एक खिली चुरोट सेवन गर्ने व्यक्तिको ७ मिनेट आयु
Posted by Sura Health on |

सुराहेल्थ न्युज -- कक्कड, हुक्का, बिंडी र चपाउने रुपमा सुर्ती, खैनी जर्दा, मधु, पान आदि ।विश्वमा करीब १ करोड ३० लाख ले धूमपान गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । हाल वर्षेनी ४९ लाखको मृत्यु केवल धूमपानबाट नै हुने गरेको पाइन्छ । यही स्थिति रहेमा सन् २०२० सम्ममा विश्वमा हरेक वर्ष १ करोड मानिसको मृत्यु धूमपानबाट हुनेछ, जसको शिकार नेपाल पनि हुने कुरामा दुइमत नै छैन । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने १५ वर्षभन्दा माथिका ४८ दशमलव ५ प्रतिशत नागरिक धूमपानका गर्दछन।
धूमपानका असरहरु :
सुर्तीमा स्वास्थ्यलाई नराम्रो असर गर्ने ४ हजार किसिमका रासायनिक पदार्थ हुन्छन् । तीमध्ये ४५ किसिमका रसायनले क्यान्सर गराउाछ । निकोटिन सबैभन्दा हानीकारक रसायन हो, जसले फोक्सो(LUNGH), श्वास प्रश्वास नली(RESPIRATORY TRACT), मुख(MOUTH), दिमाग(BRAIN) र आाखामाEYES) प्रत्यक्ष असर पार्छ । साथै, शरीरका अन्य भाग (जस्तै: मुटु(HEART), पेट(ABDOMEN) आदि) मा समेत नकारात्मक असर पार्दछ । धूमपानले सबैभन्दा बढी असर फोक्सोलाई पार्दछ । यसले फोक्सोमा दम(ASTHMA), खोकी(COUGH), ब्रोन्काइटिस र क्यान्सर गराउाछ । यसले मानव मस्तिष्क र रगतलाई असर पार्दछ आदत बनेपछि धूमपान छाड्न एकदमै गाह्रो हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार करीब २५ प्रकारका रोग देखिएका छन् । तीमध्ये प्रमुख स्वास्थ्य समस्याहरुमा दम(ASTHMA), ब्रोन्काइटिस(BRONCHITIS) फोक्सो(LUNGH) फियो,(SPLEEN) पेट(ABDONEN),पाठेघरको क्यान्सर(UTERUS CANCER),मुटुको रोग(HEART DISEASE), मस्तिष्कमा रक्तस्राव(BRAIN HAEMORRHAGE) गर्भको बच्चा कमजोर, रोगी र अङ्गभङ्ग हुने ।
काम गर्ने क्षमतामा कमी हुने । सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा वषेर्नी ५० लाख मानिसको मृत्यु हुन्छ । यसअनुसार प्रतिमिनेट करीब १० जना मानिसको मृत्यु धूमपानबाट भइरहेको छ । एक अध्ययनअनुसार एक खिली चुरोट सेवन गर्ने व्यक्तिको ७ मिनेट आयु घट्ने पनि पाइएको छ ।
गर्भवती महिलाको गर्भमा रहेको बच्चाको वृद्धि क्रममा असर पारी कम तौलको बच्चा जन्मन सक्छ । गर्भपतन हुने र अवधि पूरा नभई बच्चा जन्मन सक्छ । गर्भमै बच्चा मर्नसक्छ वा जिउादै जन्मेको भए पनि जन्मेको हप्ता दिनभित्रै मर्नसक्छ ।
अरु व्यक्तिमा असरहरु :
धूमपान गर्ने व्यक्तिको नजिकमा रहेमा २० देखि ३० प्रतिशत बढी क्यान्सर हुने सम्भावना रहन्छ । धूमपान गर्ने आमाबाट बच्चालाई धूमपान नगर्ने व्यक्तिको भन्दा निमोनिया (PNEUMONIA) दोब्बर मात्रामा बढी हुने गर्दछ । आमाको दूधलाई नोक्सान पुर्याउाछ र शिशुमा विषालु रसायनहरु पुग्छन् । आमाको दूधको परिमाणलाई पनि घटाउाछ ।

किशोर किशोरीहरु बढी चञ्चल र नक्कल गर्न बढी रुचाउने वा नया कुरा सिक्न उत्सुक हुने र आफ्नो लागि के राम्रो के नराम्रो आफै छुट्याउन नसक्ने भएकाले धूमपान, मद्यपानको कुलतमा लाग्न सक्छन् । प्राय: मानिसहरुको धूमपानको कुलत पनि यसै अवस्थाबाट शुरु भएको पाइन्छ । केही मुख्य कारणमा ठूला मानिसहरुको देखिसिकी गर्नाले, साथीहरुको दबाव पर्नाले, जिज्ञासा र कौतुहल हुनाले, तनाव र चिन्ता फेसन गर्नाले र जोश हुने तर होस नहुनाले गर्ने गर्छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.