कुमारीत्व के हो !!
Posted by Sura Health on |
महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन।
कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन।
You can subscribe by e-mail to receive news updates and breaking stories.