुको कम प्रयोग गर्ने परिपाटीले एलर्जीका बिरामीहरु दिनानुदिन बढिरहेको डा. झा बताउनुहुन्छ । डा. महेश शाहका अनुसार राम्रो बन्ने बहानामा प्रयोग हुने कृत्रिम सामग्रीहरुले गर्दा शरीरमा विभिन्न किसिमको समस्या दिनानुदिन बढिरहेको छ । नेपालको परिपे्रक्षमा बढी देखिने १० रोगहरुमध्ये एलर्जी पनि एक भएको विशेषज्ञ डाक्टरहरुको भनाइ छ । खतराजनक बन्न सक्छ छालाको एलर्जीसामान्यतया एलर्जी भन्नेबित्तिकै चिलाउने, डाबर आउने, पोल्ने आदि लक्षणहरु भएको रोग भन्ने बुझिन्छ । तर कतिपय अवस्थामा एलर्जी सोचेभन्दा बढी नै जटिल बन्ने गर्छ । डाक्टरहरुका अनुसार सुरुमा चिलाउने, डाबर आउने एलर्जीको समयमा रोकथाम गर्न नसकेको खण्डमा डाबरहरु पाकेर पूरै शरीरलाई नै बिगार्ने एवम् अति नै क्रोनिकसमेत बन्न सक्छ । कतिपय एलर्जीका कारण आएको पानीका फोकाहरु फुटेर पानी बगिरहने समस्या पनि आउने गरेको पाइन्छ । प्रायजसो यस्तो पानीको फोकाजस्तो भएर उठ्ने, छाला बाक्लिने समस्या कन्ट्याक्ट एलर्जी (Contract Allergy) मा देखिने गरेको पाइन्छ । डा. अनिलकुमार झा भन्नुहुन्छ- ँकतिपय एलर्जी भएका बिरामीलाई उनीहरुले रोकथामको लागि खाएका औषधिको कारणले पनि झन् एलर्जी बढाउन सक्छ ।’ उहाँका अनुसार एलर्जीका बिरामीहरु डाक्टरसँग समेत आक्रोशित हुने गर्छन् । कोही-कोहीको छाला यति संवेदनशील हुन्छ कि बाहिरी तत्त्व शरीरमा प्रवेश गर्दा सहन सक्ने प्रतिक्रिया ज्यादै न्यून हुन्छ । त्यस्तो खालको छाला भएका व्यक्तिहरुका लागि एलर्जीले बाँचुन्जेल सताउन सक्छ । विशेष गरी पातलो छाला भएका व्यक्तिहरुलाई विभिन्न किसिमका एलर्जीले सताइरहने डाक्टरहरुको भनाइ छ । त्यस्तो व्यक्तिले कुन कुराले एलर्जी छ भन्ने कुरा सुरुमा थाहा पाएर त्यस्ता वस्तुबाट टाढै रहन सके एलर्जीको खतराबाट बच्न सकिन्छ । पुरुषभन्दा महिलालाई बढी एलर्जी हुनेराम्रो बन्ने चाहना सबैमा हुन्छ । यो अस्वाभाविक कुरा होइन, तर राम्रो बन्ने चाहनामा शरीरलाई हानि पुर्याउने विभिन्न कृत्रिम कस्मेटिक्सको प्रयोगबाट पुरुषको तुलनामा महिलालाई एलर्जीले बढी सताउने गरेको पाइन्छ । शिक्षण अस्पताल महाराजगन्जका अनुसार पुरुषको तुलनामा एलर्जीको कारणले जँचाउन आउने महिलाको संख्या दुइ गुणाले बढी देखिएको छ । हुन त महिलालाई भान्छाको काम, सरसफाइ, भाँडा-कपडा धुन प्रयोग गरिने र्सपm आदिबाट पनि एलर्जी बढी हुने र विभिन्न देशबाट आयातित कस्मेटिक सामान प्रयोग गर्दा पनि क्रस रियाक्सन ९ऋचयकक चभबअतष्यल० हुने गरेको देखिन्छ । पुुरुषमा भने केमिकलहरु, सिमेन्ट, रोडा, बालुवा, दूषित पानी, हावा आदिको कारणले बढी एलर्जी हुने गरेको पाइएको छ । बच्चालाई हुने एलर्जीडाक्टरहरुका अनुसार भर्खरै जन्मिएको शिशुदेखि जुनसुकै उमेरका मानिसलाई पनि एलर्जी हुन सक्छ । विशेष गरेर ४० वर्षन्दा कम उमेरमै एलर्जी देखा परिसक्ने हुन्छ । बच्चाहरुको छाला अति नै संवेदनशील हुने हुनाले जाडो महिनामा सुख्खा खालको एलर्जी देखिने गर्छ भने गर्मी मौसममा जस्तोसुकै कपडा लगाए पनि पाछ्ने, पोल्ने खालको एलर्जी देखिने गर्छ । कीराहरुको टोकाइबाट हुने एलर्जीले त झन् पोलेर खप्नै नसक्ने गरी असह्य बनाउँछ । विभिन्न किसिमका कीराले एक ठाउँमा टोकेमा १० ठाउँमा समस्या देखिने गर्छ । उनीहरुको छाला बढी संवेदनशील हुने भएकोले कीराले टोकेको ठाउँमा पाक्नेसमेत सम्भावना रहन्छ । यस्तो एलर्जीबाट बच्न बच्चालाई गर्मीमा घामबाट जोगाउने, जाडोमा चिसोबाट जोगाउने, साथै कृत्रिम रंग र केमिकलबाट टाढै राख्न सकेमा यस्तो एलर्जी केही हदसम्म कम हुने डाक्टरहरु बताउँछन् । एलर्जीबाट बच्न सकिन्छएलर्जी आफैंमा अति नै संवेदनशील रोग हो । एक पटक एलर्जी भएको मान्छेलाई पुनः बल्भिmने सम्भावना रहन्छ । आफ्नै हेलचेक्र्याइँले गर्दा कतिपय एलर्जी पीडितहरु एलर्जीकै दर्ीघरोगी बन्न पुगेका छन् । मुख्यतया औषधिको कारणले भन्दा पनि आफूलाई एलर्जी हुने वस्तुबाट र्सतर्क रहेर केही हदसम्म यसबाट बच्न सकिन्छ । कुन कुराले आफूलाई एलर्जी भएको हो, सो कुरा पत्ता लगाई त्यस्ता बस्तुबाट समयमै टाढा रहन सके एलर्जीको खतरा न्यून गर्न सकिन्छ । नियमित सरसफाइ गर्ने, स्वस्थ खानापानबाट क्षमता बढाउनाले पनि वस्तुप्रति छालाले देखाउने प्रतिक्रिया कम हुँदै जान्छ । प्राकृतिक वातावरणसँग घुलमिल रहनाले छालालाई स्वस्थ राख्न सकिन्छ । हावाको राम्रो प्रवाह भएको ठाउँमा बस्ने, सुतीका कपडा प्रयोग गर्ने, कस्मेटिक सामानहरुको कम प्रयोग गर्ने गर्नाले केही हदसम्म एलर्जीबाट बच्न सकिने डाक्टरहरुको भनाइ छ । एलर्जी वंशाणुगत पनि हुन सक्छअन्य रोगहरुजस्तै एलर्जी पनि वंशाणुगत हुने गरेको डाक्टरहरु बताउँछन् । डाक्टरहरुका अनुसार आमाबाबुमध्ये एकमा एलर्जी छ भने उनीहरुका छोराछोरीमा २५ प्रतिशत र्सर्ने सम्भावना रहन्छ । यदि आमाबाबु दुवैमा भएमा त ठीक दोब्बर हुने सम्भावना रहन्छ । वंशाणुगत रहने एलर्जीमा भित्री एलर्जी बढी हुने गर्छ । तर अभिभावकमा जुन एलर्जी छ छोराछोरीहरुमा त्यो नभएर अरु कुनै एलर्जीले सताउन सक्ने डाक्टरहरुको भनाइ छ । कतिपय अवस्थामा कुनै पनि वस्तुलाई नछोएर परैबाट देख्दा पनि एलर्जी हुन सक्छ तर यस्तो खालको एलर्जी भएमा एलर्जी पीडितले त्यस्तो कुरामा बेवास्ता गर्नु नै सबैभन्दा राम्रो उपाय हो । डा. झा भन्नुहुन्छ- ँयदि कसैले मलाई यसको एलर्जी छ भन्ने सोचाइ पटक-पटक राख्छ भने उसलाई परैबाट सो वस्तु देख्नासाथ एलर्जी हुन सक्छ । त्यसैले आफूले बेवास्ता नगरेसम्म यसमा कुनै पनि कमी आउँदैन, बरु बढ्न सक्छ ।’ गाउँभन्दा सहरमा बढीडाक्टरहरुको भनाइअनुसार ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी एलर्जी हुने गर्दछ । बढ्दो जनसंख्याले बढेको शहरीकरण, मिसावटयुक्त खानेकुरा, दूषित पानी आदि कारणले धेरैजसो एलर्जी सहरी क्षेत्रमा हुने गरेको पाइएको छ । ग्रामीण भेगका महिलाभन्दा सहरी भेगका महिलाले कस्मेटिक्सको बढी प्रयोग गर्ने र दुइ देशबाट ल्याएका सामानको प्रयोग गर्ने भएकाले क्रस रियाक्सन ९ऋचयकक च्भबअतष्यल० भई सहरी क्षेत्रमा एलर्जी बढी देखिन्छ । यसबाहेक कार्पेटिङ, ऊनीको कपडा, हावाको राम्रो प्रवाह हुन नसक्ने कोठा, प्रदूषित वातावरण, मिसावटयुक्त खानेकुरा आदिबाट एलर्जीले विकराल रुप लिइरहेको छ ।