औषधिको प्रयोग विना दिमाग तिक्ष्ण वनाउने तरिका के के छ ?

Posted by Sura Health on |







मानिस जहिले पनि आफुलाई अरुको सामुन्ने आकर्षक व्यक्तित्वको रुपमा राख्न चाहन्छ । यसको लागि मानसिक स्वास्थ्य स्वस्थ मानसिकता र चम्किलो अनुहारमा ध्यान पु¥याउनु आवश्यक हुन्छ । यो वैज्ञानिकको सत्यताबाट प्रमाणित भैसकेको छ की क्रियाशील दिमाग र इमान्दारिता एवं चम्किलो अनुहार जस्ता प्रतिभाको कारण कुनै पनि मानिस समाजको अगाडि स्थापित भएर रहन सक्छ । जसमा इमान्दारिता र सदैब क्रियाशील दिमाग रहन्छ उनीहरुले साथीहरु पनि धेरै बनाउन सक्छन् । यस्तो हुनु मानिसमा रहेको विलक्षण प्रतिभाको कारण नै हो । तिखो एवं तिक्ष्ण वुद्धिका मानिसहरु सदैव अरुमा सामुन्ने आकर्षक विन्दुका रुपमा रहन सफल हुन्छन किन भने इमान्दारिता आफैमा एउटा आकर्षक गुण हो । त्यसको साथै आफुसँग भएको तिक्ष्ण दिमागले आफनो जीवनको दौडमा सदैव अगाडि पु¥याउन ठूलो मद्दत पु¥याई रहेको हुन्छ । प्रकृतिले सवै मानिसहरुलाई दिमागी तिक्ष्णता दिएको हुन्छ । तर सबै मानिसहरु उही प्रकृति र मेधावी प्रतिभा भने वन्न सक्दैनन् । त्यस कारण सवै मानिसहरु आफुलाई तिक्ष्ण दिमागको रुपमा प्रस्तुत गर्न डाक्टरी औषधिको सेवन गरेको पाइन्छ तर वास्तवमा यो त्यति प्रभावकारी तरिका भने होइन । वुद्धिमान दिमाग सधै विलक्षण एवं तिक्ष्ण राख्नका लागि डाक्टरी औषधिको प्रयोग विना नै वैज्ञानिक तरिकाहरुको वर्णन यसमा गरिएको छ । सर्व प्रथम तपाईले आफनो दिमागलाई तिक्ष्ण वनाउनु भन्नाले चुनौती पूर्ण कार्य भनेर भन्न सकिन्छ । यसलाई चुनौती दिनका लागि सधै चेस, पजल्स त्यसै गरी बुद्धिचाल जस्तो दिमागी खेल खेल्नु आश्यक हुन्छ । यी खेलहरु केवल मनोरञ्जनको लागि मात्र नभएर दिमागलाई तिक्ष्ण वनाउनका लागि वनाईएको हो । तिक्ष्ण दिमागको लागि शारीरिक अभ्यास एउटा उत्तम उपाय हो । शारीरिक अभ्यासले हाम्रो शरीर र दिमाग लगायत विभिन्न भागहरुमा रगतको प्रवाहमा तिव्रता ल्याउने काम गर्दछ । वैज्ञानिकहरुको भनाई अनुसार शारीरिक अभ्यासको कमीमा दिमागको क्षमतामा पनि ह्रास आउने हुनाले यसो हुन नदिनका निमित्त सामान्यतया दिनको ३० मिनेट जति कुनै पनि शारीरिक अभ्यास गर्नाले शारीरिक तथा मानसिक क्षमतामा वृद्धि हुन्छ । त्यसै गरी तिक्ष्ण दिमागका लागि हामीमा भएका शव्द भण्डारहरुमा दैनिक रुपमा नयाँ नयाँ शव्दको अर्थ पत्ता लगाई शव्द भण्डारको वृद्धि गर्दै लैजानु पर्दछ । वैज्ञानिकहरुको भनाई अनुसार शव्दको भण्डारले हाम्रो दिमाग जहिले पनि क्रियाशील हुन मद्दत पुग्दछ । हामी कही कतै हिडिरहेको समय वा चुपचाप वसिरहेको समयमा हामीले हाम्रो वरीपरीका वातावरणको अध्ययन गर्नु पर्दछ । यसरी वरीपरीको वातावरणको अवलोकन गरी सधै भरि दिमागलाई क्रियाशील वनाउनु आवश्यक छ । एउटा स्वथ्य दिमागको लागि दैनिक रुपमा हामीले पिउन योग्य पानी प्रसस्त मात्रामा पिउनु पर्छ किन भने हाम्रो दिमागको सम्पूर्ण भागमध्ये ८५ प्रतिशत भाग पानीले भरिएको हुन्छ । मानिसले दैनिक कार्यव्यस्तताको क्रममा विभिन्न किसिमका हरहिसावहरु गर्नु पर्ने हुन्छ । आजकल प्रविधिको विकास क्रमले प्रत्येक मोवाइलमा क्याल्कुलेटर हुनाले सानो तिनो हिसाव पनि यसकै माध्यमले गर्ने वानी वसिसकेको छ । तर वास्तवमा यो दिमागलाई तिक्ष्ण वनाउने तरिका भने हैन । त्यस कारण विद्युतीय माध्यममा पूर्ण भर नपरी दिमागवाट नै क्याल्कुलेशन वा हिसाव गर्ने हो भने हाम्रो दिमाग सदैव क्रियाशील एवं तिक्ष्ण भइ रहन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips