बिभिन्न रोगको स्वस्थ्य सल्लाह !!
Posted by Sura Health on |
डा. अनन्तदत्त श्रेष्ठ
|
भाइबहिनीको प्रश्नः डाक्टरको जवाफ
मेरो दाँतको अगाडिपट्टकिो गिजा फुलिरहन्छ र ब्रस गर्दा रगत निस्कन्छ । यो के भएको हो । समाधान बताइ दिनुहोला । मेलिना प्रधान, कक्षाः १०, वीरेन्द्र मावि पञ्चकन्या-२, इलाम । सायद तपाईंको गिजामा दीर्घकालीन संक्रमण -क्रोनिक जिन्जि भाईटिस) भएको छ । दाँतको विशेषज्ञसित ठिकसित उपचार गराउनुस् । नत्र पछि दाँतलाई असर पार्न सक्छ । मेरो जीउ असाध्यै चिलाउँछ । कन्यायो भने साना-साना फोका देखापर्छ । हप्तामा दुई दिन नुहाउँछु र पनि यस्तो हुन्छ । यसको समाधान के होला ? सँघर्ष भट्ट, कक्षाः ९, स्वाती सदन मावि, बालाजु, काठमाडौं । छालाको निकै सुरक्षा भएपछि पनि जीउ चिलाउन सक्छ । त्यसैले तेल घसेर हेर्नुस् । तत्काल चिलाउन कम गर्नको लागि 'सेटि्रजिन" जस्तो औषधीहरू उपयोगी हुन्छन् । म १३ वर्षको भएँ । मेरा दाँतहरू प्रायः हल्लिरहन्छन् । फुक्लेको दाँत पनि ढिलो उम्रन्छ । यसको समाधान बताइदिनु भए आभारी हुने थिएँ । अस्विन पौडेल, कक्षाः ८, चिल्ड्रेन इन्भारोमेन्ट मावि, चारपाते-१, झापा । दाँतहरू हल्लिन्छन् कि हल्लिँदैनन् भनेर हेर्ने बानी नगर्नुस् । पछि आपै"m बसेर जान्छ । फुक्लेको दाँत समयमा आइहाल्छ । नियमित ब्रश गरेर दाँतलाई सफा राख्नुस् । मलाई घरीघरी आफै सास बन्द भए जस्तो अनुभूति हुन्छ । केही क्षण बोल्न सक्दिन । एकैछिन पछि आफैँ ठिक हुन्छ । के भएको हो ? यसको केही समाधान छ कि ? अर्जुन गिरी कक्षाः ८, सिद्ध मावि पोखरा-१५, मजुवा । कुनै त्यस्तो रोग छैन जसले बीचबीचमा सास रोकिने र फेरि ठिक हुने हुन्छ । यो तपाईंको मनमा कतै स्वास बन्द भएर केही भइहाल्छ कि भन्ने डरको उपज हो । तपाईं आफूलाई पूरै स्वस्थ सम्झनुस् यो समस्या आफै विलाएर जान्छ । मेरो हात केही कुरासँग अडेस नलगाइकन राख्यो भने थाक्छ । यसरी हात गल्ने वा थाक्ने किन हुन्छ ? के भएको होला ? पारस थापा, कक्षाः ७, जनक स्मृति शिशुसदन इनरुवा-२, सुनसरी । केही अरू तकलिफ छैन र सबै कुरा राम्रैसित गर्न सक्नुहुन्छ भने ढुक्क हुनुस् तपाईंलाई विशेष केही रोग छैन । तसर्थ यो आफै ठीक भएर जान्छ । म अहिले १५ वर्षको भएँ । कपाल फुल्ने र घुम्ने समस्याले ज्यादै दुःखित छु । कृपया कालो र नघुम्ने बनाउन उपाय बताइदिन अनुरोध गर्दछु । कृष्णबहादुर गुरुङ, कक्षाः ९, अरुणोदय उमावि, गीतानगर चितवन । यसको कुनै उपाय छैन । यस स्थितिलाई सहज रूपले लिनुस् । कुनै औसरमा फरक चाहनुहुन्छ भने "हेर ड्रेसर" लाई सम्पर्क गर्नुस् । विद्यालयमा पढ्दा टाउको दुखेर एकछिन पनि बस्न सक्दिन । हो हल्लामा बस्न सक्दिन । यसको लागि के गर्दा राम्रो होला ? कसरी अध्ययन बढाउने हो ? नरेश घिमिरे, कक्षाः १, श्री देउती बाल विद्या सदन, वीरेन्द्रनगर-६, सुर्खेत । मनमा सक्दो "टेन्सन" कम गर्न कोसिस गर्नुपर्यो । यस्तो बेला "पारासिटामोल" जस्ता औषधीले पनि निकै मद्दत हुनसक्छ । डाक्टर साहेब मेरो अनुहारमा बेलाबेलामा डण्डिफोर धेरै मात्रामा आउँछु यो हराउनको लागि के गर्नुपर्छ समस्याको समाधान गरिदिनु होला । राम थापा, कक्षाः १०, श्री कालिका देवी मावि, बतासे-४, सि.पा. । उपचार सजिलो र सन्तोषजनक छैन । साधारणतया हल्का गरम पानीले सेकेर अनुहारलाई सफा राखने गर्नुस् । विभिन्न प्रकारका लगाउने औषधीहरू पनि छन् जुन केही हदसम्म प्रभावकारी छन् तर प्रयोग विधि ठीकसित अपनाएको छ भने पोल्ने आदि हुनसक्छ । कसैलाई लामो समयसम्म खाने औषधी पनि प्रयोग गरिन्छ तर दुवै प्रकारको औषधी प्रयोग गर्दा चर्म रोग विशेषज्ञको निगरानीमा हुनुपर्छ| स्रोत ::गोर्खापत्र |
You can subscribe by e-mail to receive news updates and breaking stories.