श्वेतकुष्ठ–दुवी Leucoderma/ Vitiligo/ White leprosy !

Posted by Sura Health on |







                                                                                                                                                                                                                                                                                                    अकरकराको पातको रस निचोरेर श्वेतकुष्ठमा लगाउनाले रोग थोरै दिनमा नै निको हुन्छ । यसको सुरुवातको अवस्थामा अकरकराको पातको रस लगाउन सकेभन् छिटै निको हुन्छ ।
·       अंजीरको पातको रस लगाएमा श्वेतकुष्ठ बढ्दैन । 
·       पिपलका पात अथवा जराको चुर्ण बनाएर नरीवल तेलमा फिटेर मलहम बनाएर लगाएमा लाभ गर्दछ ।
·       तुलसीको जराको वरिपरीको माटो अलि गीलो बनाएर शरीरमा लगाएर एक–दुई घण्टा पछि सफा पानीले नुहाएर बाक्लो रुमालले ््राम्ररी पुछ्ने । 
·       सेतो दुवीको आराम्भमा नै सिधेंनुनको ढिको निमको पातको झोल वा पानीमै घोटेर दिनको तिन–चार पटक लगाए थामिन्छ, अरु वढ्दैन र सेतो भाग पनि निको हुन्छ । 
· शुद्ध हिङ १० ग्राम, गाईको धिउ १०० ग्राम फलामको कराहीमा राखेर दश ग्राम नीलो हालेर फलाम अथवा काठले बेसरी घोट्नु र वोतलमा राख्ने र फेरी कहि कतै शरीरमा सेतो दाग देखियो भने दिनमा तिन पटक लगाउने । 
·  कासमर्दको वीज र मुलाको वीज समभाग लिएर २ गुणा मात्रामा गन्धक संग पिसेर लेप गरेमा श्वेतकुष्ठ निको हुन्छ । 
· आर्कको २० मिलीलिटर दुधसंग ५ ग्राम बावचीको चुर्ण र ५०० मिलीग्राम हरितालको चुर्ण पिसेर लेप गर्ने । 
· सेतो दुवीमा अपराजिताको जरा २ भाग तथा चक्रमर्दको जरा १ ग्राम, पानी संग पिसेर लेप गरेमा लाभ हुन्छ । यसको साथ साथै वीजलाई ध्यूमा भुटेर विहान–साझ पानी संग सेवन गरेमा १–२ महिनामा नै श्वेतकुष्ठमा लाभ हुन्छ । 
· सुपारीको दाना कालो हञ्जेलसम्म पोलेर पिध्ने र त्यसमा गन्धक मिसाई मट्टितेलले भिजाउने त्यसपछि उक्त लेदोलाई दुवी आएको ठाउँमा लगाई मनतातो पानीले सफा गर्नाले दुवी हराउँदै जान्छ । 
· १००–१०० ग्राम गाईको गहुत, निमपत्ताको रस, गाईको गोवर र बावची चुर्ण मिलाएर वा पिसेर लेप बनाई बिहान खाली पेटमा दुवी वा सेतो दाग देखिएको छालामा लगाई बिहानको पारिलो घाममा आधा घण्टा बस्ने र त्यसपछि धुने । यो क्रमलाई केहि हप्ता सम्म जारी राख्दा श्वेत कुष्ठ एवं अन्य छालाका रोगमा छिट्टै आराम मिल्छ ।
· पुन्नरे झारको जरा र काहुलेको बोक्रालाई गाईको गहुँतमा पिसेर दुवी आएको ठाउँमा लगाउनाले पनि केहि दिनमै सेतो दाग हराएर जान्छ ।           

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips