परीक्षामा पढेको कुरा सम्झिने उपाय !!

Posted by Sura Health on |







  पढ्नुपर्ने कुरा निकै धेरै, परीक्षाहलभित्र छिरेपछिको वातावरण तथा छोटो समयमा धेरै कुरा लेख्नुपर्ने कारणले गर्दा पढेको वा जानेको कुरा समेत परीक्षा हल भित्र छिरेपछि भुसुक्कै बिर्सने वा लेख्न नसक्ने समस्या धेरैको हुन्छ।
चाहे जुनसुकै उमेरका विद्यार्थी किन नहोउन् यो समस्या देखिएकै हुन्छ । यहीँ भुल्ने बानीले होला परीक्षामा शत प्रतिशत नतिजा आउँदैन । स्मरण शक्ति बढाउने भन्दै मानिसले विभिन्न खाले उपाय अपनाउँछन् र विभिन्न खालका औषधि खान पनि पछि पर्दैनन् । तर यस्ता औषधि उतिसारो कामयावी हुन सक्दैनन् ।
परीक्षाहलमा छिरेपछि पढेको कुरा बिर्सिने वा लेख्न नसक्ने समस्या हटाउन योगाको सहारा लिनु उपयुक्त हुने योग विशेषज्ञहरुको भनाइ छ । विधि – पैताला जोडेर सिधा उभिनुहोस् । एक हातलाई सिधा अगाडि लग्नुहोस् भने अर्कोलाई सिधा तल झार्नुहोस् । त्यसपछि सबै ध्यान मस्तिष्कमा केन्द्रित गर्नुहोस् । दश पटक लामो सास लिनुहोस् । र छाड्नुहोस् ।
माथिपट्टि हेर्नुहोस् र शरीर सिथिल पार्नुहोस् । यो प्रक्रिया केहीबेर दोहोराउनुहोस् । दैनिक यस्तो योगा गर्दा स्मरण शक्ति बढ्छ । मन शान्त हुन्छ । आँखाको व्यायाम पनि हुन्छ र मस्तिष्कको शक्तिको विकाश हुन्छ । साथै टाउको दुख्ने समस्या कम हुनुका साथै आँखाको दृश्य क्षमता पनि बढ्छ । एजेन्सी

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips