बच्चाको वृद्धि विकाशका लागि साबुन-पानी आवश्यक

Posted by Sura Health on |







बच्चाको वृद्धि विकाशका लागि साबुन-पानी आवश्यक त्यो कसरी पढ्नुस यहाँ |                                          hand-washing-1                                                                    

सफा पिउने पानी तथा साबुनको प्रयोगले केवल सरसफाइका माध्यमबाट रोगब्याधी हटाउने मात्र होइन यसले बालबालिकाको विकाशलाई समेत तिब्र बनाउने देखिएको छ ।
नेपाल लगायत विश्वका केही देशमा गरिएको अध्ययनले सरसफाइयुक्त घरका ५ वर्ष मुनिका बालबालिकाको उचाइ सरसफाइको अवस्था कमजोर रहेका वा फोहोरमैलायुक्त वातावरणमा हुर्केका बालबालिकाको भन्दा ०.५ सेन्टिमिटर सम्मले बढि रहेको देखाएको हो ।
लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन तथा इन्टरनेसनल च्यारीटी वाटर एडले नेपाल, बंगलादेश, पाकिस्तान, दक्षिण अफि्रका, इथियोपिया, चिली, केन्या, कम्बोडिया लगायतका देशका १० हजार भन्दा बढि बालबालिकामा गरेका विभिन्न अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको हो ।
शोधकर्ताहरुका अनुसार दुषित पानी तथा सरसफाइको कमीका कारण बालबालिकामा विभिन्न रोगब्याधी लाग्ने र त्यसले बालबालिकाको विकाशमा असर पार्छ । बाल्यावस्थामा पटक पटक विरामी हुने बालबालिकाको वृद्धि तथा विकाशमा नकारात्मक असर पर्न गई ऊ अपांग हुने, पुड्कोपन हुने लगायतका खतरा हुन्छन् । वास्तवमा दुषित पानी तथा सरसफाइको कमीले बालबालिकाको वृद्धिमा १५ प्रतिशत सम्म कमी ल्याउन सक्ने ठम्याइ शोधकर्ताहरुको छ । यसले बालबालिकालाई कुपोषणको जोखिममा पनि पार्दछ ।
वास्तवमा साबुन पानीले हात हुने तथा शुद्ध पानी पिउने गर्दा झाडापखाला, आउँ, हैजा लगायतका विभिन्न खालका सरुवा रोगको संक्रमणको खतरा कम हुन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वमा साढे १६ करोड बालबालिकामा पुड्कोपनको समस्या छ । यसले अस्वस्थता तथा प्रजनन क्षमतामा समेत कमी ल्याउने खतरा हुन्छ । विश्वमा हरेक वर्ष ३० लाख भन्दा बढि बालबालिकाको कुपोषणका कारण ज्यान जाने गर्छ । जुन कुल बाल मृत्युको आधा हो । विश्वमा साढे २६ करोड बालबालिका स्वभाविक वृद्धि तथा विकाशको कमीको समस्यासँग जुधिरहेका छन् जसले उनीहरुको स्वास्थ्यमा दीर्घकालीन असर पार्दछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips