गर्मीयाम मा कसरी डाइटिंग गर्ने |
Posted by Sura Health on |
उपवास अर्थात् मन र तनको शुद्धि । यस्तोमा क्लिनिङ कम हुन्छ र टक्सिन बढ्छ । उपवास अर्थात् एकदिनको डिटाँक्स डाइटमा लो क्यालोरी डाइट लिनुपर्छ । दुग्धजन्य पदार्थ पटक्कै सेवन गर्नु हुँदैन । हाम्रो शरीरको आन्द्रामा म्युक्स/अमिवा हुन्छ । दूध म्युक्स र्फममा हुन्छ अर्थात् दूधको प्रवृत्ति म्युक्सयुक्त हुन्छ जसले शरीरभित्र गएर टक्सिन बन्न सहयोग गर्छ । अतः दूध वा दूधबाट बनेका पदार्थ खाली पेटमा खानु हुँदैन । कतिपय अवस्थामा सोया दूध वा बाख्राको दूध पिउन सकिन्छ । बिहान उठेपछि मनतातो पानीमा अमला वा अमला पाउडर सेवन गर्नुपर्छ । रातभरि तामाको भाँडामा राखिएको पानी बिहान सेवन गर्नु लाभदायक हुन्छ । यसले लिभरको फङसलाई सहयोग पुर्याउँछ । प|mेस भएपछि कागती-महयुक्त पानी पिउनुपर्छ । यसले पूरा दिन एनर्जी लेवल कायम राख्छ । खाली पेट रहँदा कमजोरी महसुस हुनेहरूलाई कागती-मह पानी फाइदाजनक साबित हुनसक्छ । इच्छाअनुसार यसलाई हरेक दुई घन्टामा सेवन गर्न सकिन्छ तर चिनी प्रयोग गर्नु हुँदैन । पूरा दिन रसिला फल सेवन गर्नुपर्छ । फलमा स्याउ, मेवा एवं कालो अंगुर राम्रो हुन्छ । स्याउ सबैभन्दा राम्रो एन्टी टक्सिन मानिन्छ । पेट भरिएको अनुभव गर्न स्याउसित कागती र मह हालेर त्यसको चाट बनाई खानु राम्रो हुन्छ । पि|m लन्च टाइममा कागती-मह पानी पिउनुपर्छ । लन्च ब्रेकमा प|mुट जुस राम्रो हुन्छ । चिया वा कफी भने पिउनु हुँदैन । चिया नपिई सकिँदैन भने हर्बल चिया पिउन सकिन्छ ।
तीन दिनको डिटाँक्स डाइटमा पहिलो दिन फल र फलको जुस सेवन गर्नुपर्छ । तीनै दिन अमला सेवन गर्नुपर्छ । कागती-मह पानी पनि तीनै दिन सेवन गर्नुपर्छ । पूरा दिन कम्तीमा पनि ३ देखि ४ लिटर पानी पिउनुपर्छ । दोस्रो दिनमा काँक्रो, गाजर तथा टमाटरको सलाद खानुपर्छ । नुन-चिनी र मिल्क प्रोडक्ट प्रयोग गर्नुहुँदैन । खाना नखाई रहन नसकिने अवस्थामा खिचडी बनाएर खानुपर्छ । डिनरमा प|mुट र प|mुट जुस सेवन गर्नुपर्छ । तेस्रो दिन, नास्तामा प|mुट वा प|mुट जुस खान सकिन्छ । लन्च टाइममा भेजिटेबल सुप वा भेजिटेबल सलाद खानुपर्छ । डिटाँक्स डाइटपछि विस्तारै क्यालोरीमा आउनुपर्छ । चौथो दिनको नास्तामा दालजन्यपदार्थ सेवन गर्नुपर्छ । दुई घन्टापछि प|mुट्स लिनुपर्छ । लन्चमा रोटी, तरकारी, भात, दही र सलाद खानुपर्छ तर खाना चिल्लो भने हुनु हुँदैन । डिनरमा खिचडी वा हल्का भोजन गर्नुपर्छ । गर्मीमा हुने समस्या हटाउने घरेलु उपाय
गर्मी महिनाको सुरुवातसँगै मानिसमा विभिन्न खालका समस्या उत्पन्न हुन थाल्छन् । गर्मीले गर्दा
अपच
खाना अपच हुनु भनेको आहार ठीक तरिकासँग नपच्नु हो । खाना खाएपछि कहिलेकाहीँ खाना अपच हुनु सामान्य हो । जाडोको तुलनामा गर्मीमा खाना अपच हुने सम्भावना बढी हुन्छ । यसले गर्दा शरीर भारी हुनुका साथै डकार आउँछ र पेट पनि दुख्छ ।
समाधान
अपच
हर्रो, सुठो र सीधेनुनलाई समान मात्रामा मिसाएर चूर्ण बनाउने । यो चूर्णलाई २ देखि ३ ग्राम चिसो पानीका साथ सेवन गर्दा खाने कुरा सजिलै पच्छ ।
१ चिया चम्चा जिरा, आधा चिया चम्चा धनियाँ, बिरेनुन, चिनी, मह, अमला, १ चिया चम्चा सुप, ६ वटा कालो अंगुर मिसाएर उमाल्ने र खाने ।
दिउँसो सुत्ने बानी भएकाहरूले सुत्नुभन्दा पहिले काँचो हिङ, सुठो, मरिच, पिपला र सीधेनुनलाई तातोपानीमा मिसाएर लेप बनाई पेटमा लगाउने ।
खाना अपच भएपछि चिसो पानी थोरै-थोरै मात्रामा पटक-पटक पिउने ।
१२५ ग्राम भुटेको हिङ अथवा ३ सय मिली ग्राम बिरेनुन तथा ज्वानो पानी पिउने । वायुविकार र रगतमासी
१ ग्राम कालो तिलमा ५ ग्राम चिनी हालेर बाख्राको दूधका साथ सेवन गर्ने ।
१ चम्चा महमा २ देखि ५ ग्राम मूलहठीको चूर्ण मिसाएर दिनमा ३ पटक सेवन गर्ने । यसले रगतमासी ठीक हुन्छ ।
बाख्राको दूधका साथमा चन्दनको चूर्ण मिसाएर खाने ।
दुई चम्चा धनियाँ पानीमा उमालेर सेवन गर्ने ।
आधा चिया चम्चा अदुवाको रस, १ चिया चम्चा जिरा पाउडर, आधा चिया चम्चा मेवाको बीउ, १ चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।
आधा गिलास ताजा अनारको रस दिनमा तीन पटक पिउने ।
३ टेबल स्पुन ताजा दही, आधा चिया चम्चा जिरा पाउडर, थोरै मात्रामा नुन, थोरै मात्रामा महलाई राम्रोसँग मिसाएर दिनमा तीन पटक सेवन गर्ने । खिचडी खाँदा चामल र मुगको दालको मात्रा खाने ।
नाथ्रो फुटे
२ सय २५ ग्राम दूबोको रस, ५० ग्राम तिलको तेल, २५ ग्राम फिटकिरी चूर्ण मिसाएर दिनमा ३-४ पटक नस लिँदा पुरानो नाक फुट्ने रोग पनि ठीक हुन्छ ।
ज्यामिरको जरा अथवा त्यसको फूल पिसेर चामलको पानीका साथ पिउँदा नाथ्रो फुट्ने समस्या कम हुन्छ । रगत आएका बेला उक्त रस नाकमा राख्यो भने पनि रगत आउन बन्द हुन्छ ।
१० ग्राम शंखपुष्पी, १५ ग्राम मरिच तथा ७ वटा अलैंची मिसाएर पिस्ने र एक कप पानीको घोल बनाउने र हरेक दिन पिउने ।
हैजा
नरिवलको जटाको खरानीमा मह मिसाएर ख्वाउने ।
कपूरलाई पुदिना अथवा प्याजको रससँग मिसाएर खाने ।
पटक-पटक प्यास लागे
धनियाँलाई पानीमा भिजाउने । २ घन्टापछि त्यसलाई मुछेर छान्ने । त्यसपछि उक्त पानीमा मह अथवा चिनी मिसाएर पिउने ।
कडा परबल र जौको काँडामा चिनी मिसाएर पिउने ।
भुटेको जौको पिठोमा पानी र घिउ हालेर सेवन गर्ने ।
लागे इमिलीको गेडालाई पिसेर त्यसलाई पानीमा घोल्ने र कपडाको सहायताले छान्ने । त्यसपछि चिनी मिसाएर पिउने ।
मेथीको सुकेको पातलाई केही समय पानीमा भिजाएर राख्ने । त्यसपछि हातले मुछेर छान्ने । यो पानीमा थोरै मह मिसाएर २-२ घन्टाको फरकमा रोगीलाई खान दिने ।
आँखा पोल्ने समस्या
बेसार, फिटकिरी र इम्ािलीको पातलाई बराबर मात्रामा मिसाएर पिस्ने । त्यसपछि त्यसलाई सफा कपडामा बेरेर आँखा सेक्ने ।
सफा कपासलाई दूधमा भिजाएर आँखामा राख्ने । यो उपाय दिनमा ३-४ पटक अवलम्वन गर्नुपर्छ ।
१० ग्राम दाक्षलाई राति पानीमा भिजाउने । बिहान त्यसलाई हातले मुछेर चिनीमा मिसाएर खाने ।
उल्टी
एउटा कागतीको रस र एक चम्चा चिनीलाई दुई चम्चा पानीमा मिसाएर एक-एक घन्टाको अन्तरालमा खाने ।
१० मिलिलिटर अदुवाको रसमा १० मिलिलिटर प्याजको रस मिसाएर सेवन गर्ने ।
६ ग्राम पुदिना र २ ग्राम बिरेनुन मिसाएर पिस्ने । यो मिश्रणलाई चिसो पानीमा घोलेर पिउनुपर्छ ।
ज्वानो र ल्वाङ पिसेर पानीका साथ चाट्ने ।
गाँठागुँठी
करेलाको जरा पिसेर गाँठागुँठीमा लेप लगाउने ।
पीपलको पातमा घिउ लगाएर बाँध्ने ।
हरेक बिहान चिसो पानीमा मह मिसाएर गाँठागुँठी र शरीरको गर्मी नहराउन्जेलसम्म पिउने । गर्मीमा उपयोगी अचार
सय-सय ग्राम सुठो, धनियाँ, कचरी, बिरेनुन, ५०-५० ग्राम भुटेको जिरा, टिम्मुर, १०-१० ग्राम भुटेको हिङ र अलैंची ।
सबै सामग्रीलाई पिसेर मिश्रण बनाउने । त्यसलाई कराहीमा थोरै घिउका साथ सानो आगोमा हल्का भुट्ने र बोतलमा राख्ने ।
यो चूर्णलाई ५ ग्राम दैनिक रूपमा तातोपानीका साथ सेवन गर्ने । यसले अपच हुँदैन । यो चूर्णमा थोरै मात्रामा पानी मिसाएर पिस्दा स्वादिष्ट चटनी तयार हुन्छ स्रोत :स्वस्थ्य नेपाल .
You can subscribe by e-mail to receive news updates and breaking stories.