मिर्गौला प्रत्यारोपण सेवा अव नेपालमै !

Posted by Sura Health on |







सरोज ढुंगेल, 
काठमाडौं, कात्तिक ५ गते । विकसित मुलुकमा अत्याधुनिक प्रविधिबाट हुने मिर्गौला प्रत्यारोपण सेवा अव नेपालमै उपलब्ध हुने भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले अमेरिका, बेलायतजस्ता मुलुकमा प्रत्यारोपण गर्ने अत्याधुनिक केन्द्रहरुमा जस्तै गरी नेपालमा पनि मिर्गौला प्रत्यारोपण गर्न लागेको हो । 
विश्वका अत्याधुनिक प्रत्यारोपण केन्द्रहरुमा जसरी मिर्गौला प्रत्यारोपण हुन्छ , त्यहि प्रविधिमा हामीले अबको केहीदिनभित्र मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पनि प्रत्यारोपण सेवा सुरु गर्दैछौं,केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठले भन्नुभयो,“अत्याधुनिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेपछि अब मिर्गौला प्रत्यारोपणमा नेपाल पनि विश्वस्तरीय नै हुनेछ ।” डा. श्रेष्ठले थप्नुभयो,“विश्वमा पनि यो भन्दा सर्वसम्पन्न तरिकाले प्रत्यारोपण भएको छैन ।” 
हामीले केन्द्रमा टेलिस्कोपी प्रविधिबाट मिर्गौला दाताको शल्यक्रिया गरी प्रत्यारोपण गर्न लागेका छौं , श्रेष्ठले भन्नुभयो,“यो सेवासंगै केन्द्रले सघन उपचार कक्ष (आईसियु)मा गम्भीर खालका बिरामीको लागि कन्टिन्यूस रेनल रिप्लेसमेन्ट थेरापी (सिआरआरटि) सेवा पनि सुरु गर्न लागेका छौं ।” 
सिआरआरटि सेवा सुरु भएपछि सघन उपचार सेवा निकै स्तरीय हुने डा. श्रेष्ठको भनाई छ । 
मिर्गौला प्रत्यारोपण पछि मिर्गौला प्रत्यारोपी बिरामीको गम्भीर खालको रिजेक्सन (बिरामीले अरुको अङ्ग नलिने) हुन्छ डा. श्रेष्ठले भन्नुभयो,“ सिआरआरटिले मिर्गौला हालेपछि प्रत्यारोपण भएको अङ्गको एन्टिबडी (विस) निस्कने प्रक्रियालाई रोक्न मद्धत गर्दछ । श्रेष्ठका अनुसार सिआरआरटिले विस निकाल्छ र प्रत्यारोपणमा अझ बढी सफलता हाँसिल गर्न सकिन्छ ।
छोटो समयमा नै मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा अत्याधुनिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण गर्न सफल भएका छौं, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,“अब हामी केही वर्षभित्र मानवका अन्य अंङ्गहरुको पनि प्रत्यारोपण गर्ने लक्ष्यकासाथ अगाडी बढीरहेका छौं ।” सो केन्द्रले अबको डेढ वर्षभित्र कलेजोको प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । 
नेपालमा यसअघि वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हँुदै आए पनि अत्याधुनिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण हुने गरेको थिएन । जसले गर्दा मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई मिर्गौला दान गर्ने व्यक्तिको शरीरबाट चिकित्सकले मिर्गौला हातले चिरेर झिक्ने गर्दथे । त्यसले गर्दा मिर्गौला दान गर्ने व्यक्तिको घाउमा संक्रमण हुने डर , बिरामी धेरै दिन अस्पतालमा रहनुपर्ने बाध्यता तथा हातले चिरेर मिर्गौला निकाल्दा ठूलो घाउ हुने गर्दथ्यो । 
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमा यसअघि हातको माध्यमबाट मिर्गौलादाताको अङ्गबाट मिर्गौला झिकेर प्रत्यारोपण गर्नुपर्नेमा अब टेलिस्कोप मार्फत मिर्गौला प्रत्यारोपण हुने बताउनुभयो । 
हात हालेर शरीरबाट मिर्गौला निकाल्दा मिर्गौला दिनेलाई बढी दुख्नुकासाथै डिस्चार्ज गर्न पनि धेरै समय लाग्ने गर्दथ्यो ।
हामीले केन्द्रमा अत्याधुनिक प्रविधि यसअघि नै जडान गरिसकेका छौं , कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो,“तिहार अघिबाटै यो सेवा सुरु गर्ने प्रक्रियामा छौ ।” 
केन्द्रले सिआरआरटि सेवाको लागि अष्ट्रियाबाट विज्ञहरु ल्याएर केन्द्रमा कार्यरत चिकित्सक तथा नर्सहरुलाई तालिम दिईरहेको छ भने टेलिस्कोपी प्रविधिबाट गरिने प्रत्यारोपणको लागि पनि युरोपबाट विज्ञ चिकित्सकको टोली नेपाल आईसकेको जनाएको छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips