कान पाक्ने रोग |
Posted by Sura Health on |
विकसित देशमा यस्तो समस्या त्यत्ति देखिँदैन तर विकासशील मुलुक जहाँ स्वास्थ शिक्षाको कमी, कमजोर आर्थिक अवस्था र उचित पोषणयुक्त खानपान र सरसफाई छैन त्यस्तो ठाउँमा यो प्रायः जसो दोहरिरहने समस्या हो। महिला वा पुरुष दुवैलाई बराबरै लाग्ने यो रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ। अझ ग्रामीण समुदायमा त यो रोग श्रवण शक्ति कम गराउने मुख्य कारणको रूपमै उभिएको छ।
कारण:
कुनै झगडा, दुर्घटना आदिको कारणले कानको जाली फुटेमा व्याक्टेरिया सजिलैसँग गएर सङ्क्रमण गराउँदछन्।साना साना नानीलाई आमाले सुताएर दूध चुसाउने गर्नाले पनि कान पाक्दछ।
फोहोर पानीमा पौडी खेल्दा जीवाणु सीधै कानभित्र छिरेर सङ्क्रमण हुन्छ।
टन्सिलको समस्या पिनास बिगि्रएमा पनि कानमा सङ्क्रमण हुन्छ।
कसैकसैमा सामान्य रुघा खोकी लागेको बेलामा पनि मध्य कानमा सङ्क्रमण हुन जान्छ।
लक्षणहरू:
:कानको जालीमा प्वाल पर्नुका साथै दिनहुँ अथवा केही दिन बिराएर पीप आउँदछ।कानको सुन्ने शक्ति कम हुँदै जान्छ कान डम्म भएर थुनिएको जस्तो महसुस बिरामीलाई हुन्छ।
कान एकदमै दुख्छ रिङ्गटा लाग्न सक्छ।
कानलगायत अन्य भागमा विभिन्न समस्या देखिन सक्छ। जस्तै फेसियल नर्भ -अनुहारको नसा)मा क्षति पुगेर मुख बाङ्गो हुने, कान पछाडिपट्ट िसुन्निने वा पिलो आउने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने
मेनिन्जाइटिस हुनसक्छ यदि समयमै उपचार गरेन भने कान पाक्नबाट बच्ने उपाय, सलाइको काँटी, सिन्का, पिन, चराको प्वाँखजस्ता कुनै पनि असुरक्षित वस्तुले कान नकोट्याउने वा सफा नगर्ने।
विशेष गरेर आमाले बच्चालाई दूध चुसाउँदा, बच्चाको टाउको खुट्टाभन्दा केही माथि पारेर चुसाउनु पर्दछ।
गाउँघरमा कान दुख्यो भनेपछि तुलसीको पातको रस, गाईको गहुँत वा अरू कुनै औषधि जथाभावी कानमा हाल्ने गरिन्छ जुन एकदमै गर्न नहुने कुरा हो।
कानमा तेल हाल्नु हुँदैन।
रुघा लागेको बेलामा कानमा बल पर्ने गरी सिँ सिँ गरेर सिँगान फाल्नु हुँदैन। यसले कानको जाली र अरू संरचनामा थप क्षति पुर्याउँदछ। बरू नाकभित्रबाट माथि तानेर घाँटीमा पुर्याइ थुकिदिनुपर्छ।
कान पाकेका रोगीमा कानको जालीमा प्वाल पर्ने हुँदा कानभित्र पानी पस्न दिनु हुँदैन। जसको लागि नुहाउने बेलामा कपासमा भ्यास्लिन वा अन्य कुनै कानमा पार्न हुने क्रिम लगाई कानमा टम्म मिल्ने गरी राख्नुपर्दछ।
मानिसको अज्ञानता र हेलचक्र्याइको कारणले कान पाक्दछ। कतिपय अवस्थामा सतर्कता अपनाउँदा अपनाउँदै पनि कान पाक्न सक्छ। औषधिद्वारा उपचार गरेमा कानबाट पीप आउन त रोकिन्छ तर कानको जाली भने टालिँदैन। साथसाथै बारम्बार कान पाकिरहने सम्भावना पनि उत्तिकै रहन्छ र सावधानी पनि धेरै नै अपनाउनु पर्छ।
कानको जाली टाल्ने अन्तिम उपाए चाहिँ अपेसन नै हो। अप्रेसनपछि चाहिँ कानको श्रवण शक्ति घट्ने क्रम रोकिने मात्र होइन धेरै जस्तो मानिसमा सुधार पनि आउँछ।
You can subscribe by e-mail to receive news updates and breaking stories.