योगको माध्यमबाट तौल घटाउने !!

Posted by Sura Health on |







योग जिज्ञासा

रीता कार्की, योग प्रशिक्षक

योगको माध्यमबाट तौल घटाउने उपायहरू के-के छन् ?

योगको माध्यमबाट तौल घटाउन सकिन्छ। यद्यपि योग जानेको व्यक्तिबाट नै सिक्नुपर्छ। आफू बसेको क्षेत्र वरपर कुनै योग शिविर सञ्चालनमा छ भने त्यहाँका शिक्षकबाट योग सिक्नु सबैभन्दा प्रभावकारी हुन्छ। यद्यपि योगले मात्र तौल घट्छ भन्ने होइन। भोजनमा प्रयोग हुने खाद्य पदार्थ, खानपिन एवं उठ-बसको शैली आदिले पनि तौल बढाइरहेको हुन्छ। शुद्ध खानपिन गर्नु, समयमा सुत्नु, समयमा उठ्नु अति आवश्यक हुन्छ। योगका सम्पूर्ण प्रक्रिया राम्रोसँग अवलम्बन गर्ने हो भने निश्चित रूपमा तौल घटाउन सकिन्छ।

व्यस्तताले योग स्थलसम्म जान नभ्याउनेहरूका लागि घरमै तौल घटाउन कुन-कुन आसन गर्नुपर्छ ?

व्यस्तताले योग स्थलसम्म जान नसक्नेहरूले घरमै बसेर पनि तौल घटाउन सक्छन्। त्यसका लागि बिहान सूर्य उदाउनुअघि विभिन्न किसिमका शारीरिक अभ्यास गरेर पसिना निकाल्न जरुरी हुन्छ। पाँच मिनेट मात्र जगिङ तथा सामान्य रूपमा एकै ठाउँमा दौडेर पनि तौल घटाउन सकिन्छ। कम्तीमा २१ पटक सूर्य नमस्कार गरेर पनि तौल घटाउन सकिन्छ। त्यस्तै पेटको बलमा सुतेर, भुजङ्गासन, सलभासन र ढाडको बलमा सुतेर गरिने आसनहरू जस्तै हलासन, दुई चक्रीय आसनले मोटोपन घटाउँछ। यति गर्न बढी समय पनि लाग्दैन। आधा घन्टामै यी आसन पूरा गर्न सकिन्छ।

तौल घटाउन डाइटिङ गर्नु उचित हुन्छ ?

तौल घटाउन डाइटिङ गर्नु हानिकारक मानिएको छ। बिहानको खाना एक प्रकारले, दिउँसोको खाना एक प्रकारले र रातको खाना एक प्रकारले खानुपर्छ। खानाकै कारणले तौल बढ्ने र घट्ने होइन। असन्तुलित खानाले तौल कहिले बढ्छ भने कहिले घट्छ। बिहानको खाना शक्तिवर्द्धक हुनुपर्छ भने रातको खाना हलुका हुनुपर्छ। राति भरसक रोटी, दाल वा जाउलो आदि हलुका कुरा खानुपर्छ। दिउँसो खाजाको साटो थोरै फलफूल र तुलसी चिया खानु राम्रो हुन्छ। 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips