पिनासका लागि उपयोगी भोजन |

Posted by Sura Health on |







प्रत्येक दिन बिहान कागती पानी पिएर दिनको सुरुवात गर्नुपर्छ । गाजर, चुकन्दर, सुन्तला, जुनार आदिको जुस पिनासका लागि उपयोगी हुन्छ । भुइँकटहर दिनमा दुईपटक सेवन गर्नु राम्रो हुन्छ ।

भिटामिन ए युक्त खानेकुरा गाजर, चुकन्दर, पालुंगो, सागपात, चीज, मक्खन, कलेजो एवं मेवा खानुपर्छ । भिटामिन सीयुक्त कागती, सुन्तला, माैसम, जुनार, भेंडेखुर्सानी, गोलभेंडा, काउली, सागपात पनि लाभदायी हुन्छन् । काँचो सलाद र फलफूललाई दैनिक भोजनमा समावेश गर्नुपर्छ । भोजनमा लसुनका ५-६ केस्रा तथा प्याज १-२ वटा दिनहुँ खानुपर्छ । दूधको साटो सोयाबिन, तिल वा नरिवलको दूध खान सकिन्छ । ओमेगा-३ को स्रोत आलस, जैतुनको तेल वा ओखर सेवन गर्नुपर्छ ।                                               

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips