You are here: Home /
Health News / के हो आधारभूत जीवन सहाएता (Basic life support) ?
-डा. सुरज आले.…

रबिन्द्र खड्का एक बरिस्ठ वकिल हुन । एक दिन अफिसबाट घर आउने क्रममा अचानक उनको छाती बेस्सरी दुख्नथालयो । उनलाई श्वास फेर्न गाह्रो भैराखेको थियो । उन्ले मद्त को लागि नगुहरेका हैनन तर बाटोमा आवत जावतगरिरखेका मनिस हरुले वाल्ल परेर हेर्न बाहेक केही गर्न सकेनन्। एक दुइजनाले अंबुलेन्स अंबुलेन्स भन्दै थिए तरएत्तिकैमा १० मिन नहुँदै रबिन्द् खड्काको जीवन मरण मा परिणत् भयो। कसैले समयमा उन्लाई अस्पताल लगिदिएकोभए अथवा आधारभूत जीवन सहाएताको ज्ञान भएको कोही ब्यक्तिले उुनलाई CPR/ Cardiopulmonary Reuscitation दिएको भए आज उनको जीवन अझै लम्बिएको हुन्थ्यो होला । तेसैले आउनुहोश हामीपनी सिकौआधारभूत जीवन सहाएता को बारेमा ताकि कसैले अकालमा जीवन गुमाउनु नपरोस ।
के हो आधारभूत जीवन सहाएता भनेको ?आधारभूत जीवन सहाएता भनेको कोही आपतकालिन् दुर्घटनामा अथवा खतरापूर्ण स्वास्थ्यसम्बन्धी रोगले अचानक हमला गर्दा दिन सकिने स्वास्थ्य सुबिधाहो जसलाई समयएमै दिन सकिएमा मानिसको जीवन बचाउन सकिन्छ । एस्तो स्वास्थ्य सुबिधा डाक्टर नर्स अथवा स्वास्थसम्बन्धित् ब्यक्तित्वहरुले मात्रहैन अन्य सामान्य ब्यक्तिहरुले पनि दिन सकिन्छ । यसर्थ सबैमा आधारभूत जीवन सहाएता को ज्ञान हुनु जरुरी छ ।
· कसरी काम गर्छ आधारभूत जीवन सहाएता ले ?कोइ मानिसको दुर्घटना हुँदा अथवा कार्डियाक अरेस्ट हुँदा मुटु केही समय को लागि बन्द हुन सक्छ । एसरी मुटुको हृदयगती बन्द हुँदा शरीरको रक्त सन्चालनप्रकृयापनी बन्द हुन्छ ।मानिसको ब्रैन (brain) मा 5-10 मिन सम्ममा रगत पुगेन भने ओक्सिजन्को (oxygen) कमिमा ब्रैन ले काम गर्न छोड्छ । एस्तो अवस्था खतराजनकहुन्छ र जीवन मरण को दुरी केही समयको लागि मात्र रहन्छ । तेसैले सो अबधिभित्र मुटुमा दवाब राखेर रक्त सन्चालन गर्न सकिएमा मनिष को जीवन बच्नसक्छ । कसरी दिने आधारभूत जीवन सहाएता?अमेरिकन हर्त असोसिअसन २०१० (American Heart Association 2010)का अनुसार आधारभूत जीवन सहाएताका steps हरु निम्न छन ;-
A) स्वास्थ्यसँग असम्बन्धित ब्यक्तिको लागि(For Lay Rescuer )
१। पीडित ब्यक्ती को पहिचान - पहिलो कदम भनेको पीडित ब्यक्ती को सहि पहीचान हो। यदीकोही ब्यक्ती बाटो को छेउमा पल्टिराखेको छ र बोलाउदा अथवा चलाऊदा उस्को गतिबिधिमाकेही फरक आउँदैन , कुनै प्रश्न गर्दा जवाफ दिदैन, खोलामा डुबेको ब्यक्ति, घर आगलागिमापरेर बेहोश ब्यक्ती, पहिलेदेखिनै मुटु सम्बन्धी रोग लगेको ब्यक्ती अचानक छाती दुखेर ढल्नुआदी...२। तुरुन्त स्वास्थ्य सेवा को लागि एबुलेन्स अथवा अस्पतालमा फोन गर्नुहोश।३। पीडित ब्यक्तिलाई सुरक्षित ठाउमा ल्याउनुहोश र CPR सुरु गर्नुहोश ।
CPR कसरी गर्ने ?ब्यक्तिको अनुहार माथि हुने गरी राख्नुहोश। एउटा हात पीडित ब्यक्तिको छातीको बिच भागजहाँ Sternum हाडको तल्लो भाग हुन्छ , राख्नुहोश । अर्को हात तेही हात माथि पर्ने गरीराखेर अनी शरीरको वजन पुरा हातमा आउने गरी पीडित ब्यक्तिको छातीमा दवाब दिनुहोस । एस्तो दवाब एक मिनटमा १०० पटक (100 per mins) सम्मगर्नुपर्छ । येही प्रकृया पटक पटक दोहोर्यौनुहोस् जबसम्म बिरामी होशमा आउदैन अथवा अर्को ब्यक्तिले मदत गर्छ अथवा एबुलेन्स आउछ ।जब छातीमा दवाब राख्नुहुन्छ निम्न कुरा ध्यानमा राख्नुपर्छ
-दवाब राख्दा छातीको गहिराई २ इन्च अथवा ५ cm हुनुपर्छ ,-दवाब राखेपछी छातीलाई पूर्ण रुपमा फुल्न दिन पर्छ ,-दवाबको बिचमा केही बाधा हुन नदीनुहोश ,-दवाबको सन्ख्या १०० प्रति मिन हुनुपर्छ
B)स्वास्थ्यसँग सम्बन्धित ब्यक्ति को लागि ,
ACLS को नयाँ GUIDELINES अनुसार पहिले को A-B-C लाई अहिले परिवर्तन गरी C-A-B बनेको छ । जहाँ C-chest compression , A-airway, B-breathing १। पीडित ब्यक्तिको पहिचान गर्नुहोश र उस्को नशाको गति (pulse preferrably carotid pulse) महसुस गर्नुहोश .२। स्वास्थ्यसेवा को लागि एबुलेन्स अथवा अस्पातलमा फोन गर्नुहोश साथमाdefibrillator पनि मगाउनुहोश ।३। पीडित ब्यक्तिलाई सुरक्षित ठाउमा ल्याउनुहोस् र CPR सुरु गर्नुहोश ,एसरी CPR गर्दा ३० पटक सम्म माथि भनेअनुसार छातीमा दवाब र २ पटक श्वासदिनुहोश । श्वास दिन्दा पीडित ब्यक्तिको चिउड़ो उठाएर आफ्नो मुख पीडित ब्यक्तिकोमुखसँग जोडिने गरी अनि सो ब्यक्तिको नाक बन्द गरी दिनुपर्छ। येदी कोही सहयोगीछैनन भने यो प्रकृया गरिराख्नुपर्छ जबसम्म बिरामी होसमा आउन्छ अथवा अन्यसहयोगी आउछन अथवा एम्बुलेन्स आउन्छ अथवा हात दुख्न थाल्छ । यदि २ जनाहुनुहुन्छ भने ५ cycle को CPR गर्नुपर्छ । त्यसपछी अर्को सहयोगिले सो प्रकृयामामदत गर्नुपर्छ ।४। यदी समयमै defibrillator आयो भने सतर्कतापुर्बक एसको प्रयोग गर्नुहोश। VF ,pulseless VT भनेको defibrillator द्वरा ठीक हुनसक्नेसमस्याहरु हुन । यसको प्रयोग गर्दा बिरामीको नजिक कोही हुनु हुँदैन, साथै defibrillator को किसिम अनुसार shock दिनुपर्छ (जस्तै monophasic -360J ,biphasic-200J) को SHOCK दिनुपर्छ५। shock दिएपछी तुरुन्त CPR लाई जरी राख्नु पर्छ । ,७। बिरामीलाई होश आएपछी एबम नशाको गति आएपछि तुरुन्त स्वास्थ्य केन्द्र वा अस्पतालमा लैजानुपर्छ।
याद राख्नुहोश तपाईंको १० मिनेटले कसैको ज्यान जोगिन सक्छ । त्यसैले आधारभूत जीवन सहाएता सबैले जान्नु जरुरी छ ।
Dr. Suraj AleDepartment of anaesthesia and intensive care,PGIMER, Chandigarh स्रोत :स्वस्थ संसार