विवाहित जोडीका सेक्स सम्बन्धी केही रोचक तथ्य फेला!!
Posted by Sura Health on |

हालैको एक सर्भेक्षणले विवाहित जोडीका सेक्स सम्बन्धी केही रोचक तथ्य फेला पारेको छ । आइ भिलेज भन्ने वेबसाइटले गरेको सर्भेक्षणमा केही त्यस्ता सेक्स सेक्रेट फेला परे जुन निम्न छन्
–६८ प्रतिशत पुरुषले आफ्नो सबैभन्दा उत्तम सेक्स पार्टनर केटीसँग विवाह गर्छन् जबकी आफ्नो वेस्ट सेक्सुअल पार्टनरसँग विहे गर्ने केटीहरुको संख्या भने ४५ प्रतिशत मात्र हुन्छ ।
–पुरुषका औषतमा ६ देखि १० जनासम्म यौनसाथी हुन्छन् जबकी महिलाका बढिमा२ देखि ५ मात्र ।
–४२ प्रतिशत महिलालाई आफ्नो श्रीमानले अनलाइनमा अश्लील चिजहरु हेरेको पत्तो नै हुँदैन । यस्तै ६३ प्रतिशत विवाहित महिला आफुले कहिल्यै पोर्न सामाग्री नहेरेको ढोँग गर्छन् ।
–७९ प्रतिशत पुरुषले आफ्नी श्रीमती सेक्सबाट सन्तुष्ट रहेकोमा ढुक्क हुन्छन् तर यसरी यौनसुख पाएँ भन्ने महिला केवल ६१ प्रतिशत मात्र हुन्छन् ।
–५५ प्रतिशत महिलालाई मात्र आफ्नो लोग्ने आफुसँगको सेक्सबाट सन्तुष्ट रहेको लाग्छ तर पत्नीसँगको सम्भोगबाट सन्तुष्ट छु भन्ने पुरुषहरु ७९ प्रतिशत छन् ।
–५२ प्रतिशत महिला तथा ४९ प्रतिशत पुरुषहरु बच्चा जन्मेपछि आफ्नो सेक्स लाइफ ध्वस्त भएको ठान्छन् ।
–४२ प्रतिशत पुरुष ओछ्यानमा महिलाले सेक्सको पहिलो प्रयास गरोस् भन्ने चाहन्छन् ।
–४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३० प्रतिशतले मलद्धार सेक्समा रुची राख्छन् ।
–३५ प्रतिशत महिला लामो पाकक्रिडा चाहन्छन्, केवल २२ प्रतिशत महिलालाई मात्र मुख मैथुनमा इच्छा लाग्छ ।
–श्रीमतीको तुलनामा श्रीमान बढि शंकालु हुन्छन् । आफ्नी श्रीमती कसैसँग सल्केकी छे की रु भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् भने यसरी लोगनेमाथि शंका लागेर मोबाइल चेक गर्ने महिला केवल २० प्रतिशत मात्र हुन्छन् ।
(एजेन्सी )
You can subscribe by e-mail to receive news updates and breaking stories.