You are here: Home /
Health Tips / व्रत बस्नुस तर खाली पेट होईन !!
हिन्दु संस्कृतिमा व्रत बस्ने परम्परा सर्यौ वर्ष देखि चलिआएको छ । हाम्रो समाजमा महिलाहरु पुरुष भन्दा निकैबढी व्रत बस्ने गर्छन । भगवानको नाममा दिनभर रातभर निराहार रहेर जाग्राम बस्ने महिलाहरुमा व्रतबाट हुने फाईदा भन्दा अनेपेक्षिँत रोगहरु आई लागेको पनि पाईएको छ । व्रत बस्ने महिलाहरुमा ग्यास्टिक जस्ता रोगहरु निस्केको देखिएको छ । हप्तामा एक छाक निराहर बस्नु स्वास्थ्यका निम्ति फाईदाजनक मानिएको छ । महिलाहरु शिव, बिष्णु या कुनैनकुनै भगवानको नाममा आईतवारीसोमवारी शुक्रवारी यस्तै कुनै न कुनै वार व्रत बस्ने गर्छन । तर भोको पेटमा व्रत बस्नाले हुने फाईदा र बेफाईदा बुझेरमात्र व्रत बस्नु राम्रो हुन्छ । व्रत बस्नेको शारीरिक स्वास्थ्य स्थितिका बारेमा जानेर बुझेरमात्र कति कसरी व्रत बस्ने भनि जान्नु आवश्यक हुन्छ ।
डाक्टरहरुकोपनि भनाई छकि व्रत बस्नाले धेरै रोगहरुलाई फाईदा पुराउछ । व्रत बस्नाले हृदय रोग उच्च रक्तचाप चर्मरोग एक्जिमा बाथ जस्ता रोगहरुसंग लड्न असरकारी हुन्छ । व्रतले तनाव र चिन्तालाई हटाउन सहयोग गर्छ ।
वैज्ञानिकहरुले पनि शोधमा व्रत वस्नाले केहि जीन सकि्रय हुन्छन् जुन उमेर बढाउनका निम्ति क्षेतिग्रस्त कोशिकाहरुको मरम्मत गर्नमा काम आउछ । तर व्रत बस्नेमा पनि केहि नियमहरु हुन्छन ।
साधारणतया मानिसहरु व्रत वस्दा कुनै कुरा खान मान्दैनन । केहिपनि नखाएर निराहर व्रत बस्ने गर्छन् । तर आहार विशेषज्ञका अनुसार भोको पेट व्रत बस्नु स्व्ाास्थ्यका निम्ति हानिकारक हुन्छ । दिनमा खानपिनलाई सीमित गरेरपनि व्रत बस्न सकिन्छ । चिकित्सकीय भाषामा खाना खाएपछि ८ देखि १२ घण्टासम्म सजिलैसंग व्रत बस्न सकिन्छ । सामान्यतया मानिसहरु तौल घटाउन र शरीरबाट विषालु तत्व बाहिर निकाल्न व्रत बस्ने गर्छन् । डाक्टरहरुका अनुसार डायबेटिजका विरामी गर्भवती महिलाहरु एवं मृगौलाका विरामीहरुले व्रत बस्ने कुरामा सतर्क रहनु पर्छ । तर वजन घटाउनका निम्ति व्रतवस्न चाहने हो भने निम्न कुराको विचार गर्नु जरुरी छ ।
-आफ्नो डाक्टरसंग सल्लाह लिएरमात्र व्रत बस्नु पर्छ । जस्ले खानपिनका सम्वन्धमा सल्लाह दिन सक्छन् ।
-लामो समयसम्म व्रत बस्नका लागि केहि दिन पहिले देखि प्रसंस्कृत खानपिन बन्द गर्नुपर्छ ।
-व्रत कहिले शुरु गर्ने हो र कहिले सक्ने हो यस कुरामा ध्यान दिनु पर्छ ।
खालीपेट व्रत बस्नु स्वास्थ्यलाई हानिकारक हुन्छ त्यसैले फलफुल वा जुस खानुस ।
-दिनमा धेरै पानी पिउनुस ताकि शरीरमा पानीको कमी हुन नपावस ।
-व्रत तोडपछि एकैचोटी धेरैखाना नखानुस ।
-काजो सागसब्जी जस्तो गाजर गोलभेडा आदि खानुस ।
-कागती पानी जरुर पिउनुस ।
-अंगुर खानाले मुटुको धडकन सामान्य रहन्छ र यस्ले मृगौलालाई सफाई गर्ने काम गर्छ ।
-व्रतका बेला फलको रस पिउनु पर्छ यस्मा रहेको प्राकृतिक चीनीलाई उर्जा प्रदान गर्ने काम गर्छ ।