आँखा लाइ कसरी सुन्दर बनाउने |
Posted by Sura Health on |

सुन्दर आँखा सुन्दर मानिसको परिचायक पनि हो । भनिन्छ, मानिसको पहिलो नजर आँखामा पर्छ र यदि आँखा मनमोहक छ भने त्यो मानिस सबैलाई मन पर्छ । आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग पनि हो । त्यसैले यसको सुन्दरताका साथसाथै यसको स्वास्थ्यमा पनि विशेष चासो दिन आवश्यक छ । तर, बदलिँदो समयअनुसार आजभोली कम्प्युटर वा टिभीमा हामी बढी ध्यान दिन्छौं । यसले हाम्रो आँखाको सौन्दर्य मात्र होइन, स्वास्थ्य पनि बिगार्छ । सुन्दर र स्वास्थ्य आँखाका लागि के गर्ने त ? केहि टिप्सहरु :
- सुन्दर आँखाका लागि सधैं आँखा ताजा देखिनुपर्छ । यसका लागि निद्रा आवश्यक हुन्छ । आवश्यकताअनुसार निदाउनु नै सुन्दर आँखा बनाउने अचुक उपाय हो । आफ्नो आँखा स्वस्थ र स्फूर्त राख्न सधैं राम्रोसँग पर्याप्त समय सुत्नुहोस् ।
- प्रायः मानिसहरुका आँखा तनावका कारण राता देखिन्छन् । त्यसले न त आँखा सुन्दर बनाउँछ न त मानिसहलाई नै फुर्तिलो देखाउँछ । त्यसैले सुन्दर आँखाका लागि तपाईको आँखा ताजा देखिनु जरुरी छ । यसको लागि गुलाबजल कपासमा भिजाएर आफ्ना आँखाका परेलामा राख्नुहोस् । त्यसले तपाईको आँखा सुन्दर देखाउँछ ।
- आँखालाई सफा पानीले दिनहुँ धुनु आवश्यक छ । सक्नुहुन्छ भने बिहान र बेलुका चिसो र सफा पानीले आँखा धुनुहोस् । आँखा धुँदा नमिच्नुहोस् । मिच्दा आँखाको छालाका कोषहरु बिग्रन सक्छन् ।
- आँखाको तल कालो दाग देखिएको छ भने आलु काटेर त्यहा दल्नुहोस् । त्यसको आधा घन्टापछि सफा पानीले धुनुहोस् ।
- मनतातो पानीमा केही नुन मिलाएर कपासको सहायताले आँखा धुनुहोसु् । यसले आँखालाई स्फूर्त देखाउन मद्दत गर्छ । यसरी मनतातो ापनीले आँखा धोएको आधा घन्टामा सफा चिसो पानीले फेरी आँखा धुनुहोस् ।
- बदामयुक्त क्रिमको प्रयोगले आँखालाई सुन्दर राख्न सहयोग गर्छ । त्यसैले क्रिम प्रयोग गर्दा बदामयुत्त क्रिमको छनोट गर्नुहोस् ।
- आँखाको चमक थप बढाउन भिटामिन ‘ए’ को आवश्यकता पर्छ । त्यसैले सक्दो धेरै भिटामिन ‘ए’ खाने प्रयास गर्नुहोस् ।
- गाजलको प्रयोगले पनि आँखालाई सुन्दर देखाउन मद्दत गर्छ र आँखालाई स्वस्थ पनि राख्छ । त्यसैले गाजलको पनि प्रयोग गर्नुहोला । पुरुष मित्रहरुले रात्री सुत्नुअगाडी गाजलको प्रयोग गर्न सक्नुहुन्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.