You are here: Home /
Health video / लामखुट्टेले यसरी चुस्छ रगत (भिडियो सहित)

अहिले लामखुट्टेको मौसम छ । लामखुट्टेले टोकेर हैरानै पार्छ । लामखुट्टेले हाम्रो सरीरबाट रगत चुस्छ । यो हामीलाई थाहा भएकै कुरा हो । लामखुट्टेले यसरी रगत मात्र चुस्दैन औलो लगायत रोगका जिवाणु पनि र्सार्छ । लामखुट्टे सानो जिव भएकाले यसरी कसरी रगत चुस्छ भन्ने हामीले हाम्रो आखाले ठम्याउन सक्दैनौँ । तर फ्रान्सका एक वैज्ञानिकले लामखुट्टेले रगत चुसेको बेलाको भिडियो खिचेका छन् । यो उच्च रिजोलुसन युक्त भिडियोबाट लामखुट्टेले कसरी रगत चुस्दोरहेछ भन्ने कुरा प्रष्टै देखिन्छ । सुक्ष्म दर्शक यन्त्रको सहायताले खिचिएको उक्त भिडियोमा लामखुट्टेल कसरी आफ्नो सुँड गाड्छ र रगत तान्छ भन्ने कुरा देख्न सकिन्छ ।
पास्चर इन्स्िटच्युटका वैज्ञानिकले खिचेको भिडियोमा लामखुट्टेको मुख निकै लचकदार हुने र त्यो मज्जाले मोड्न सक्ने कुराको खुलासा समेत भएको छ । अचेत पारिएको मुसामा लामखुट्टेलाई टोकाएर उक्त भिडियो खिचिएको हो । लामखुट्टेले मानिसलाई टोक्ने र रगत चुस्ने प्रक्रिया पनि ठीक उस्तै हो । भिडियो हेर्न यहाँ किल्क गर्नुस ::::