अब प्याजले रुवाउने छैन !!

Posted by Sura Health on |







                                                                                             विश्वमा एक प्रमुख उपभोग्य वस्तुमा पर्छ प्याज ।  प्याज खानलाई आँशु झार्नुपर्छ भनिन्छ, व्यवहार मा पनि यस्तो देखिन्छ तर  अब प्याज काट्दा आँशु निस्कने छैन र  त्यो स्वास्थ्यका लागि बढी हीतकर  पनि हुने छ ।  लसुनको जस्तै मुटुका लागि निकै उपयोगी हुने गरी वैज्ञानिकले नयाँ खालको प्याज बनाएका छन् ।  काट्दा नरुवाउने प्याजको प्रयोगशालामा गरि एको परीक्षणको नतिजा बारेमा वैज्ञानिकमण्डलले एग्रिकल्चर  एन्ड फुड केमेस्ट्री जर्नलमा जानकारी दिएको छ । 

अनुसन्धानमा सङ्लग्न कोलिन सी एडे र  उहाँका सहयोगीले यस प्याजको र ासायनिक संर चना नै विशिष्ट खालको भएकाले त्यसलाई काट्दा आँखामा असर  नपर्ने बताएका छन् ।  बरु लसुनमा हुने खालको सल्फर  यौगिक हुने भएकाले यो प्याज मुटु र  रक्तसञ्चार  प्रणालीका लागि उपयोगी हुनेछ ।  लसुन खाने गरेमा र गतमा प्लेटलेट्स आपसमा टाँसिएर  र क्तथेक्ला बन्ने खतरा कम हुने र  शरीर को तौल घटाउन पनि यसले मद्दत गर्ने पाइएको छ ।  अब प्याजले पनि समान खालको फाइदा दिने बताइएको छ ।  प्रयोगशालामा परीक्षण गर्दा नयाँ खालको प्याजले प्लेटलेट्सलाई धेरै हदसम्म आपसमा टाँसिन नदिएको जानकारी वैज्ञानिकले दिएका छन् ।  यसको प्रभावकारिता लसुन र  अन्य प्याजकोभन्दा बढी नै थियो ।  मुसामा परीक्षण गर्दा तौल नियन्त्रण गर्न पनि यो प्याज उपयोगी देखिएको छ । स्रोत ::  एजेन्सी                                            

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips