जाडोमा छाला चिलाउनुको रहस्य !!

Posted by Sura Health on |







                                                                             हिउँद याममा हावामा आद्र्रता कम हुने भएकाले हाम्रो छालामा त्यसको प्रभाव पर्छ ।  जाडोले छाला सुख्खा र  चाउरिन्छ ।  चिल्लो पदार्थ नलगाएमा छालाको सुख्खापना बढ्दै गएर  चिलाउन थाल्छ ।  सामान्यतया प्रायः मानिसले जाडोमा आफ्नो छाला चिलाउने गरेको गुनासो गर्छन् । 

जाडो सुरु भए हावामा सुख्खापना आउँछ ।  घर  भित्र न्यानो पार्न हिटर  प्रयोग गरे वा आगो बालेमा हावा झनै सुख्खा भएर  छाला फुस्रो हुन्छ ।  तापनि जाडोमा छालालाई चिल्लो, चम्किलो र  आकर्षक बनाइराख्न केही सजिलो उपाय अपनाउन सकिन्छ ।  

अमेरिकाको कोलम्बिया युनिवर्सिटी अफ मेडिकल सेन्टर सँग सम्बद्ध छालारोग विशेषज्ञ डा. रोविन मेरेक जाडोमा छालालाई स्वस्थ राख्न पेट्रोलियम वा क्रिममा आधारित मोइस्चराइजर  लगाउनु वेश हुने बताउनुहुन्छ ।  उहाँका अनुसार  सम्बेदनशील छाला भएमा सुगन्ध नहालिएको मोइस्चराइजर  लगाउनु पर्ने र  नुहाएपछि छाला सुख्खा हुनु पहिले नै मोइस्चराइजर  लगाएमा छाला सुख्खा हुन पाउँदैन ।  छालालाई सफा राख्नु राम्रो हो तर  वेस्सरी र गड्नु हुँदैन ।  छाला सफा राख्ने प्रयासमा धेरै बल गरेमा छालाको प्राकृतिक मोइस्चराइजर  हराउँछ ।  दिनमा एक पटक हात, खुट्टा, अनुहार  आदि सफा गरे पुग्छ ।  दैनिक नुहाउनुहुन्छ भने साबुन लगाउनु जरुरी हुँदैन । 

यसैगरी, डा. रोविनले तातो पानी र  साबुनको प्रयोग सीमित गर्नु पर्ने सुझाव दिनुभएको छ ।  छाला चिलाउने गरेको छ भने तातो पानी सकभर  उपयोग नगर्ने ।  हावा सुख्खा भएमा छालाको ओसिलोपना हराउँछ ।  त्यसैले बस्ने कोठालाई सुख्खा हुन नदिने र  आगो नबाल्ने ।  हावा चलेको बेला छालालाई छोपेर  राख्ने वा मोइस्चराइजर  लगाएर  सुरक्षित राख्ने गर्नुपर्छ । 

यसका साथै अत्याधिक जाडोले छालाको र ङ परि वर्तन हुन थाल्यो वा हात खुट्टामा सम्बेदना कम भएमा सावधानी अपनाउनु जरुरी छ ।  यस्तो अवस्थामा चिकित्सकको सेवा लिनु पर्ने हुन सक्छ ।  जाडोमा घाम ताप्न मन त लाग्छ तर  घामले समेत छाला बिगार्छ ।  यसैकारण जाडोमा घाममा निस्कँदै हुनुहुन्छ भने १५ एसपिएफ वा सो भन्दा बढीको सन्सक्रिम लगाउनु बुद्धिमानी हुने डा. रोविनको सुझाव छ ।स्रोत :  एजेन्सी

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips