सुन्दरता बढाउन ह्याण्ड ब्यागको छनोट राम्रो गर्नुस !!

Posted by Sura Health on |







                           ह्यान्ड ब्यागको ह्यान्डलको लम्बाइ महत्त्वपूर्ण हुन्छ। ह्यान्डलको लम्बाइ ब्याग कम्मरभन्दा ४-५ इन्च माथिसम्म आउने हिसाबको हुनुपर्छ। धेरै छोटो वा लामो ह्यान्डल भद्दा देखिन्छ।


-    फोहोर हातले ह्यान्डल समात्नु हुँदैन। 

-    महँगा ब्यागलाई बालबालिकाबाट टाढै राख्नुपर्छ।

-    लेदर ब्यागलाई लामो समयसम्म प्याक गरेर राख्नु छ भने ब्यागलाई राम्रोसँग सुकाएर त्यसभित्र अखबारको डल्लो बनाएर भर्नुपर्छ। यसबाट ब्यागको सेप बिग्रन पाउँदैन।

-    घरमा कटन ब्याग छैन भने पुरानो तकियाको खोलमा बेरेर पनि ह्यान्डल ब्यागलाई सुरक्षित राख्न सकिन्छ।

-    सेतो लेदर ब्याग समयसँगै पहेंलो देखिनु स्वाभाविक हो, त्यसैले सेतो रंगको महँगो ब्याग खरिद गर्नुहुँदैन।

-    पानीको बोतल वा खाना ब्यागमा राख्नुहुँदैन।

-    पार्लर जाँदा ह्यान्ड ब्यागको विशेष ख्याल गर्नुपर्छ। हेयर कलर, स्प्रे आदिबाट ब्याग बिग्रन सक्छ।

-    नेलपोलिस रिमुवर प्रयोग गरी ब्यागमा लागेको दाग हटाउन सकिन्छ।

-    थोरै पानीमा एक चम्चा सेतो सिरका मिसाएर कटन प्रयोग गरी ब्यागमा लागेको कडा दाग हटाउन सकिन्छ।

-    ह्यान्ड ब्यागमा अनावश्यक सामग्री राख्नु हुँदैन। यसबाट ब्याग बोक्दा काँध दुख्नुका साथै ब्यागको ह्यान्डल र सिलाइ दुवै खराब हुनसक्छ।

-    कुनै पनि ह्यान्ड ब्यागलाई घरमा धुने प्रयास गर्नुहुँदैन, जुट वा कपडाबाट बनेका ब्यागको ड्राई क्लिनिङ गराउनुपर्छ।

-    विभिन्न ब्यागलाई आलमारीमा राम्रोसँग मिलाएर राख्नुपर्छ। एउटामाथि अर्को चाङ गरी राख्नु हुँदैन।

-    लामो समयसम्म ह्यान्ड ब्यागको सफाइ नगरे त्यसमा ब्याक्टेरिया र कीटाणु पलाउने सम्भावना हुन्छ। लेदर ब्यागको तुलनामा कपडा वा जुटको ब्याग बढी मैलो हुन्छ जसको नियमित रूपमा सफाइ गर्नुपर्छ।

-    ब्यागबाट दुर्गन्ध आए एउटा सानो बाउलमा बेकिङ सोडा राखेर ब्यागमा हाल्नुपर्छ। त्यसलाई १२ घन्टापछि निकाले ब्यागभित्रको दुर्गन्ध हराउँछ।

-    ब्रान्डेड ब्याग लिने चाहना छ भने शोरुमबाटै लिनु राम्रो हुन्छ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips