नछुनू है पुतली |

Posted by Sura Health on |







बुधबार ९ असोज,  २०७०नछुनू है पुतली !                              बत्तीमा झुम्मिरहेका सेता पुतली राम्रो लाग्यो भन्दैमा हातले टिप्ने गल्ती नगर्नुहोला। त्यस्तै पुतलीको सम्पर्कबाट आँखाको ज्योतिसमेत गुम्ने सापु रोगका बिरामी राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा भेटिएका छन्। तिलगंगा आँखा अस्पतालमा मात्रै भदौयता १५ जनाभन्दा बढी यस्ता बिरामी भर्ना भइसके। तीमध्ये पाँचजनाको मात्रै उपचारमा सुधार भइरहेको छ। आधाभन्दा बढीको ज्योति नै गुमेको तिलगंगाकी सापु विशेषज्ञ डा. अनु मानन्धरले बताइन्। बिरामीमध्ये अधिकांश बालबालिका छन्।पुतलीका पखेटा र शरीरबाट झर्ने सेता झुस आँखाको सम्पर्कमा आए यो रोग सल्किन्छ । यसमा चिप्रा नआए पनि आँखा रातो भएर आउँछ। विस्तारै आँखाको कालो भागमा पिप भरिन थाल्छ । त्यसपछि पूरै पिप भरिन्छ । यसले आँखाको पर्दा र नशा लगायत महत्वपूर्ण भागमा असर पु¥याउँछ । उपचार गर्न आएकामध्ये धेरैको भित्री भागसम्म रोग फैलिसकेको थियो। केहीमा अघिल्लो भाग र रेटिनामा मात्रै असर थियो।यस्ता खालका पुतली असोजदेखि मंसिरसम्म बढी देखिन्छ । आँखाका बिरामी भने भदौदेखि नै बढ्न थालिसके । उपत्यकाका डिल्लीबजार, थानकोट, ललितपुर र उपत्यकाबाहिर नुवाकोट, संखुवासभा, ताप्लेजुङ, दोलखा, इलाम, चितवन लगायत जिल्लाका बिरामी बढी छन् । कम्तीमा डेढ वर्षदेखि ४२ वर्षकामा समेत रोग देखिएको छ ।अघिल्ला वर्षभन्दा बिरामीको अनुपात बढेको सम्बद्ध डाक्टरहरूले बताए । 'एक वर्षअघि तिलगंगामा यस्ता बिरामी दुईजना मात्रै आएका थिए, यस वर्ष भदौदेखि नै आइरहेका छन्,' डा. मानन्धरले मंगलबार नागरिकसँग भनिन्, 'यही रूपमा वृद्धि भए मंसिरसम्म ठूलो समस्या बन्ने देखिन्छ ।'धेरैजसो बिरामीमा पुतलीको सम्पर्कबाटै रोग सरेको पाइएको छ । बिरामीहरूले पनि पुतली छोएपछि आँखामा समस्या आएको बताएका छन् । केहीको त आँखामै झुस भेटिएको उपचारमा संलग्न डाक्टरहरूले जानकारी दिए । केही बिरामीमा भने पुतलीलाई छुँदै नछोइकन पनि रोग सल्किएको पाइन्छ ।यसबाट बच्न सापुजस्तो लक्षण देखिनासाथ आँखा उपचार केन्द्र जान डाक्टरहरू सल्लाह दिन्छन् । चिप्रा नलागी रातो भएको छ र दुखाइ कम छ भने आँखा पाकेको हैन भनी ढुक्क भएर बस्ने गरिन्छ । समयमै उपचार हुन नसके सापु रोग भित्रसम्म गढ्न गई आँखाको ज्योतिसम्म गुम्नसक्ने डाक्टरहरू बताउँछन् ।'जति छिटो पिप निकालियो, त्यत्तिकै छिटो आँखा सुक्नबाट बचाउन सकिन्छ,' डा.मानन्धरले भनिन्, 'ज्योति पनि फर्काउन सकिन्छ ।' आँखाको नानीभित्र पिप नभरिएको अवस्थामा अस्पताल आए उपचार गर्न सजिलो हुने उनको भनाइ छ ।सापु रोग हालसम्म नेपालमा मात्रै भेटिएको छ । पहिलोचोटि २०३२ सालमा देखिएको थियो । नेपाली चिकित्सक मदन उपाध्यायले नै यसलाई 'सापु' नाम दिएका थिए । विज्ञहरूले बंगलादेश, भारत र भुटानमा पनि रोगको सम्भावना औंल्याएका छन् ।डाक्टरहरूका अनुसार रोगबाट बच्ने एकमात्र उपाय पुतलीको सम्पर्कबाट जोगिनु हो । पुतली छोइहालियो भने राम्ररी हात नधोई आँखा नछुन उनीहरू सल्लाह दिन्छन् ।यसको उपचारमा थोपा, मल्हम वा ट्याबलेट कुनै औषधि प्रभावकारी देखिएको छैन। सुरुको अवस्थामै भए आँखाभित्र इजेक्सन मात्रै हाले पुग्छ। अन्तिम अवस्थामै पुगेको बिरामीलाई भने शल्यक्रिया गरी आँखाभित्रको पिप सफा गर्नुपर्ने डा. अधिकारीले बताइन् ।                                                                                                                                   लक्षण:::::::::::  एउटा आँखा अचानक रातो हुनुउज्यालोमा हेर्न गाह्रो हुनुआँखाको कालो भागको बीचमा सेतो देखिनुअत्यन्तै छोटो समयमा ज्योति कम हँुदै जानुआँखा पाकेजस्तो देखिए पनि चिप्रा नलाग्नुत्यति नदुख्नुभित्री भागमा संक्रमण भएर पिप भरिनु |

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips