इलेक्ट्रो–होम्योप्याथी !!
Posted by Sura Health on |
डा. आदर्श प्रधान
ऐलोप्याथी चिकित्सा जगतबाहेक अरु चिकित्सापद्धतिबाट सफल उपचार भइरहेको कुरा धेरैलाई थाहा नहुन सक्छ । विश्वमा ऐलोप्याथी चिकित्सा–पद्धतिबाहेक १११ अरु चिकित्सापद्धतिबाट उपचार गरिन्छ । ती १११ चिकित्सा–पद्धतिमध्ये ऐलोप्याथी, आयुर्वेदिक, होम्योप्याथी, इलेक्ट्रो–होम्योप्याथी र युनानी चिकित्सापद्धतिमा औषधिको प्रयोग गरिन्छ । ऐलोप्याथी चिकित्साबाट उपचार गराउ“दा औषधिबाट साइड इफेक्ट हुने र पूर्ण रुपमा रोग निको नहुने हु“दा स्वास्थ्यप्रति ख्याल राख्ने व्यक्तिहरुले अन्य चिकित्सापद्धतिबाट उपचार गराउ“छन् । अन्य चिकित्सापद्धतिमध्ये अहिले विश्वमै इलेक्ट्रो–होम्योप्याथीबाट सफल उपचार भइरहेको पाइएको छ ।
इ.सं. १८६५ मा इटली निवासी डा. काउन्ट सिजर मैटीले वनस्पति जगतमा विद्यमान आदि शक्तिको प्रयोगबाट रोग निवारणको सिद्धान्तलाई प्रतिपादन गरी इलेक्ट्रो–होम्योप्याथी चिकित्सापद्धतिको आविस्कार गरेको हो । झट्ट सुन्दा इलेक्ट्रो–होम्योप्याथी भन्नाले इलेक्ट्री यानेकि बिजुलीबाट उपचार गर्ने पद्धति होला भन्ठान्दछन् । यहाँ इलेक्ट्रो भन्नाले गतिमान हुनु र होम्यो भन्नाले सम्पूर्ण शारीरिक अङ्गहरुको कार्य, रस र रगतलाई सामान्य अवस्थामा राख्नु हो । प्रत्येक चिकित्सापद्धतिको आफ्नै किसिमको सिद्धान्त हुन्छ । अन्य चिकित्सापद्धतिमा रोगको लक्षणका आधारमा औषधि दिइन्छ । इलेक्ट्रो–होम्योप्याथी चिकित्सामा रोगीको प्रकृति हेरेर रस र रगतलाई शुद्ध पार्ने औषधि दिइन्छ । कुनै पनि व्यक्तिको शरीरभित्र रस र रगत शुद्ध हुन्छ भने उक्त व्यक्तिको शरीरका अङ्गहरुको कार्यक्षमता बढ्दछ र व्यक्ति सधैँ स्वस्थ हुन्छ ।
इलेक्ट्रो–होम्योप्याथी चिकित्सापद्धतिमा ११४ वटा वनस्पतिहरुबाट कोहोवेसन विधिद्वारा रस निकाली ६० वटा औषधिहरु बनाइएको छ । तीमध्ये ३८ वटा मुख्य औषधि र २२ वटा मिश्रित औषधि बनाइएको छ । मुख्य औषधिहरुमा गोलीका रुपमा ६ प्रकारको बनाइएको छ । यी ६० वटा औषधिहरुबाट शरीरका सम्पूर्ण अङ्गहरु, लसिका प्रणाली, रस र रगतलाई शुद्ध पार्दछ । यस औषधिले बिरामीलाई कुनै पनि साइड इफेक्ट नपार्ने, तर ऐलोप्याथी औषधिले जस्तै छिटो बिरामीलाई निको पार्दछ । यस औषधिले रोगलाई नियन्त्रण गर्ने होइन, शरीरको रस र रगतलाई शुद्ध पारी रोगलाई सधैँका लागि निको पार्दछ । ऐलोप्याथी औषधिको तुलनामा इलेक्ट्रो–होम्योप्याथी औषधि अत्यन्त सस्तो हुन्छ, जुन कहिल्यै डेट एक्स्पायर हुँदैन ।
नेपालमा इलेक्ट्रो–होम्योप्याथी नौलो लागेता पनि वि.सं. २०४७ देखि नै यस पद्धतिबाट उपचार हु“दै आएको थियो । हाल नेपालमा धमाधम इलेक्ट्रो–होम्योप्याथीे चिकित्साका क्लिनिकहरु खुल्न थालेका छन् । यस चिकित्सापद्धतिको अध्ययनका लागि एस.एल.सी. गरिसकेर पा“च वर्षसम्म अध्ययन गरिसकेपछि चिकित्सक बन्न सकिन्छ । छिमेकी राष्ट्र भारतमा इलेक्ट्रो–होम्योप्याथीे चिकित्साका अस्पतालहरु प्रशस्त खुलेका छन्, जसमा क्यान्सरजस्तो असाध्य रोगको बिनाअपरेसन सफल उपचार भइरहेको छ ।
इलेक्ट्रो–होम्योप्याथी चिकित्सापद्धतिमा ११४ वटा वनस्पतिलाई प्रयोग गरी औषधि तयार गरिन्छ । “अल नेपाल इ.एच. मेडिकल एसोसिएसन” द्वारा सञ्चालित “इ.एच. ल्याबरोटरी रिर्सच एण्ड डेभलपमेन्ट सेन्टर”, हेटौँडाको प्रयासबाट हाल ६१ वटा स्वदेशी वनस्पति नेपालमा पत्ता लगाइएको छ । यस संस्थामा आबद्ध वैज्ञानिक तथा वरिष्ठ चिकित्सकविद् डा. बी.बी. उप्रेतीका अनुसार नपुग ५३ वटा वनस्पतिहरुमा ३५ वटा वनस्पतिहरुको विकल्पमा अर्काे वनस्पति पत्ता लागिसकेको र बा“की १८ वटा वनस्पतिहरुको खोजी कार्य जारी रहेको छ । इलेक्ट्रो–होम्योप्याथीमा प्रयोग हुने सम्पूर्ण वनस्पतिहरु नेपालमा पाइयो भने नेपाल यस चिकित्सा क्षेत्रमा आत्मनिर्भर हुनुका साथै विश्वभर यस औषधिको निर्यातकर्ता पनि बन्न सक्नेछ । अतः यस्तो महान् चिकित्सापद्धतिको विकास हुनसके सम्पूर्ण नेपालीहरु स्वस्थ हुनुका साथै समुन्नत हुन सक्नेछन् । यस चिकित्सापद्धतिका बारेमा सम्बन्धित निकायले चासो राख्नुपर्ने देखिन्छ ।
ऐलोप्याथी चिकित्सा जगतबाहेक अरु चिकित्सापद्धतिबाट सफल उपचार भइरहेको कुरा धेरैलाई थाहा नहुन सक्छ । विश्वमा ऐलोप्याथी चिकित्सा–पद्धतिबाहेक १११ अरु चिकित्सापद्धतिबाट उपचार गरिन्छ । ती १११ चिकित्सा–पद्धतिमध्ये ऐलोप्याथी, आयुर्वेदिक, होम्योप्याथी, इलेक्ट्रो–होम्योप्याथी र युनानी चिकित्सापद्धतिमा औषधिको प्रयोग गरिन्छ । ऐलोप्याथी चिकित्साबाट उपचार गराउ“दा औषधिबाट साइड इफेक्ट हुने र पूर्ण रुपमा रोग निको नहुने हु“दा स्वास्थ्यप्रति ख्याल राख्ने व्यक्तिहरुले अन्य चिकित्सापद्धतिबाट उपचार गराउ“छन् । अन्य चिकित्सापद्धतिमध्ये अहिले विश्वमै इलेक्ट्रो–होम्योप्याथीबाट सफल उपचार भइरहेको पाइएको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.