अनुहारको पोतो / डंडीफोर /लाइ हटाउने घरेलु उपचार |

Posted by Sura Health on |







  • Beauty-tips-For-Face-Pimplesवेसारलाई मसिनो पारी चालेर दहि सँग फिट्नु पर्दछ र अनुहारमा राम्रो सँग लेप लाउनु पर्दछ । दश मिनेट पछि हलुका रुपले अनुहारमा मर्दन गर्नुपर्छ र एक घण्टापछि मनतातो पानीले अनुहार धुनु पर्दछ । यो तरीकाले विहान वेलुका दुइ पटक पन्द्रध दिन सम्म अनुहारको चाकरी गर्ने गरेमा पोतो, चाया, किल र डण्डीफोरबाट मुक्त भएर रुप पनि खुवै सँग निखारिएर आँउछ ।
  • शिरीषको वोक्रा र कालो तिल वरावर मिसाएर मसिनो चुर्ण पारी लेप वनाए र विहान लाउने गरेमा डण्डीफोर निको हुन्छ ।
  • सिमलको काँडा दुधमा घोटेर लाउने गरेमा डण्डीफोर निको हुन्छ अथवा सिमल,वोक्रो र सिमलको वोक्रा घोटेर दिनमा दुइपटक लगाउने गरेमा पनि डण्डीफोर निको हुन्छ ।
  • जाइदाना, रक्त चन्दन र गोल मरिच पिसेर लेप वनाई लाउने गरेमा डण्डीफोरवाट आजिवन छुटकारा पाइन्छ ।
  • वोझो, तोरी, ल्वाङ,श्रीखण्ड,पिप्ला, गोलमरिच र वेसार मसिनो गरी पिसेर लेप वनाई लाउने गर्नाले किल, डण्डीफोर निको हुन्छ ।
  • वाख्रोको दुधमा संस्र्यू भिजाएर पिस्नु पर्छ र अनुहारमा लाउनु पर्छ । अनि एक घण्टापछि मनतातो चौलानीले मुख राम्रोसँग घोएर सफा तौलियाले खुव पुछनुपर्छ र वेसारलाई दुधमा घोलेर क्रीम जस्तो वनाइ लगाएर राम्रो सँग रगड्ने गरेमा पन्द्र दिनमा नै डण्डीफोर, पोतो, चायाँ(झाई) आदि रोगवाट पुर्ण रुपले छुटकारा पाइन्छ ।
  •  वेलुका सुत्ने वेलामा एउटा रसिलो कागतीको चानाले अनुहारमा खुव राम्रो सँग रगड्नुपर्छ र विहान उठेर मनतातो पानीले राम्रो सँग मुख धुनुपर्छ र तौलियाले मुख पुछेर वेसारको टुक्रालाई चन्दन जस्तो घोटेर क्रीम जस्तै लगाएर दल्ने गर्नाले विस दिनमा नै डण्डीफोर, पोतो आदि रोगवाट छुटकारा पाइन्छ । 
  •  मुसुरीको दाल र कागतीको रस मिलाएर खुव पिसेर चन्दन जस्तै लेप वनाई अनुहारमा वाक्लै दल्नु पर्छ र केहिवेर माड्नुपर्छ । दुइघण्टा पछि मनतातो पानीले मुख धोएर वेसारको क्रीम वनाई लाउनाले मुखको पोतो झाई किल आदिवाट छुटकारा पाइन्छ ।
  •  दुध र कागतीको रस मिलाएर अनुहारमा दल्नु पर्दछ र केहिवेर सम्म माँडेर सुक्न दिनु पर्छ र तीन घण्टापछि तातो पानीले मुख सफा गरेर सुखासँग पुछ्ने गरेमा डण्डीफोर,पोतो आदिको काम पुग्छ ।
  •  तुलसा पत्रको रस र कागतीको रस दहि सँग धेरै वेर फिटेर क्रिम जस्तो वनाउनु पर्दछ र अनुहारमा सुत्ने वेलामा दल्ने गर्नाले विहान चौलानी पानीसँग मुख धुनाले पोतो र डण्डीफोर निको हुन्छ 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips