क्यान्सरका कारक !!

Posted by Sura Health on |







                                                     समाज आधुनिक हुँदै जाँदा क्यान्सर रोग पनि बढेको छ । पछिल्ला तीन दशकमा क्यान्सरको उपचारका लागि विभिन्न औषधि र विधिको विकास भएको छ तर क्यान्सरको सटिक उपचार अभैm सम्भव छैन । रोगको अवस्थामा त्यसको सफल उपचारको सम्भावना निर्भर छ । तर, क्यान्सर रोग किन बढेको छ भन्ने प्रश्नमा ध्यान दिनु जरुरी छ । हाम्रो रहनसहनले क्यान्सर रोग बढाएको स्पष्ट भैसकेको छ ।

हाम्रो दैनिक जीवनसँग जोडिएका कतिपय पक्षले क्यान्सर उद्भवमा भूमिका खेल्छन् । आधुनिक जीवनका कतिपय आधारमा क्यान्सरको विऊ लुकेको छ । 
क्यान्सर गराउने केही पक्षः
एक्स–रे ।
घामको पारा बैजनी विकिरण । 
विद्युत चुम्बकीय क्षेत्र ।
माइक्रोवेभ ओभन र घरेलु विद्युतीय उपकरणबाट निस्कने विकिरण ।
विद्युत प्रशारण लाइन ।
परमाणु विकिरण ।
प्लास्टिक र किटनाशक ।
औद्योगिक रसायन र विष ।
क्लोरिन र प्mलोराइड मिसाइएको पानी पिउने र त्यसले नुहाउने ।
धूमपान । 
हर्मोन उपचार ।
प्रतिरक्षा प्रणाली कमजोर पार्ने औषधि । 
खाद्य वस्तुमा मिसाइने एडिटिव र प्रिजर्वेटिव ।
पारोको प्रभाव ।
पोषण अभाव ।
कृत्रिम खाद्य वस्तुको उपभोग ।
दीर्घकालीन तनाव । 
नकारात्मक भावना ।
थायराइडमा तनाव ।
आन्द्रामा विषको प्रभाव ।
परजीवी ।
भाइरस, ब्याक्टेरियार ढुसीको संक्रमण ।
वंशाणु गुण ।
शरीरबाट विषालु तत्व बाहिर निस्कासन प्रणालीमा अवरोध । 
अल्कोहल उपभोग ।
त्यसैले आप्mनो जीवनसँग जोडिएका माथि उल्लेखित कुनै पनि पक्षबारेमा वेलैमा सचेत हुन सकेमा क्यान्सरबाट जोगिन मद्धत पुग्छ ।
यसका लागि पहिलो कुरा त खानपिनमा ध्यान दिनु पर्छ । सफा र पोषिलो खाना खाने, अम्लिय खाना सकभर नखाने तथा भिटामिन र खनिजयुक्त, प्रोबायोटिक खाद्य वस्तुलाई आप्mनो दैनिक आहारामा समावेश गर्न सके राम्रो । शरीरको प्रतिरक्षा प्रणाली बलियो भएमा क्यान्सरले पनि सकभर आक्रमण गर्न सक्दैन । प्रतिरक्षा प्रणाली बलियो पार्न सहयोग गर्ने खाद्य वस्तुहरु निम्न हुन्ः
तरकारी र फलपूmल ।
च्याउ ।
घिउकुमारी ।
लसुन, 
ब्रोकाउली र काउली ।
गहुँको जमरा ।
अनार ।
प्रोबायोटिक ।
यसअतिरिक्त स्वच्छ हावामा सास लिनु, स्वच्छ पानी पिउनु र प्रतिदिन कम्तिमा आधा घण्टा घाम ताप्ने (छाला डढ्ने गरी होइन) र शारीरिक अभ्यास गर्ने गरेमा पनि प्रतिरक्षा प्रणाली बलियो बन्छ । तर, साथसाथै दुग्धजन्य वस्तुको उपभोग सीमित गर्ने, चिनी र पशुजन्य उत्पादन कम खानुपर्छ । एजेन्सी

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips