फोक्सोमा मटर उमार्ने मान्छे !

Posted by Sura Health on |







अमेरिकाका म्यासाचुसेट राज्यका निवासी रन स्वीडन आफूलाई फोक्सोको क्यान्सर भएको भन्दै अस्पताल धाइरहेका थिए तर त्यतिबेला अचम्ममा  परे जब डाक्टरहरुले उनलाई क्यान्सर नभई उनको फोक्सोभित्र मटरको विरुवा उम्रिन  थालेको कुरा बतायो ।



  कुरा के रहेछ भने रनलाई मटर ज्यादै मनपर्ने तरकारी थियो । उनी त्यसलाई काँचै पनि खाने गर्दथे । एक पटक उनले खाँदै गर्दा मटरको दाना पेटको आन्द्रा वा आमाशयतिर जानुपर्नेमा  फोक्सोतिर गयो  ।  -शायद उनले मटर खाँदै गर्दा सर्किएर  पेटतिर नगएर  सास तान्दा फोक्सोतिर गयो  अनि मटर फोक्सोमा पुगेको केही दिनमा नै उम्रिन थालिहाल्यो ।

रन केही महिनासम्म फोक्सो दुख्ने  पीडाले छटपटिइरहेका थिए।  उनलाई लाग्यो, शायद क्यान्सर भयो होला । एक पटक खोक्दाखोक्दै मूर्च्छा नै पर्ने स्थिति भएपछि उनकी श्रीमतीले रनलाई अस्पताल लिएर गइन् ।

क्यान्सर जाँच गर्नुअघि उनलाई डाक्टरहरुले एक्सरे गर्न सुझाव दिए । त्यतिबेला थाहा भयो, वास्तवमा उनको फोक्सोमा क्यान्सर होइन बरु मटरको बिरुवा अङ्कुराउन थालेको     रहेछ ।

उनको फोक्सोमा उभ्रिएको मटर आधा इन्च बढिसकेको डाक्टरहरुले बताएका छन् । यदि समयमै उनले नजँचाएको भए मटरको यो अँकुराएको बिऊ बोट नै बन्न बेर थिएन । अहिले रन के कुरामा निश्चिन्त छन् भने कम्तीमा उनलाई क्यान्सर  भएको  रहेनछ !

रनको अपरेशन हालै भएको र फोक्सोबाट उम्रिएको बिरुवा निकालिएको छ ।

उनको अपरेशनलगत्तै होश आएपछि अस्पतालमा खानाको रुपमा उमालिएको मटरको सुप थियो । सुप हेर्दै  अमेरिकाको बोस्टनी निवासी रनले भने- "खाना देखेर शुरुमा मलाई खुबै हाँस उठ्यो तर खान डर चाहिँ लागेन ।"अहिले उनी घरमा आराम गरिरहेका छन् भने पत्नी न्यान्सीले श्रीमान रनको   खुब सेवा गरिरहेकी छिन् । रनका साथीहरुले उनको स्वास्थ्यलाभका विभिन्न चिठ्ठी र ठट्टा गर्न मटरको बिऊ तथा डिब्बामा बनाइएका मटरका विभिन्न परिकारहरु पठाइरहेका छन् ।

न्यान्सीले भनिन्- "यो घटनाले एउटा शिक्षा चाहिँ दिएको छ- खाना खादा  मज्जाले  चपाएर खानुपर्ने सन्देश दिएको छ। 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips