मानिसको टाउको नै प्रयारोपणको तयारी !!

Posted by Sura Health on |







                                                                                मानिसको शरीरका अंगहरु प्रयारोपण गरिएको सुन्नमा आउँछ । प्रायः मिर्गौला प्रत्यारोपण, मुटुमा भल्भ प्रत्यारोपण गरिन्छ । तर, चिकित्सा विज्ञानले अविश्वसनीय लाग्ने प्रत्यारोपण सम्भव बनाउने जमर्को गर्दैछ । हो, मानिसको टाउको नै प्रत्यारोपण गरिने तयारी भैरहेको छ । यसका लागि हेभन÷जेमिनी कोड नामबाट एक परियोजना संचालित छ । जसले दुई वर्ष भित्र स्पाइनल कोर्डसँग सम्बन्ध राख्ने गरी मानिसको टाउको प्रत्यारोपण गर्ने छ ।

गत जुनको सर्जिकल न्युरोलोजी इन्टरनेसनल जर्नलमा इटालीका स्नायुवैज्ञानिक डा. सर्गियो कानाभारोले यस परियोजनाको उद्धेश्य र कार्य प्रगति बारेमा जनाकारी दिनुभएको छ । उहाँका अनुसार मानिसको टाउको प्रत्यारोपण गर्न सय जना शल्यचिकित्सकले ३६ घण्टा समय लगाउने छन् र यसमा लगभग एक करोड २६ लाख अमेरिकी डलर लागत लाग्ने छ ।
सन् १९७० मा अमेरिकी न्युरोसर्जन रोबर्ट जोसेफ ह्वाइटले एक बाँदरको टाउको अर्को बाँदरमा प्रत्यारोपण गर्नुभएको थियो तर उहाँले आवश्यक प्रविधिको अभावमा कैयौँ स्पाइनल कोर्डको मर्मत गर्न सक्नुभएन । जसले गर्दा बाँदरलाई पक्षघात भयो र केही दिनमै मर्यो ।
तर, कानाभारोले अहिलेको प्रविधिले त्यस समस्यालाई समाधान गर्ने विश्वास लिनुभएको छ । उहाँले यसअधिको एक अनुसन्धानमा वैज्ञानिकहरुले मुसाको स्पाइनल कोर्ड पुनः जोडेको बताउनु भएको छ । उहाँका अनुसार प्रत्यारोपणको सबै पक्ष ठिकठाक भएमा स्नायु कोषहरुले न्युरोन, माँशपेसी र ग्रन्थीहरुसँग संदेश आदान प्रदान गर्नेछन् ।
आप्mनो कार्यपत्रमा कानाभारोले उल्लेख गर्नुभएको छ– यस अभियानमा सबैभन्दा ठूलो समस्या भनेको दाता र ग्रहणकर्ताको स्पाइनल कोर्डलाई पुनः सम्पर्कमा ल्याउनु नै हो, मेरो विचारमा अहिलेको प्रविधिले यसलाई सम्भव बनाउने छ ।

मानिसको टाउको प्रत्यारोपण गर्दा ग्रहणकर्ता टाउकोलाई लगभग ४५ मिनेट सम्म १२ देखि १५ डिग्री सेल्सियस तापक्रम हाइपोथर्मिया (चिसो) को अवस्थामा राखिने छ । जसलाई हेभन प्रोसेस भनिएको छ । त्यस अवधिमा कुनै पनि स्नायुतन्त्रमा क्षति नपुग्ने विश्वास गरिएको छ ।

जेमिनी प्रक्रियामा ग्रहणकर्ताको टाउकोलाई दाताको शरीरमा जोड्नु पहिले शल्यचिकित्सकले बटारिएको स्पाइनल कोर्डलाई निकै घारिलो चक्कुले काट्ने छन् । स्पाइनल कोर्डलाई कुनै क्षति नपुग्ने गरी काट्नु चुनौतीपूर्ण रहेको भनाइ कानाभारो छ । 

यति मात्र होइन माँशसपेसी तन्त्रिका र हड्डीसँग जोडिएका माँशपेसीलाई पनि कुनै क्षति नपुग्ने गरी काटिएमा मात्र स्नायु कोर्डसँग तिनीहरुको सही सम्बन्ध स्थापित गर्न सकिने छ । कानाभारोका अनुसार उल्लेखित मोटोरन्युरोनल पुलका लागि अहिले प्रभावकारी प्रविधि उपलब्ध छ । जसले स्पाइनल कोर्डमा चोट लागेको उपचार गरिन्छ ।

अर्को महत्वपूर्ण कुरा मानिसको मस्तिष्क अक्सिजन विना एक घण्टा मात्र बाँच्न सक्ने भएकाले शल्यचिकित्सकले त्यस समयवधिमा दुवै टाउकोलाई शरीरबाट छुट्याएर एकअर्काको शरीरमा पुनः जोडेर रक्तसंचार प्रणालीलाई सक्रिया पार्नु पर्ने छ ।

तर, यस विस्मयकारी प्रत्यारोपणमा नैतिक र धार्मिक पक्षबाट प्रश्न उठ्ने खतरा रहेको छ । एजेन्सी 

       

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips