चितवनको भरतपुर हस्पिटलमा १ जना महिलाको १० किलो पाठेघर ट्युमर निकाल्यो !!
Posted by Sura Health on |
चितवन, १४ कात्तिक । नारायणी सामुदायिक अस्पताल भरतपुरमा एक महिलाको पाठेघरबाट १० किलोको ट्युमरनिकालिएको छ । लमजुङ जिल्ला गाउँसहर–३ बस्ने ५२ वर्षीया बालकुमारी कुँवरको पाठेघरको शल्यक्रिया गरीबुधबार साँझ सो ट्युमर निकालिएको अस्पतालका कार्यकारी निर्देशक पुष्प धितालले बताउनुभयो ।मङ्गलबारदेखि पेट फुलेको भन्दै उपचारका लागि आउनुभएकी कुँवरको सिटीस्क्यान गर्दा ट्युमर देखिएपछिशल्यक्रिया गरिएको डा लोकबहादुर सेढाईंले बताउनुभयो । ट्युमरसँगै महिलाको पीत्तथैलीको शल्यक्रिया गरीपत्थरी पनि निकालिएको थियो । महिलाको अवस्था सामान्य रहेको डा सेढाईंले बताउनुभयो ।
अस्वाभाविक शल्यक्रिया भएकाले ती महिलाको उपचारमा २५ प्रतिशत छुट गरिएको अस्पताल प्रशासनले जनाएकोछ । यसअघि पनि डा सेढाईंले एक व्यक्तिको शल्यक्रिया गरी नौ किलोको ट्युमर निकाल्नुभएको थियो । लामोसमयसम्म महिनावारी हुने र खानपानका कारण महिलामा यस्ता ट्युमर देखिने गरेको उहाँले बताउनुभयो ।
खानपानमा ख्याल गर्ने, परिवार नियोजनको साधन बढी प्रयोग गर्ने, जन्मान्तरको समय लामो राख्ने महिलामाट्युमर कम देखिने बताइएको छ । यस्ता ट्युमरमा क्यान्सरको सम्भावना भने कम हुने उहाँले बताउनुभयो ।सामान्यतया नेपाली महिलामा ४५/४६ वर्ष उमेर भएपछि महिनावारी रोकिने गर्दछ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.