मेडिकल भाषामा ‘-itis’ ‘आइटिस’ जोडिएका शब्दहरु !!

Posted by Sura Health on |









मेडिकल भाषामा ‘-itis’ ‘आइटिस जोडिएका शब्दहरुले इन्फ्लामेसन (Inflammation) लाई जनाउँछ। जुन कुराको पछाडी यो ‘itis’ जोडिएको हुन्छ, त्यसैको इन्फ्लामेसन भएको भन्ने बुझिन्छ। इन्फ्लामेसन भनेको शरीरको कुनै पनि अंगको संक्रमण चोट वा सामान्य बाहेकका अन्य अवस्थाप्रति शरीरको प्राकृतिक प्रतिकृया हो यसमा उक्त अंग तातो हुने (Redness), रातो हुने (Heat), सुन्निने (Swelling), दुख्ने (Pain) र सामान्य रुपमा काम गर्न नसक्ने (Loss of function) हुन्छ। यो शरीरको संक्रमणसँग लड्ने कोषहरु (विभिन्न प्रकारका सेता रक्तकोषहरु) बाट निस्कने विभिन्न रसायनहरुको कारणले गर्दा हुन्छ।

केहि ‘itis’ जोडिएका शब्दहरु:-
एपेन्डिसाइटिस (Appendicitis) – एपेन्डिक्स (Appendix)को इन्फ्लामेसन
कोलेसिस्टाइटिस (Cholecystitis) – पित्तथैली (Gall bladder)को इन्फ्लामेसन
प्यान्क्रियाटाइटिस (Pancreatitis) – प्यान्क्रियाज (Pancreas)को इन्फ्लामेसन
मेनिन्जाइटिस (Meningitis) मेनिन्जेज/ Meninges (मष्तिस्कलाई ढाकेर राख्ने बाहिरी पातलो तह)को इन्फ्लामेसन
इन्सेफलाइटिस (Encephalitis) - मष्तिस्कको इन्फ्लामेसन
ब्रोन्काइटिस (Bronchitis) – ब्रोन्कस/ Bronchus (एक प्रकारको श्वासनली)को इन्फ्लामेसन
फोलिकुलाइटिस (Folliculitis) – फोलिकल/ Follicle (रौं वा कपालको जरा भएको भाग)हरुको इन्फ्लामेसन
प्रोस्टाटाइटिस (Prostatitis) - प्रोस्टेट ग्रन्थीको इन्फ्लामेसन
मास्टाइटिस (Mastitis) - स्तनको इन्फ्लामेसन
मायोकारडाइटिस (Myocarditis) - मुटुको मांसपेशीको इन्फ्लामेसन
पेरीकारडाइटिस (Pericarditis) – पेरीकारडियम/ Pericardium (मुटुको बाहिरी झिल्ली)को इन्फ्लामेसन
प्लुराइटिस (Pleuritis) - प्लुरा/Pleura (फोक्सोको बाहिरी झिल्ली)को इन्फ्लामेसन
कोन्ड्राइटिस (Chondritis) - कोन्ड्रियम/Chondrium (कुरकुरे हाड)को इन्फ्लामेसन
साइनोभाइटिस (Synovitis) साइनोभियम/ Synovium (जोर्नीमा भएका हाडहरुको सतहलाई ढाक्ने झिल्ली)को इन्फ्लामेसन
डरमाटाइटिस (Dermatitis) - छालाको इन्फ्लामेसन
कोलाइटिस (Colitis) – कोलोन/ Colon (ठुलो आन्द्रा)को इन्फ्लामेसन
भास्कुलाइटिस (Vasculitis) भेसल/ Vessel (रगतका नलीहरु)को इन्फ्लामेसन
ग्लोमेरुलोनेफ्राइटिस (Glomerulonephritis) - मृगौलाको इन्फ्लामेसन
सिस्टाइटिस (Cystitis) - पिसावको थैलीको इन्फ्लामेसन
भजाइनाइटिस (Vaginitis) - योनीको इन्फ्लामेसन
सर्भिसाइटिस (Cervicitis) – सर्भिक्स/ Cervix (पाठेघरको मुख)को इन्फ्लामेसन
इन्डोमेट्राइटिस (Endometritis) - पाठेघरको भित्री सतहको इन्फ्लामेसन
साल्पीन्जाइटिस (Salpingitis) - फेलोपियन ट्युव/ Fallopian tube (पाठेघरबाट डिम्बाशयतिर जाने नली)को इन्फ्लामेसन
उफोराइटिस (Oophoritis) - डिम्बाशयको इन्फ्लामेसन
बालानाइटिस (Balanitits) – ग्लान्स पेनिस/ Glans penis (लिंगको टुप्पो)को इन्फ्लामेसन
इपीडिडाइमाइटिस (Epididymitis) – इपीडिडाइमीस/ Epididymis (अण्डकोषबाट निस्कने नलीको पहिलो भाग)को इन्फ्लामेसन
ओरकाइटिस (Orchitis) - अण्डकोषको इन्फ्लामेसन
आरथ्राइटिस (Arthritis) - जोर्नीको इन्फ्लामेसन
साइनोसाइटिस (Synositis) - साइनसहरुको इन्फ्लामेसन
हेपाटाइटिस (Hepatitis) - कलेजोको इन्फ्लामेसन
इसोफेजाइटिस (Esophagitis) – इसोफेगस/ Esophagus (खानाको नली)को इन्फ्लामेसन
ग्यास्ट्राइटिस (Gastritis) - आमाशयको इन्फ्लामेसन
केराटाइटिस (Keratitis) कोर्निया/ Cornea (आँखाको अगाडीको पारदर्शी भाग)को इन्फ्लामेसन
ब्लेफाराइटिस (Blepharitis) - आँखाको ढकनी (Eyelids)को इन्फ्लामेसन
आइराइटिस (Iritis) – आइरिस/ Iris (आँखाको रंगीन भाग)को इन्फ्लामेसन
अप्टिक न्युराइटिस (Optic neuritis) - अप्टिक नर्भ/ Optic nerve (आँखाको नसा)को इन्फ्लामेसन
फ्लेबाइटिस (Phlebitis) भेन/ Vein (शिरा - एक प्रकारको रगतको नली)को इन्फ्लामेसन
थाइरोइडाइटिस (Thyroiditis) - थाइरोइड ग्रन्थीको इन्फ्लामेसन
टन्सीलाइटिस (Tonsillitis) - टन्सीलहरुको इन्फ्लामेसन
ग्लोसाइटिस (Glossitis) - जिब्रोको इन्फ्लामेसन
जिन्जीभाइटिस (Gingivitis) - गिजाहरुको इन्फ्लामेसन
ओटाइटिस एक्सटर्ना/ मेडिया/ इन्टर्ना (Otitis externa/ media/ interna) – बाहिरी, बीचको र भित्री कानको इन्फ्लामेसन
एओर्टाइटिस (Aortitis) – एओर्टा (मुटुबाट रगत बाहिर लाने सबैभन्दा ठुलो रक्तनली)को इन्फ्लामेसन
लिम्फान्जाइटिस (Lymphangitis) - लिम्फाटिक च्यानलहरुको इन्फ्लामेसन
ओस्टाइटिस (Ostitis) - हाडहरुको इन्फ्लामेसन
युरेथ्राइटिस (Urethritis) – युरेथ्रा/ Urethra (पिसाबको नली)को इन्फ्लामेसन

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips