छात्रवृत्तिमा पढ्न नपाए अनसन बस्ने चेतावनी !

Posted by Sura Health on |







नाम निकालेर पनि तोकिएको समयमा पढ्न नपाएपछि एमबिबिएस छात्रवृत्तिको परीक्षामा नाम निकालेका विद्यार्थीहरुले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले एक साताभित्र पढ्न जाने वातावरण सिर्जना नगरे आमरण बस्ने चेतावनी उनीहरुको छ ।

गत ६ माघमा परीक्षा दिई ११ माघमा नाम निकालेका उनीहरुले अहिलेसम्म छात्रवृत्तिमा पढ्न जान नपाएको गुनासो गरेका छन् । सो परीक्षामा नाम निकालेकामध्ये २ सय २० मध्ये ७६ जना त्रिविबाट संबन्धनप्राप्त मेडिकल कलेजमा गएका थिए भने करिब १ सय ३२ विद्यार्थी सन् २०१३ को अगष्ट सेसनमा काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजमा जानुपर्नेमा अहिलेसम्म पढ्न जान नपाएको उनीहरुको भनाई छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पीडित विद्यार्थीहरुले मन्त्रालय, मेडिकल काउन्सिल र काठमाडौं विश्वविद्यालय अनुत्तरदायी भइरहे रिले अनसन र त्यसपछि पनि माग बेवास्ता गरिए आमरण अनसनमा बस्ने चेतावनी दिए । कुरिरहेको अवस्थामा मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि आगामी २९ मंसिरमा परीक्षा सूचना प्रकाशित गरेर आफूहरुलाई घरको न घाटको बनाएको आरोप पनि उनीहरुले लगाए ।

तर, शिक्षा मन्त्रालयले भने मन्त्रालयको कारण विद्यार्थीहरुले पढ्न जान ढिला नभएको स्पष्ट पारेको  छ । कोटा आउनेबित्तिकै छानिएका विद्यार्थीलाई नै पठाइने मन्त्रालयको भनाई छ ।                                                            स्रोत ;स्वस्थ्य खबरपत्रिका

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips