कुन फल खाँदा के फाइदा !!
Posted by Sura Health on |
फलफुलको नियमित भोजन स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । यद्यपि कुन फलफूलमा कस्तो खालको गुण हुन्छ र त्यसले कस्ता फइदा पूराउँछ भन्ने कुरा सविस्तार थाहा नहुन सक्छ । यहाँ हामीले केही त्यस्ता फलफूलको बारेमा जानकारी प्रस्तुत गरेका छौँ जो हामीहरुको स्वास्थ्यको लागि निकै नै हितकारी छन्
भनाइ नै छ An apple a day keeps the doctor away अर्थात् दिनको एउटा स्याउ खाएमा डाक्टरकोमा पुग्नु पर्दैन । स्याउमा भिटामिन सीका अलवा एन्टिअक्सिडेन्ट भन्ने तत्व पनि हुन्छ । स्याउको नियमति सेवन गर्ने मानिसलाई ठूलो आन्द्राको क्यान्सर, हृदयाघात जस्ता रोगको खतरा कम हुन्छ ।
स्ट्रबेरी यस्तो फल हो जसको सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता ह्वात्तै बढाउँछ । यसमा बढि मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ र यसले क्यान्सर तथा छिटो बुढ्यौली देखिने जस्ता समस्या दूर गर्छ ।
सुन्तला पनि निकै हितकारी फल हो । हरेक दिन दुइचारवटा सुन्तला खाने मान्छेलाई सित्तिमिती चिसो तथा रुघाले छोप्दैन । साथै सुन्तलाको नियमित सेवनले सरीरमा कोलेस्टेरोलको मात्रा घटाउँछ । मृगौलामा पत्थरी भएका मानिसलाई पनि सुन्तलाको सेवनले फाइदा गर्छ र भने नियमित सुन्तला सेवन गर्दा मृगौलामा पत्थरी जम्ने खतरा कम हुन्छ । साथै सुन्तलाले आन्द्राको क्यान्सर हुने खतरा पनि घटाउँछ ।
त्यस्तै खरभुजा पनि निकै हितकारी फल हो । खरभुजा सरीरमा पानीको आवश्यकता पूर्ति गर्ने राम्रो फल हो । यसमा ९२ प्रतिशत पानी हुन्छ । यसमा पाइने ग्लुटाथियोन नामको तत्वले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । क्यान्सर सँग लड्न मद्दत गर्ने लाइकोपिन नामको एन्टी अक्सिडेन्टको मुख्य श्रोत पनि खरबुजा नै हो । यसमा भिटामिन सी तथा पोटासियम लवण पनि पाइन्छ ।
त्यस्तै मेवा र अम्बा पनि भिटामिन सी को निकै भरपर्दा श्रोत हुन् । अम्बामा प्रसस्तै फाइबर पनि पाइन्छ जसले जसले कब्जियत जस्ता समस्यालाई टाढा भगाएर पाचन प्रक्रियालाई सहज बनाउँछ । त्यस्तै मेवामा क्यारोटिन नामक तत्व हुन्छ जुन आँखाको लागि फाइदाजन हुन्छ ।
यी लगायत प्रायः सबैजसो पहेँला फलफूल भिटामिन ए प्रसस्तै पाइने फल हुन् । साथै सबैजसो फलफूलमा सरीरलाई अत्यावश्यक पौष्टिक तत्व पाइने भएकाले स्वस्थ रहनका लागि फलफूलको नियमित सेवन आवश्यक हुन्छ । तर काँचा फलफूललाई पकाउनका लागि विभिन्न हानिकारक रसायन राखेर पकाएर बजारमा ल्याइएका फलफूलले भने उल्टै सरीरलाई हानी नोक्सानी पूराउँछ । जे होस् बजारबाट किनेर ल्याइसकेपछि केही समय सफा पानीमा डुबाएर राख्ने तथा राम्रोसँग पानीले पखालेर मात्र फलफूल खाने गर्ने हो भने यसरी पकाउन राखिएका विभिन्न रसायनबाट हुने हानी कम हुन्छ
भनाइ नै छ An apple a day keeps the doctor away अर्थात् दिनको एउटा स्याउ खाएमा डाक्टरकोमा पुग्नु पर्दैन । स्याउमा भिटामिन सीका अलवा एन्टिअक्सिडेन्ट भन्ने तत्व पनि हुन्छ । स्याउको नियमति सेवन गर्ने मानिसलाई ठूलो आन्द्राको क्यान्सर, हृदयाघात जस्ता रोगको खतरा कम हुन्छ ।स्ट्रबेरी यस्तो फल हो जसको सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता ह्वात्तै बढाउँछ । यसमा बढि मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ र यसले क्यान्सर तथा छिटो बुढ्यौली देखिने जस्ता समस्या दूर गर्छ ।
सुन्तला पनि निकै हितकारी फल हो । हरेक दिन दुइचारवटा सुन्तला खाने मान्छेलाई सित्तिमिती चिसो तथा रुघाले छोप्दैन । साथै सुन्तलाको नियमित सेवनले सरीरमा कोलेस्टेरोलको मात्रा घटाउँछ । मृगौलामा पत्थरी भएका मानिसलाई पनि सुन्तलाको सेवनले फाइदा गर्छ र भने नियमित सुन्तला सेवन गर्दा मृगौलामा पत्थरी जम्ने खतरा कम हुन्छ । साथै सुन्तलाले आन्द्राको क्यान्सर हुने खतरा पनि घटाउँछ ।
त्यस्तै खरभुजा पनि निकै हितकारी फल हो । खरभुजा सरीरमा पानीको आवश्यकता पूर्ति गर्ने राम्रो फल हो । यसमा ९२ प्रतिशत पानी हुन्छ । यसमा पाइने ग्लुटाथियोन नामको तत्वले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ । क्यान्सर सँग लड्न मद्दत गर्ने लाइकोपिन नामको एन्टी अक्सिडेन्टको मुख्य श्रोत पनि खरबुजा नै हो । यसमा भिटामिन सी तथा पोटासियम लवण पनि पाइन्छ ।
त्यस्तै मेवा र अम्बा पनि भिटामिन सी को निकै भरपर्दा श्रोत हुन् । अम्बामा प्रसस्तै फाइबर पनि पाइन्छ जसले जसले कब्जियत जस्ता समस्यालाई टाढा भगाएर पाचन प्रक्रियालाई सहज बनाउँछ । त्यस्तै मेवामा क्यारोटिन नामक तत्व हुन्छ जुन आँखाको लागि फाइदाजन हुन्छ ।
यी लगायत प्रायः सबैजसो पहेँला फलफूल भिटामिन ए प्रसस्तै पाइने फल हुन् । साथै सबैजसो फलफूलमा सरीरलाई अत्यावश्यक पौष्टिक तत्व पाइने भएकाले स्वस्थ रहनका लागि फलफूलको नियमित सेवन आवश्यक हुन्छ । तर काँचा फलफूललाई पकाउनका लागि विभिन्न हानिकारक रसायन राखेर पकाएर बजारमा ल्याइएका फलफूलले भने उल्टै सरीरलाई हानी नोक्सानी पूराउँछ । जे होस् बजारबाट किनेर ल्याइसकेपछि केही समय सफा पानीमा डुबाएर राख्ने तथा राम्रोसँग पानीले पखालेर मात्र फलफूल खाने गर्ने हो भने यसरी पकाउन राखिएका विभिन्न रसायनबाट हुने हानी कम हुन्छ
You can subscribe by e-mail to receive news updates and breaking stories.